प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 डिसेम्बर p. ७
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ क्षेत्रीय सम्मेलनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९४
  • नयाँ सर्कट सम्मेलनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९३
  • परमेश्‍वरको वचन स्वीकार गर्न, प्रयोगमा ल्याउन, तथा त्यसबाट लाभ उठाउँन
    हाम्रो राज्य सेवकाई—१९९२
  • हाम्रो आध्यात्मिकता जोगाउन हामीलाई मदत दिने क्षेत्रीय सम्मेलन
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 डिसेम्बर p. ७

नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम

१ मार्च १९९६ देखि सुरु हुने क्षेत्रीय सम्मेलनको विषय “परमेश्‍वरको वचन सुन्‍नुहोस्‌ र पालन गर्न सिक्नुहोस्‌” हुनेछ। यो शीर्षक व्यवस्था ३१:१२, १३ मा आधारित छ। हामीले सम्पूर्ण कार्यक्रमबाट सिक्नुपर्ने र प्रयोग गर्नुपर्ने पाठहरूको विशेषतासित यो सुहाउँदो छ।

२ हुन त अधिकांश मानिसहरूलाई भ्रामक प्रेरित अभिव्यक्‍तिहरू सुन्‍ने बानी परिसकेको छ, तापनि हामी प्रत्येकको लागि परमेश्‍वरको वचन सुन्‍नु र त्यसप्रति आज्ञाकारी हुन सिक्नु अत्यावश्‍यक छ। (लूका ११:२८; १ तिमो. ४:१) यसैलाई ध्यानमा राख्दै प्रकाशक, परिवार, प्राचीन तथा अग्रगामीहरूलाई प्रोत्साहित गर्न र मदत दिन क्षेत्रीय सम्मेलन कार्यक्रम तयार पारिएको हो। शनिबारको दिन “परमेश्‍वरको वचनलाई ध्यान दिएर आफ्ना समस्याहरू सामना गर्ने” विषयक चार भागको गोष्ठी हुनेछ। अनि आइतबार बिहान “शास्त्रले कसरी धार्मिकताको अनुशासन सिकाउँछ” शीर्षकको गोष्ठी हुनेछ। सम्पूर्ण कार्यक्रमले तपाईं र तपाईंको परिवारले गुमाउनै नहुने आध्यात्मिक प्रोत्साहन प्रदान गर्नेछ।

३ शनिबार र आइतबार दुवै दिन क्षेत्र सेवकाईको लागि व्यवहारिक सुझावहरू प्रस्तुत गर्नुका साथै प्रदर्शन पनि गरिनेछन्‌। प्रोत्साहनदायी तथा निर्देशनात्मक अनुभव र अन्तरवार्ताहरू पनि प्रस्तुत गरिनेछन्‌। तसर्थ, सिकेका कुरालाई प्रयोगमा ल्याउने हेतुले उपस्थित भई त्यहाँ बताइने कुरा सुनेर तपाईं परमेश्‍वरको वचनमा लेखिएका आज्ञाहरूलाई पूर्णतया पालन गर्नसक्ने हुनुहुनेछ।

४ क्षेत्रीय सम्मेलनका विशेषताहरूमध्ये एउटा हालै समर्पण गरेका भाइबहिनीहरूको बप्तिस्मा हुनेछ। आफ्नो समर्पणको आमघोषणा गर्नुअघि ती उम्मेदवारहरूले बप्तिस्मा लिने आफ्नो इच्छा मण्डलीको अध्यक्षसमक्ष व्यक्‍त गर्नुपर्छ। यसो गऱ्‍यो भने उनले तिनीहरूसित भेट गर्न प्राचीनहरूको प्रबन्ध गर्नसक्छन्‌।

५ यस क्षेत्रीय सम्मेलन श्रृंखलाका जनभाषणको शीर्षक “बाइबलको निर्देशनअनुरूप किन चल्ने?” हो। चासो दिएका व्यक्‍तिहरूलाई निम्त्याउनुहोस्‌। तपाईं र तपाईंको परिवारलाई चाहिने अत्यावश्‍यक प्रोत्साहन र मदत पाउन चाहनुहुन्छ भने सम्पूर्ण कार्यक्रममा भाग लिने निर्दिष्ट योजना बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने