प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 जुलाई p. ७
  • प्रोत्साहनदायी हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रोत्साहनदायी हुनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • आध्यात्मिक कुराकानीले सुधार गराउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उत्थानदायी र सकारात्मक हुनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • प्रचारमा सँगै जाँदा एउटाले अर्कोलाई दह्रिलो पार्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००८
  • हाम्रो विश्‍वासमा सद्‌गुण कसरी थप्नसक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 जुलाई p. ७

प्रोत्साहनदायी हुनुहोस्‌

१ हामी “डरलाग्दो समय[मा]” बाँचिरहेकोले सबैलाई प्रोत्साहन चाहिन्छ। (२ तिमो. ३:१) पावल यस आवश्‍यकताबारे सजग थिए। अतः तिनी भाइहरूसित संगत गर्दा “आपसमा. . .सान्त्वना” दिने अवसरहरूको सदुपयोग गर्न उत्सुक थिए। तिनले भाइहरूलाई “आपसमा सुधार्ने कुराको पछि” लाग्न आग्रह गरे। (रोमी १:११, १२; १४:१९) यी प्रयासहरू “चेलाहरूका आत्मालाई स्थिर गराउँदै तिनीहरूलाई विश्‍वासमा” रहिरहने प्रोत्साहन दिन सफल भए। (प्रे. १४:२२) आज हामीलाई यस्तो प्रोत्साहनको अत्यन्तै खाँचो छ।

२ हाम्रो बोलीवचनबाट अरूलाई प्रोत्साहन दिनसक्छौं। सही ढंगमा हाम्रा शब्दहरू प्रयोग गर्दा ती “चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै” हुनसक्छन्‌। (हितो. २५:११) सभाहरूमा भाग लिएर हामीहरू “एकअर्कालाई प्रोत्साहन” दिन्छौं। (हिब्रू १०:२५, न्युव) हामीले अनुभवहरू बाँड्‌दा, सराहना गर्दा वा आध्यात्मिक विषयहरू छलफल गर्दा आफ्नो जिब्रोलाई सकारात्मक ढंगमा प्रयोग गर्नसक्छौं। स्वस्थकर रूपमा जिब्रोलाई प्रयोग गर्दा ‘सुधारको निम्ति केही असल हुन्छ, त्यसबाट सुन्‍नेहरूलाई अनुग्रह मिल्दछ।’—एफि. ४:२९.

३ प्रोत्साहनदायी कुराहरू गर्नुहोस्‌: पावलले फिलिप्पी ४:८ मा हाम्रो बोलीवचनको निम्ति मदतकारी निर्देशनहरू उपलब्ध गराए। तिनले आदरणीय, चोखा, असल, मनपर्दा, सद्‌गुणी र प्रशंसनीय कुराहरूमा ध्यान दिने सल्लाह दिए। यदि हामीले भन्‍ने कुराहरू परमेश्‍वरको वचनमा आधारित छन्‌ भने ती जहिले पनि साँचो र लाभकारी हुनेछन्‌ भनेर निश्‍चित हुनसक्छौं। (यूह. १७:१७) हाम्रो मसीही समर्पण, मण्डलीका सभाहरूमा सिक्ने कुराहरू, हामीले आफ्नो सेवकाई पूरा गर्ने तरिका र त्यस्तै अन्य कुराहरू गम्भीर चासोका विषयहरू हुन्‌। परमेश्‍वरको वचनका स्तर र सिद्धान्तहरूबारे प्रोत्साहनदायी वार्तालाप गऱ्‍यौं भने त्यसले पक्कै पनि हामीलाई “मुक्‍तिको निम्ति . . . बुद्धिमान तुल्याउनसक्‍तछ।” (२ तिमो. ३:१५) यहोवाको स्वच्छ संगठनभित्र शुद्ध आचरण कायम गर्नेहरूप्रति हामी मूल्यांकन जाहेर गर्नसक्छौं। हाम्रा भाइहरूका करुणामय कार्यहरूको तारीफ गर्नसक्छौं। (यूह. १३:३४, ३५) असल कुराहरूमा विश्‍वास, आनन्द, शान्ति, धीरजजस्ता मसीही गुनहरू समावेश छन्‌, जुन हामी आफ्ना भाइहरूमा देख्नसक्छौं। त्यस्ता सद्‌गुणी र प्रशंसनीय विषयहरूबारे कुरा गर्दा ‘भलाइको निम्ति अरूलाई सुधार्नसक्छौं।’—रोमी १५:२.

४ हामी दिनानुदिन संसारका निरुत्साहजनक चिन्ताहरू सामना गर्छौं। यी चिन्ताहरूमा नडुबेर हाम्रा भाइहरूसित मायालु संगतिको आनन्द उठाउनु कति स्फूर्तिदायी हुन्छ! हामीहरू सँगै बिताएको बहुमूल्य समयको कदर गर्छौं। यदि हामी सधैं अरूलाई प्रोत्साहन दिन्छौं भने निश्‍चय पनि अरूले हामीबारे यसो भन्‍नेछन्‌: “तिनीहरूले मेरो . . . आत्मालाई आराम दिए।” —१ कोरि. १६:१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने