सबै शास्त्र सिकाउनको लागि उपयोगी छ
१ बाइबलको मूल्यसम्बन्धी धेरै र भिन्दाभिन्दै विचारहरू छन्। यद्यपि, मानिसलाई व्याकुल पार्ने परिस्थितिमा पुऱ्याउने समस्याहरूको समाधान र व्यक्तिगत जीवन व्यतित गर्न भरपर्दो मार्ग निर्देशन बाइबलले प्रदान गर्छ भनी हामी विश्वस्त छौं। (हितो. ३:५, ६) यसको सल्लाहमा पाइने बुद्धि अतुलनीय छ। यसले समर्थन गरेको नैतिकस्तरलाई उछिन्न सकिन्न। यसको समाचार “हृदयको भावना र विचारलाई जाँच्न सक्ने[सम्मको]” शक्तिशाली छ। (हिब्रू ४:१२) त्यसो भए यसको गहिरो छानबिन गर्नु आवश्यक छ भनेर हामी कसरी अरूलाई बुझाउनसक्छौं? नोभेम्बर महिनामा द बाइबल—गड्स वर्ड अर म्यान्स्? (बाइबल—परमेश्वरको वचन वा मानिसको) वा १९२ पृष्ठ भएका कुनै पुरानो पुस्तकसहित न्यु वर्ल्ड ट्रान्सलेशन (नयाँ विश्व अनुवाद) प्रस्तुत गर्नुहुँदा तल उल्लिखित केही सुझावहरू चलाउन सक्नुहुन्छ।
२ अधिकांश मानिसहरू आफ्ना आधारभूत आवश्यकताहरू कसरी पूरा गर्ने भनी चिन्ता गर्छन्। शायद यस प्रस्तुतिले तिनीहरूको ध्यान खिंच्नसक्छ:
▪“आजकल मैले भेटेका अधिकांश मानिसहरू जीवन कसरी धान्ने भनेर चिन्तित छन्। धेरै जना भौतिक कुराको पछि लागेका छन्। त्यसैले तिनीहरू तनाउग्रस्त छन्। यस विषयमा सर्वोत्तम सल्लाह कहाँ पाइन्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] अनावश्यक टन्टा पन्छ्याउने मदत मैले बाइबलले दिने व्यवहारिक सल्लाहमा पाएको छु। यसको एउटा उदाहरण म तपाईंलाई देखाउँछु।” द बाइबल—गड्स वर्ड अर म्यान्स्? (बाइबल—परमेश्वरको वचन वा मानिसको?) पुस्तकको पृष्ठ १६३ पल्टाउनुहोस् र अनुच्छेद ३ मा उद्धरित १ तिमोथी ६:९, १० पढ्नुहोस्। अनुच्छेद ४ मा थप टिप्पणी गर्नुहोस् र पुस्तक प्रस्तुत गर्नुहोस्।
३ द बाइबल—गड्स वर्ड अर म्यान्स्? (बाइबल—परमेश्वरको वचन वा मानिसको?) पुस्तक वा १९२ पृष्ठ भएका कुनै पुरानो पुस्तक प्रस्तुत गर्नुहुँदा यो सुझावलाई मनमा राख्नसक्नुहुन्छ:
▪“प्रत्येक पल्ट पत्रपत्रिका पढ्दा वा समाचार सुन्दा हतोत्साहजनक समस्याहरू सुन्छौं र यसले हामीलाई चिन्तित तुल्याउँछ। [हालै खैलाबैला मचाएको केही ताजा समाचारहरू उल्लेख गर्नुहोस्।] यस्ता समस्याहरूको सामना कसरी गर्नसक्छौं? [जवाफ दिने मौका दिनुहोस्।] एक प्रसिद्ध व्यक्तिको भनाइअनुसार अहिलेसम्म लेखिएका समाचारहरूमध्ये बाइबलमा सबैभन्दा महान् समाचार पाइन्छ। र ‘त्यसमा मानिसले भोगेका सम्पूर्ण समस्याहरूको समाधान छ।’ तिनको भनाइले यस विषयमा बाइबल आफै के भन्छ सम्झन्छौं। [२ तिमोथी ३:१६, १७ पढ्नुहोस्।] हामी बाइबललाई किन विश्वास गर्नसक्छौं म तपाईंलाई देखाउन चाहन्छु।” तपाई बाइबलमा किन विश्वास गर्न सकनु हुन्छ पर्चाबाट केही मुख्य बुँदाहरू देखाउनुहोस् र यस विषयमा जानकारी दिने कुनै १९२ पृष्ठ भएका एउटा पुस्तक प्रस्तुत गर्नुहोस्। आधुनिक संसारमा पनि बाइबलको सल्लाह व्यवहारिक हुनु उल्लेखनीय छ भन्नेबारे छलफल गर्न फर्केर आउने प्रस्ताव राख्नुहोस्।
४ तपाईंको क्षेत्रमा धर्मप्रति आस्था नभएका मानिसहरू छन् भने यो प्रस्तुति चलाउन सक्नुहुन्छ:
▪“अधिकांश मानिसहरूको विचारमा धार्मिक पुस्तकहरू विवादास्पद छन् र तिनमा मिथ्याबाहेक अरू केही पाइँदैन। धर्मको नाउँमा निकै खराब कामहरू भएको देखेको हुँदा धार्मिक गुरुहरूमाथि तिनीहरू विश्वास गर्दैनन्। वास्तवमा, परमेश्वरले हामीलाई कुनै मार्ग निर्देशन दिनुभएको हुनसक्छ र भनी अधिकांश मानिसहरू शंका व्यक्त गर्छन्। तपाईंको विचार के छ? जवाफ दिन लगाउनुहोस्। घरधनीको प्रत्युत्तरलाई आधार बनाएर तपाईंसित भएको १९२ पृष्ठको एउटा पुरानो पुस्तक पल्टाउनुहोस्। र घरधनीको विरोध वा दृष्टिकोणसित मिल्ने अंश देखाएर एक दुइटा बुँदाहरू छलफल गर्नुहोस्। उदाहरणको लागि, गुड न्युज—टु मेक यु ह्याप्पि (तपाईंलाई खुशी तुल्याउने सुसमाचार) पुस्तकको अध्याय १२ चलाउने मौका पाउन सक्नुहुन्छ होला।
५ हाम्रो महान् सृष्टिकर्ताले उहाँको इच्छा बुझ्न चाहनेहरूले सजिलै ज्ञान प्राप्त गर्नसकून भनेर निश्चय गर्नुभएको छ। बाइबलप्रति सही मूल्यांकन व्यक्त गर्न सहयोग गर्नु नै अरूलाई मदत गर्ने सर्वोत्तम तरिका हो। यसले तिनीहरूको जीवन बचाउनसक्छ।—हितो. १:३२, ३३.