प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 डिसेम्बर p. ४
  • नयाँ क्षेत्रीय सम्मेलनको कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ क्षेत्रीय सम्मेलनको कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९५
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९८
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९६
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 डिसेम्बर p. ४

नयाँ क्षेत्रीय सम्मेलनको कार्यक्रम

आगामी वर्षको प्रारम्भदेखि सुरु हुने दुइ दिने क्षेत्रीय सम्मेलनको शीर्षक छ, “उत्सुकतासाथ यहोवाको दिनको बाटो हेर्ने।” (२ पत्रु. ३:१२) रत्तीभर ढिलाइ नगरी काम गर्ने प्रोत्साहन दिनु यस कार्यक्रमको मुख्य ध्येय रहनेछ। सम्पूर्ण पृथ्वीबासीहरूले चाँडै नै यहोवाको न्याय भोग्नेछन्‌। “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिन” को को बच्नेछन्‌? आध्यात्मिक तवरमा जागा रहने अनि “पवित्र जीवन र भक्‍ति[सहित]” बाँच्ने व्यक्‍ति मात्र।—प्रका. १६:१४; २ पत्रु. ३:११.

यहोवाको दिनबाट बच्न बप्तिस्मा लिनु अपरिहार्य छ। (१ पत्रु. ३:२१) अतः सम्मेलनमा बप्तिस्मा लिन चाहने प्रकाशकहरूले मण्डलीको अध्यक्षलाई खबर गर्नुपर्छ। किनकि तिनले आवश्‍यक प्रबन्धहरू मिलाउनेछन्‌।

“हामी कस्तो किसिमको मानिस हुनुपर्छ” शीर्षक अन्तर्गत दिइने चार हिस्से गोष्ठी भाषणले उत्सुकतासाथ यहोवाको दिनको बाटो हेर्दा हामीले के-कस्ता कदम चालिरहेको हुनुपर्छ भनेर खुलस्त पार्नेछ। “यहोवाको दिन नजिक हुँदै जाँदा बुद्धिमानीपूर्वक चल्नुहोस्‌” शीर्षक भएको जनभाषणले चाहिं ‘यहोवाको खोजी गर्नु, धार्मिकता खोज्नु, नम्रता खोज्नु’ भनेको के हो, प्रष्ट्याउनेछ।—सप. २:३.

क्षेत्रीय सम्मेलनको अन्तमा परिभ्रमण निरीक्षकहरूले दुइ प्रेरणादायी भाषणहरू दिनेछन्‌। शीर्षक यसप्रकार छन्‌: “के तपाईंको जीवन सत्यमा केन्द्रित छ?” र “यहोवाको दिनको बाटो हेर्दै योजना बनाउने।” यी दुइ भाषणहरूले आफ्नो जीवन नियालेर आवश्‍यक छाँटकाँट गर्ने प्रेरणा दिनेछन्‌। यहोवाको दिन नजिकै छ भनेर बाइबलका भविष्यवाणी अनि विश्‍व घटनाहरूले प्रष्टै संकेत दिइरहेका छन्‌। यो सम्मेलनले हामीलाई ‘सचेत र जागा रहने’ प्रोत्साहन दिनेछ। (१ पत्रु. ५:८) त्यसकारण, दुवै दिन सम्मेलनमा उपस्थित हुने पक्का योजना बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने