प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 डिसेम्बर
  • नयाँ सर्कट सम्मेलनको कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ सर्कट सम्मेलनको कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ क्षेत्रीय सम्मेलनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९४
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९५
  • परमेश्‍वरको वचन स्वीकार गर्न, प्रयोगमा ल्याउन, तथा त्यसबाट लाभ उठाउँन
    हाम्रो राज्य सेवकाई—१९९२
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९३
km93 डिसेम्बर

नयाँ सर्कट सम्मेलनको कार्यक्रम

१ मत्ती ६:३३-मा पाइने येशूका शब्दहरू पालन गर्दै साँचो मसीहीहरूले सधैं नै आफ्नो जीवनमा परमेश्‍वरको राज्यलाई प्रथम स्थान दिएका छन्‌। अतः जनवरी १९९४-मा सुरु हुने सर्कट सम्मेलन कार्यक्रमको मुख्य विषय पनि “पहिले राज्यको खोजी गर” हुनु उपयुक्‍त छ।

२ सुरुदेखि नै कार्यक्रमले परमेश्‍वरको राज्यको वास्तविकतामाथि बढी प्रकाश पार्नेछ। इलाका, शासकहरू, प्रजा र नियमहरू भएको त्यो राज्य एउटा सक्रिय सरकार हो भन्‍ने कुरामाथि जोर दिइनेछ। भनौं भने आज समाजको हितका लागि बनेका मानव सरकारहरूका थुप्रै नियमहरू बाइबलका नियमहरूमै आधारित छन्‌।

३ परमेश्‍वरको राज्यलाई जीवनको सबै क्षेत्रमा प्राथमिकता दिंदा पाइने आशिष र सुरक्षाबारे विचारविर्मश गरिनेछ। अनावश्‍यक चिन्ताबाट हामी कसरी मुक्‍त हुन सक्छौं, सो विषयमा पनि मदतकारी सरसल्लाह दिइनेछ। हाम्रो आँखालाई निर्मल राख्न किन अत्यावश्‍यक छ, सो भाषणहरू, प्रदर्शनीहरू र छलफलहरूद्वारा प्रदर्शित गरिनेछ।

४ शनिवारको दिन, बप्तिस्माका लागि योग्यता प्राप्त उम्मेदवारहरूले यहोवासित गरिएको आफ्नो समर्पणको आम घोषणा गर्न सक्नेछन्‌। आइतवारको दिन चाहिं हामी सबै जना “परमेश्‍वरको राज्यले मानवजातिका लागि के गर्नेछ” भन्‍ने आम भाषण सुन्‍न उपस्थित हुन इच्छुक हुनेछौं।

५ सर्कट सम्मेलनको दुवै दिन निश्‍चय नै उपस्थित हुने योजना बनाउनु होस्‌। सम्मेलनको कार्यक्रमका साथै भाइहरूसित गरिने रमाइलो सङ्‌गतिले ढाडस र स्फूर्तिदायक प्रोत्साहन प्रदान गर्नेछ र यी कुराहरूबाट पक्कै पनि हामी कोही बञ्चित हुन चाँहदैनौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने