प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 फेब्रुअरी p. १
  • येशूको अनुकरण गर्दै दिनहुँ सत्य उद्‌घोषणा गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूको अनुकरण गर्दै दिनहुँ सत्य उद्‌घोषणा गर्ने
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • अन्त नजिक भएकोले साक्षी कार्यमा जोडतोडले भाग लिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९९
  • आनन्दित खेताला हुनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • बाली कटनीको लागि पहेंला भएका छन्‌
    हाम्रो राज्य सेवकाई—२०१०
  • कटनी गरिरहनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 फेब्रुअरी p. १

येशूको अनुकरण गर्दै दिनहुँ सत्य उद्‌घोषणा गर्ने

१ पृथ्वीमा आउनुहुँदा येशूले एउटा खास काम पूरा गर्नुपर्ने थियो। त्यो असाध्यै सरल थियो: ‘सत्यको गवाही दिनु।’ (यूह. १८:३७) उहाँले आफ्नो पिताका अद्‌भुत गुन तथा उद्देश्‍यहरूबारे उद्‌घोषणा गर्नुभयो। यो काम उहाँको लागि भोजनसरह थियो। उहाँको सम्पूर्ण जीवन यसैमा केन्द्रित थियो। (यूह. ४:३४) येशूले “मन्दिरमा दिनहुँ शिक्षा दिनुहुन्थ्यो” भनेर लूकाले लिपिबद्ध गरेका छन्‌। (लूका १९:४७) येशूले आफूसँग भएको समयको पूर्ण सदुपयोग गर्नुभयो। (यूह. ९:४) मृत्यु हुनुभन्दा केही समयअघि उहाँले आफ्नो पितालाई यसो भनेर घोषणा गर्न सक्नुभयो: “तपाईंले मलाई गर्नदिनुभएको काम पूरा गरेर मैले पृथ्वीमा तपाईंको महिमा गरें।”—यूह. १७:४.

२ यहोवाले गर्नुभएका सबै कुराहरूप्रति हाम्रो हृदय मूल्यांकनले भरियो भने, दिनहुँ उहाँबारे कुरा गर्न हामी पनि जागृत हुन्छौं। हामी येशूका चेलाहरूजस्तै हुन्छौं। तिनीहरूले निर्भयतासाथ यसरी घोषणा गरे: “किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्‍तैसक्‍तैनौं।” (प्रे. ४:२०) यहोवाबारे तिनीहरूले निरन्तर कुरा गरे। किनकि अभिलेख यसो भन्छ: “दिनदिनै तिनीहरूले . . . सुनाउन बन्द गरेनन्‌।” (प्रे. ५:४२) हामीले आफैलाई सोध्नुपर्छ, ‘के म मेरो गुरु येशूको अनुकरण गर्छु?’

३ अविलम्बीको भाव लिएर प्रचार गर्ने: परमेश्‍वरको राज्यको समाचार सारा संसारमा घोषणा गरिसकेपछि “अन्त हुनेछ” भनेर येशूले अगमवाणी गर्नुभएको थियो। (मत्ती २४:१४) यसले हाम्रो काम महत्त्वपूर्ण र अविलम्बी छ भनेर हामीमा गहिरो छाप पार्नुपर्ने हो। वास्तवमा लाखौंको ज्यान खतरामा परेकोले योभन्दा महत्त्वपूर्ण र लाभकारी काम अरू हुनसक्दैन। यस रीतिरिवाजको अन्त नजीकिंदै गइरहेकोले यो काम पूरा गर्ने समय छोटो भएको छ!

४ यहोवाले भेडाखाले मानिसहरूलाई द्रुत गतिमा जम्मा गरिरहनुभएको छ भनेर रिपोर्टहरूले देखाउँछन्‌। (यशै. ६०:२२) संसारका धेरै ठाउँका मानिसहरू साँच्चै सच्चाइतिर ओइरिरहेका छन्‌। अनि आनन्दित हुँदै तिनीहरू यसप्रकार घोषणा गरिरहेका छन्‌: “हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।” (जक. ८:२३) येशूका यी शब्दहरू विगतमा भन्दा कता हो कता सत्य साबित भइरहेका छन्‌: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्‌। . . . फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।” (मत्ती ९:३७, ३८) के यसले हामीलाई पनि ‘लगातार परमेश्‍वरको प्रशंसा गर्दै मन्दिरमा रहने’ येशूका चेलाहरूजस्तै जोशिलो हुने प्रेरणा दिंदैन र?—लूका २४:५३.

५ दिनहुँ सच्चाइबारे जानकारी दिनुहोस्‌: हरेक दिन अरूसित सच्चाइ बाँड्‌ने तरिकाहरू हामीले खोज्नुपर्छ। मौकाहरू सजिलै पाइन्छन्‌। के तपाईंले मालसामान किन्दा पसलेलाई पर्चा दिने विचार गर्नुभएको छ? अथवा घरमा भेट्‌न नसक्नुभएका मानिसलाई चिठी लेख्ने बारेमा नि? ग्रहणशील होला जस्तो लागेका साथी वा परिचित व्यक्‍तिसित केही बेर फोनमा कुरा गर्न समय निकाल्न सक्नुहुन्छ कि? प्रत्येक दिन आफ्नो आशा अरूसित बाँड्‌ने त्यस्ता अनगिन्ती मौकाहरूबारे तपाईं विचार गर्न सक्नुहुन्छ। प्रयास गर्नुभयो र अलिकता साहस देखाउनुभयो भने यहोवाले तपाईंलाई मदत गर्नुहुनेछ।—१ थिस्स. २:२.

६ त्यसकारण प्रत्येक दिन आफ्नो कामकुरा थाल्नुअघि हामीले आफैलाई यसरी सोध्नुपर्ने हो, ‘मौका मिल्यो भने के म कसैसित आफ्नो आशा बाँड्‌न अघि सर्नेछु?’ येशूको मनोवृत्ति अनुकरण गर्नुहोस्‌। उहाँले आफू पृथ्वीमा पठाइनुभएको कारण यसरी व्याख्या गर्नुभयो: “मैले अवश्‍य परमेश्‍वरको राज्यको सुसमाचार . . . सुनाउनुपर्छ।” (लूका ४:४३) आफ्नो गुरुजस्तै हुन चाहन्छौं भने हामी पनि त्यसै गर्नेछौं।—लूका ६:४०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने