उद्देश्यसहितका पुनःभेटहरू
१ पुनःभेट गर्नुहुँदा तपाईंले पहिले नै छलफल गरी सक्नुभएको विषयप्रति त्यस व्यक्तिको ज्ञान बढाउन एउटा शास्त्रपद प्रयोग गर्ने कोसिस गर्नुपर्छ।
२ ग्राहक नबनेका व्यक्तिहरूसित पुनःभेट गर्दा पत्रिका रूट स्थापना गर्ने लक्ष्य राख्नुहोस्। यस्तो सरल प्रस्तुति प्रभावकारी हुनसक्छ:
▪“परमेश्वरको भय किन राख्नुपर्छ भनी छलफल गरिएको प्रहरीधरहरा पढेर तपाईंले पक्कै लाभ उठाउनुभयो होला भन्ने आशा गर्छु। आज मैले ‘जीवन किन यति छोटो छ?’ प्रश्न सोधिएको अवेक! पत्रिका ल्याएको छु। यो प्रश्न चाखलाग्दो छ, होइन र?” त्यसपछि, यसो भन्दै वार्तालाप जारी राख्न सक्नुहुन्छ: “यूहन्ना ३:१६ मा येशूका शब्दहरूले अनन्त जीवनको आशा प्रदान गर्छ। कृपया यो पत्रिका राख्नुहोस् र बाइबलले दिने ठोस आशाबाट प्रोत्साहित हुनुहोस्।” त्यसपछि पत्रिकाको अर्को अंक लिएर फेरि आउनेछु र सम्भव भएमा आज्ञाकारी मानवजातिको निम्ति परमेश्वरले साँचेर राख्नुभएको प्रतिज्ञाबारे थप छलफल गर्नेछु भन्नुहोस्। स्मरण रहोस्, प्रत्येक चोटि पत्रिका पुऱ्याउन जानुहुँदा त्यसलाई पुनःभेटको रिकर्डमा राख्न सकिन्छ।
३ “युद्धरहित संसार—कहिले?” (प्रहरीधरहरा, अक्टोबर १) शीर्षक भएको लेख प्रस्तुत गर्नुभएको थियो भने तपाईं यसो भन्न सक्नुहुन्छ:
▪“पूर्णतया शान्ति हुँदो हो त यस पृथ्वीमा जीवन कस्तो हुने थियो होला? [जवाफ दिने मौका दिनुहोस्।] यसबारे परमेश्वरले के प्रतिज्ञा गर्नुभएको छ, म तपाईंलाई देखाउन चाहन्छु।” भजन ३७:१०, ११ पढ्नुहोस् र परमेश्वरको इच्छा यस पृथ्वीमा पूरा हुँदा परिस्थिति कस्तो हुनेछ व्याख्या गर्नुहोस्। मत्ती ६:९, १० मा लिपिबद्ध गरिएझैं येशूले आफ्ना चेलाहरूलाई के को निम्ति प्रार्थना गर्न सिकाउनुभएको थियो, बताउनुहोस्। येशूका शब्दहरूको अर्थ बुझ्न त्यस व्यक्तिलाई मदत गर्नुहोस्। घरधनी अघिल्लो भेटमा प्रहरीधरहरा वा ब्यूँझनुहोस्!-को ग्राहक बनेका थिएनन् भने यसपटक ग्राहक बन्न आग्रह गर्नुहोस् र थप छलफलको लागि फेरि भेट्ने प्रबन्ध मिलाउनुहोस्।
४ “जीवन किन यति छोटो छ?” आलेख श्रृंखलाहरूमाथि अर्को पटक छलफल गर्दा तपाईं यसो भन्न सक्नुहुन्छ:
▪“अघिल्लो भेटमा हामीले मानिस लामो समयसम्म बाँच्न सक्छ, सक्दैन, त्यसबारे कुरा गरेका थियौं। वैज्ञानिकहरूले हामीलाई ७० वा ८० वर्षभन्दा धेरै बाँच्न पाउने आशा प्रदान गर्न नसकेको त यहाँले अवेक! पत्रिकामार्फत थाह पाइसक्नुभयो होला। तर बाइबलमा दिइएको प्रतिज्ञाबारे यहाँलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] मानिसको लागि परमेश्वरले अझ उत्तम कुरा संगालेर राख्नुभएको छ भनी बाइबलले देखाउँछ।” त्यसपछि यूहन्ना १७:३ पढ्नुहोस् र ज्ञान प्राप्त गरेर अनन्त जीवन कसरी प्राप्त गर्न सकिन्छ व्याख्या गर्नुहोस्। त्यसपश्चात् गृह बाइबल अध्ययनको प्रस्ताव राख्न वा अर्को छलफलको लागि प्रबन्ध मिलाउन सक्नुहुन्छ।
५ बाइबल अध्ययन सुरु गर्नु हाम्रो सेवकाईको महत्त्वपूर्ण लक्ष्य हो। पत्रिका लिने व्यक्तिलाई शायद तपाईंले निकै पटक भेट्नु भइसक्यो होला। अर्को भेटमा यो प्रस्तुति चलाउनुभए कसो होला?:
▪“आधुनिक रहनसहनमा धर्म र त्यसको मूल्यले पार्ने प्रभावबारे मानिसहरूको विचारधारा भिन्दाभिन्दै छ। परमेश्वरले दुःखकष्ट किन हुन दिनुहुन्छ वा हामी किन बुढो हुन्छौं र मर्छौं भन्ने विषयहरूमा पनि विरोधाभाषपूर्ण दृष्टिकोणहरू छन्। कोही भने प्रार्थना कसरी गर्ने र परमेश्वरलाई आफ्नो कुरा कसरी सुनाउने भनेर जान्न चाहन्छन्।” बाइबल अध्ययनका लागि चलाइने पुस्तकमध्ये कुनै एकबाट घरधनीलाई मन पर्ने खालको विषय छान्नुहोस् र अध्ययन कसरी संचालन गरिन्छ देखाउनुहोस्।
६ यहोवा, उद्देश्यको परमेश्वर हुनुहुन्छ। त्यसैकारण उद्देश्यसहितका पुनःभेटहरू गरेर अक्टोबर महिनामा उहाँको अनुकरण गरौं।