सुरक्षित राख्नुहोस्
क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू
यस महिना प्रस्तुत गरिने साहित्यबारे बताइएका प्रस्तुतिहरू तयार गर्दा मदतको लागि निम्न सुझावहरू चलाउनुहोस्।
जागा रहनुहोस्!
“आज सामान्य भएका गम्भीर समस्या तथा हृदयविदारक घटनाहरूबारे धेरै मानिसहरू चिन्तित छन्। [स्थानीय कुनै उदाहरण उल्लेख गर्नुहोस्।] यस्ता कुराहरू परमेश्वरको सरकारले चाँडै पृथ्वीका मामिलाहरूलाई नियन्त्रण गर्नेछ भनी देखाउने विश्वव्यापी चिह्नका भाग हुन् भन्ने कुरा के तपाईंलाई थाह थियो? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि एउटा उपयुक्त शास्त्रपद पढ्नुहोस्; जस्तै, मत्ती २४:३, ७, ८; लूका २१:७, १०, ११; अथवा २ तिमोथी ३:१-५.] यस पुस्तिकाले हाम्रो समयको अर्थ र मानिसजातिको लागि कस्तो भावी आशा छ भन्ने विषयमा छलफल गर्छ।”
“हृदयविदारक घटनाहरू वा निकै ठूलो व्यक्तिगत क्षतिको कारण आज थुप्रै मानिसहरू दुःखित छन्। यस्ता कुराहरू हुनदेखि रोक्न परमेश्वरले किन हस्तक्षेप गर्नुहुन्न भनी कसै-कसैले सोच्छन्। परमेश्वरले अब चाँडै मानिसजातिको दुःखकष्ट कम गर्न कदम चाल्नुहुनेछ भनी बाइबल हामीलाई आश्वासन दिन्छ। [प्रकाश १४:६, ७ पढ्नुहोस्।] परमेश्वरको न्यायले मानिसजातिको लागि कस्तो अर्थ राख्नेछ ध्यान दिनुहोस्। [२ पत्रुस ३:१०, १३ पढ्नुहोस्।] यस पुस्तिकाले यस महत्त्वपूर्ण विषयमा थप जानकारी दिन्छ।”
ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ
“यस्तो सुन्दर वातावरणमा बस्न तपाईंलाई निमन्त्रणा दिइयो भने के तपाईंले त्यो निमन्त्रणा स्वीकार्नुहुने छैन र? [पृष्ठ ४-५ को चित्र देखाउनुहोस् र जवाफ दिने मौका दिनुहोस्।] यस किसिमको जीवनबाट सधैं आनन्द उठाउन हामीले गर्नुपर्ने प्रमुख कुराबारे परमेश्वरको वचन के भन्छ, ध्यान दिनुहोस्। [यूहन्ना १७:३ पढ्नुहोस्।] यस पुस्तकले तपाईंलाई अनन्त जीवनतर्फ डोऱ्याउने ज्ञान प्राप्त गर्न मदत गर्नेछ।” अर्को भेटमा अध्याय १ को पहिलो पाँचवटा अनुच्छेद छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
पृष्ठ १८८-१८९ मा भएको चित्र पल्टाउनुहोस् र क्याप्सनका शब्दहरू चलाएर घरधनीलाई सोध्नुहोस्: “परमेश्वरको ज्ञानले पृथ्वी भरिभराउ हुँदा के तपाईं प्रमोदवनमा बाँच्ने आशा राख्नुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि यशैया ११:९ पढ्नुहोस्।] बाइबलले प्रमोदवनबारे के भन्छ र हामी कसरी यसको एउटा भाग हुन सक्छौं भन्ने कुरा बुझ्न यस पुस्तकले तपाईंलाई मदत गर्नेछ।” अर्को भेटमा अध्याय १ को अनुच्छेद ११-१६ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
प्रकाश—त्यसको चर्मोत्कर्ष निकट!
“तपाईंले [कुनै समाचार बताउनुहोस्] सुन्नुभयो होला। अल्पायुमै कसैको दुःखद मृत्यु हुँदा उसको परिवारलाई कस्तो सान्त्वना दिन सकिएला भनी थुप्रैले सोच्छन्। तपाईंलाई कस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्। त्यसपछि, पृष्ठ २९९ पल्टाउनुहोस् र त्यहाँ चित्रण गरिएको पुनरुत्थानको दृश्य देखाउनुहोस्। अनि अझै यसो भन्नुहोस्: “धर्मी र अधर्मी मानिसहरू दुवैले पार्थिव प्रमोदवनमा पुनः जीवन पाउनेछन् भन्ने थाह पाउँदा थुप्रै मानिसहरू तीनछक पर्छन्। [पृष्ठ २९७ को अनुच्छेद ९ मा उद्धृत प्रेरित २४:१५ पढ्नुहोस् र अनुच्छेद १० मा पाइने विवरणलाई राम्ररी बुझाउनुहोस्।] भविष्यको लागि परमेश्वरको उद्देश्यबारे अन्य थुप्रै चाखलाग्दा कुराहरू यस पुस्तकमा छलफल गरिएको छ।”
आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष
“क्रिसमसको यस समयमा धेरै मानिसहरूले येशूबारे सोच्ने गर्छन्। तथापि, संसारभरि निकै खराब कुराहरू भइरहेको कारण येशूले साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ कि गर्नुहुन्न होला भनी कसै-कसैले सोच्छन्। यसबारे तपाईंलाई कस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्। अनि महान पुरुष पुस्तकको अध्याय २४ पल्टाउनुहोस् र येशू यस पृथ्वीमा किन आउनुभयो भनेर छोटकरीमा छलफल गर्नुहोस्। त्यसपछि यूहन्ना १५:१३ पढेर येशूले अरूप्रति देखाउनुभएको हृदयस्पर्शी प्रेममाथि जोड दिनुहोस्।
“येशू ख्रीष्टको नाउँ लिंदा धेरैले उहाँलाई या त बालकको रूपमा सम्झन्छन्, नभए कष्ट भोगेर मर्न लागेको मानिसको रूपमा सम्झन्छन्। येशूबारे तिनीहरूको धारणा केवल उहाँको जन्म र मृत्युसम्म मात्र सीमित छ। आफ्नो जीवनकालमा उहाँले भन्नु अनि गर्नुभएका अद्भुत कुराहरूलाई प्रायः वास्तै गरिंदैन। तर उहाँले गर्नुभएको कामले यस पृथ्वीमा भएका प्रत्येक व्यक्तिलाई असर गर्छ। त्यसैकारण त हाम्रो खातिर उहाँले गर्नुभएका अद्भुत कुराहरूबारे हामीले धेरैभन्दा धेरै सिक्नु अत्यावश्यक छ।” यूहन्ना १७:३ पढ्नुहोस्। महान पुरुष पुस्तकको परिचयको पहिलो पृष्ठ पल्टाएर चौथो अनुच्छेद पढ्नुहोस्।
परमेश्वर हामीबाट के चाहनुहुन्छ?
“के तपाईंलाई अहिले हामी जसरी सङ्कष्टमा पिल्सिरहेका छौं, त्यस्तै होस् भनेर परमेश्वरले चाहनुभएको थियो जस्तो लाग्छ?” [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि मत्ती ६:१० पढ्नुहोस्।] परमेश्वरको राज्य वास्तवमा के हो भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ?” चाहनुहुन्छ पुस्तिकाको पाठ ६ पल्टाउनुहोस् अनि पाठको सुरुमै दिइएका प्रश्नहरू पढ्नुहोस्। पाठको छलफल सुरु गर्नुहोस् वा अर्को भेटमा यसो गर्ने प्रबन्ध मिलाउनुहोस्।
“आधुनिक समाजमा जतिसुकै प्रगतिहरू भए तापनि रोगबिमार अनि मृत्युले मानिसजातिलाई पिरोल्न छोडेको छैन। येशूले बिरामी, वृद्ध तथा मरिसकेका व्यक्तिहरूलाई समेत के गर्नुहुनेछ के तपाईंलाई थाह छ?” जवाफ दिने मौका दिनुहोस्। यदि ती व्यक्ति जवाफ जान्न चाहन्छन् भने, पाठ ५ पल्टाउनुहोस् र अनुच्छेद ५-६ का प्रश्नहरू पढ्नुहोस्। अनुच्छेदहरू छलफल गर्नुहोस् वा अर्को भेटमा यसो गर्ने प्रबन्ध मिलाउनुहोस्।
एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस्
“जीवनमा आइपर्ने दबाबहरूको सामना गर्न हामी कसलाई मदत माग्न सक्छौं जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि रोमी १५:४ पढ्नुहोस्।] प्रेरित धर्मशास्त्रले हामीलाई निर्देशन, सान्त्वना र आशा दिन्छ भन्ने कुरामा ध्यान दिनुहोस्, जसले हामीलाई कठिनाइहरू सहन बलियो बनाउन सक्छ। बाइबल पढाइबाट हामी कसरी पूरापूर लाभ उठाउन सक्छौं भन्ने विषयमा यस पुस्तकले मदतकारी सुझावहरू दिन्छ।” पृष्ठ ३० मा दिइएका चारवटा बुँदा प्रकाश पार्नुहोस्।
“येशू पृथ्वीमा आउनुभएको समयदेखि नै धेरै मानिसहरूले परमेश्वरको राज्य आओस् भनेर प्रार्थना गरिरहेका छन्। आउँदै गरेको परमेश्वरको राज्यले मानिसजातिको लागि कस्तो अर्थ राख्नेछ के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि दानियल २:४४ पढ्नुहोस्।] परमेश्वरको राज्य के हो र यसले कुन कुरा पूरा गर्नेछ भनी यस पुस्तकमा छलफल गरिएको छ। धार्मिक शासनबाट हामी कसरी लाभ उठाउन सक्छौं भन्ने विषयमा पनि यस पुस्तकले छलफल गर्छ।” पृष्ठ ९२-९३ मा दिइएको चित्र देखाउनुहोस्।
के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
km-NP ७/९६ ४ - अरूको साँचो चिन्ता गरेर यहोवाको अनुसरण गर्नुहोस्
◼ “परमेश्वर मानवहरूको साँच्चै चिन्ता गर्नुहुन्छ भने उहाँले किन तिनीहरूलाई दुःखमा पर्न दिनुहुन्छ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] यो पुस्तिकाले यस प्रश्नको जवाफ दिनुका साथै मानिसले आफू र आफ्नो पार्थिव घरमाथि ल्याएको क्षति हटाउन परमेश्वरले गर्नुभएको प्रतिज्ञालाई प्रष्ट्याउँछ।” पृष्ठ २७, अनुच्छेद २३ पढ्नुहोस्। त्यस परिच्छेदमुनिको चित्र देखाउनुहोस् र अनुच्छेद २२ बाट भजन १४५:१६ पढ्नुहोस्।
km-NP ८/९५ ८ - परमेश्वरको वचनको शिक्षक हुनुहोस् —ठूला पुस्तिकाहरू चलाएर
◼ हामीले तपाईंका थुप्रै छिमेकीहरूलाई भेट्यौं। उहाँहरू अपराध, आतंकवाद र हिंसामा अचानक अत्यधिक वृद्धि भएकोले गर्दा चिन्तित हुनुहुन्छ। तपाईंको विचारमा यस्तो किन भएको होला? [जवाफ दिने मौका दिनुहोस्।] यस्ता कुराहरू हुनेछन् भनेर बाइबलले अगमवाणी गर्नु निकै चाखलाग्दो कुरा हो। [२ तिमोथी ३:१-३ पढ्नुहोस्।] हेर्नुहोस्, यी घटनाहरू ‘आखिरी दिनमा’ हुनेछन्। यसको अर्थ, केही कुराहरूको अन्त हुन लागेको छ। तपाईंलाई त्यो के हो जस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्। त्यसपछि पृष्ठ २२ पल्टाउनुहोस् र त्यहाँ देखाइएको चित्रलाई औंल्याउनुहोस्। साथै त्यस पृष्ठमा उद्धरित एक दुइटा शास्त्रपदहरू छलफल गर्नुहोस्।
जीवनको उद्देश्य के हो? तपाईं यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
km-NP ७/९६ ४ - अरूको साँचो चिन्ता गरेर यहोवाको अनुसरण गर्नुहोस्
◼ थुप्रै मानिसले जीवनको उद्देश्य के होला भनेर सोचेका छन्। तिनीहरू आफैलाई यसरी सोध्छन्: ‘म यहाँ किन छु? मेरो गन्तव्य कहाँ हो? मेरो भविष्य कस्तो होला?’ के यी सब प्रश्नका जवाफ पाउन सक्छौं जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] बाइबलले के भन्छ, ध्यान दिनुहोस् त। [भजन ३६:९ पढ्नुहोस्।] हामी यहाँ किन छौं भनेर बताउने उत्कृष्ट स्थितिमा मानिसको सृष्टिकर्ता मात्र हुनुहुन्छ भनेर निष्कर्षमा पुग्नु के युक्तिसंगत छैन र? [जवाफ दिने मौका दिनुहोस्।] यस पुस्तिकामा परमेश्वरले हाम्रोनिम्ति साँचेर राख्नुभएको महान् उद्देश्यबारे बताइएको छ।” पृष्ठ २०-२१ पल्टाएर शीर्षक पढ्नुहोस्, क्याप्सन पढ्नुहोस् र चित्रबारे टिप्पणी गरेर पुस्तिका प्रस्तुत गर्नुहोस्।
km-NP ८/९४ ८ - ठूला पुस्तिकाहरू—सेवकाईको निम्ति मूल्यवान औजारहरू
◼ एक न एक दिन प्रायः सबैले जीवनको उद्देश्यबारे प्रश्न गर्छन्। के त्यो केवल ७० या ८० वर्ष बाँच्नु अनि त्यसपछि मर्नु हो? अथवा जीवनमा अरू केही छ? तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] मानिस र पृथ्वीको लागि परमेश्वरको सुन्दर प्रतिज्ञा हामी यहाँ भजन ३७:२९ मा पाउँछौं।” शास्त्रपद पढिसक्नुभएपछि पृष्ठ ३१ को चित्र पल्टाउनुहोस् र प्रमोदवनमा जीवन बिताउनु कस्तो हुनेछ भनेर थप टिप्पणी गर्नुहोस्।
बाइबलका कथाहरू भएको मेरो पुस्तक
km १२/८६ १ - के तपाईंलाई तिनीहरूको महत्त्व थाह छ?
◼ म तपाईंको छिमेकी भएकोले अब चाँडै विश्वमा शान्ति छाउनेछ भन्ने एउटा भरपर्दो प्रतिज्ञाबारे केही सुसमाचार सुनाउन चाहन्छु। के तपाईंले चाहनुभएको कुरा पनि त्यही नै होइन र? [जवाफको लागि रोकिनुहोस्। यस्तो लक्ष्य हासिल गर्न मानिसहरूले गरेको अथक प्रयास त हामी सबैले देखेकै छौं। तर बाइबलमा बताइएअनुसार चिरकालीन शान्ति ल्याउने व्यक्ति को हुनुहुन्छ याद गर्नुहोस्। [भजन ४६:८, ९ पढ्नुहोस्।] युद्ध र यसका प्रवर्द्धकहरू नाश भइसकेपछि परमेश्वरले फेरि कहिल्यै पृथ्वीमा वैरभाव रहन दिनुहुनेछैन। भजन ७२:७ का प्रेरित लेखकले भनेका कुराबाट हामी यसबारे विश्वस्त हुन सक्छौं। [पढ्नुहोस्।] शान्तिमय पृथ्वीमा बस्न परमेश्वरले ती व्यक्तिहरूलाई जोगाउनुहुनेछ जसले उहाँबारेमा सिकेर उहाँको सेवा गरेका छन्। बाइबलका कथाहरू भएको मेरो पुस्तक-ले थुप्रैलाई त्यसो गर्न मदत गरेको छ। यो पुस्तक पढेर तपाईं पनि निकै प्रोत्साहित हुनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु।”
km ५/८० ७ - सबैलाई मदत गर्ने एउटा अद्भुत औजार
◼ नमस्ते। तपाईंको छिमेकी भएकोले तपाईंलाई सुसमाचार सुनाउन पाएकोमा मलाई खुसी लागेको छ। हामीमध्ये धेरैजसोले आफ्नो घनिष्ठ मित्र अथवा नातेदारलाई मृत्युको कारण गुमाएका छौं। मृत्यु भएका यस्ता व्यक्तिहरूलाई के हुन्छ र उनीहरूका लागि कुनै आशा छ कि भनेर तपाईंले सोच्नुभएको होला।” [जवाफ दिने मौका दिनुहोस्।] कथा नम्बर ९२ पल्टाएर येशूले के गरिरहनुभएको थियो भनी चित्रबाट देखाउनुहोस्। त्यसपछि कथाको अन्तिम अनुच्छेद पढ्नुहोस्। यसो भनेर टुङ्ग्याउनुहोस्: “परमेश्वरले हामीप्रति देखाउनुभएको प्रेम र चासोलाई हामी सबैले गहिरो मूल्याङ्कन गर्न मदत गर्नको लागि यो प्रकाशन जवान तथा वृद्ध दुवैको लागि तयार पारिएको हो।”
पारिवारिक आनन्दको रहस्य
km-NP ९/९७ ८ - अरूसित पारिवारिक आनन्दको रहस्य बाँड्ने
◼ धेरैजसो परिवारलाई जीवनसित संघर्ष गर्न गाह्रो परिरहेको तपाईंले याद गर्नुभएकै होला, हैन र? [जवाफ दिने मौका दिनुहोस्।] धेरैजसो मानिसहरूले परिवारमा बाँच्नै गाह्रो भएको महसुस गर्छन् भनी रिपोर्टहरूले देखाएका छन्। तपाईंको विचारमा परिवारलाई एक जूट भएर बस्न र आनन्द पाउन कुन कुराले मदत गर्छ? [जवाफ दिने मौका दिनुहोस्।] पारिवारिक प्रबन्धका संस्थापक स्वयं परमेश्वर नै हुनुभएकोले उहाँले दिनुभएका निर्देशनहरू जाँच्नु के तर्कसंगत नहोला? [२ तिमोथी ३:१६, १७ पढ्नुहोस्।] यस्तो लाभकारी निर्देशन यो पारिवारिक आनन्दको रहस्य पुस्तकमा दिइएको छ।” यसपछि तिनको विचारमा परिवारहरूले भोग्ने सामान्य समस्या के हो, सोध्नुहोस्, अनि त्यस समस्याबारे छलफल गर्ने अध्याय देखाउनुहोस् र पुस्तक प्रस्तुत गर्नुहोस्।
km-NP ३/९७ ८ - अनन्त भविष्यबारे ढुक्क हुन परिवारहरूलाई मदत गर्ने
◼ आमाबाबु र छोराछोरीबीच खुलस्त कुराकानी हुनु कत्तिको महत्त्वपूर्ण छ? [जवाफ दिने मौका दिनुहोस्।] पारिवारिक जीवनसम्बन्धी यो सानो पुस्तकले ‘विचारहरूको खुलस्त आदानप्रदान’ भन्ने विषयमा के भन्छ, ध्यान दिनुहोस् त। [ पारिवारिक आनन्द पुस्तकको पृष्ठ ६५ बाट अनुच्छेद ४ पूरै र अनुच्छेद ५ को पहिलो वाक्य पढ्नुहोस्।] यसपछिका अनुच्छेदहरूले परिवारमा कसरी कुराकानी राम्ररी गर्न सकिन्छ भनेर व्यवहारिक सल्लाह दिन्छन्। यो पुस्तकको शीर्षक पारिवारिक आनन्दको रहस्य हो। म तपाईंलाई यसको एक प्रति राखेर पढ्न प्रोत्साहन दिन्छु।” उनले पढेका कुराहरूबारे टिप्पणी सुन्न तपाईं फेरि फर्कनुहुनेछ भनेर बताउनुहोस्।