स्मरणार्थ उत्सवका लागि सम्झौटाहरू
मंगलबार, अप्रिल २ तारिखका दिन मनाइने स्मरणार्थ उत्सवअघि ध्यान दिनुपर्ने केही कुराहरू निम्नानुसार छन्:
▪ यो उत्सव मनाउने निर्दिष्ट समय तथा ठाउँबारे वक्तालगायत सबैलाई जानकारी दिनुपर्छ।
▪ उपयुक्त प्रकारको रोटी तथा दाखमद्य प्राप्त गरेर तयार राख्नुपर्छ।—फेब्रुअरी १५, १९८५, वाचटावर, पृष्ठ १९ हेर्नुहोस्।
▪ सुहाउँदो टेबल, टेबलपोस, थाल र गिलास भवनमा पहिल्यै ल्याएर उचित स्थानमा राख्नुपर्छ।
▪ राज्य भवन वा सभा गर्न लागेको ठाउँलाई समयअगावै पूर्णतया सफा राख्नुपर्छ।
▪ परिचारकहरू पहिल्यै छान्नुपर्छ र तिनीहरूलाई प्रतीक टक्राउने उचित तरिका र तिनीहरूको कार्यभारबारे अग्रिम जानकारी दिनुपर्छ।
▪ अशक्त तथा उपस्थित हुनसक्ने अवस्थामा नभएका कुनै पनि अभिषिक्त भाइबहिनीलाई रोटी र दाखमद्य टक्राउने प्रबन्ध मिलाउनुपर्छ।
▪ एउटै राज्य भवनमा एकभन्दा धेरै मण्डलीहरूको यो उत्सव मनाउने तालिका छ भने मण्डलीहरूबीच राम्रो समन्वय हुनुपर्छ। यसो गर्दा बरण्डा, भित्र पस्ने ढोका, भवनबाहिरको पेटी र यातायातको साधन पार्क गर्ने ठाउँमा अनावश्यक रूपले भीड जम्मा हुनबाट जोगिन सकिन्छ।