प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 अप्रिल p. ८
  • सही मनोवृत्ति भएकाहरूलाई खोज्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सही मनोवृत्ति भएकाहरूलाई खोज्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • छिमेकीलाई सत्यबारे बताउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • “विश्‍वास सुनाइबाट . . . आउँछ”
    हाम्रो राज्य सेवकाई—१९९६
  • प्रहरीधरहरा र अवेक! —सत्यका समयसापेक्ष पत्रिकाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • अप्रिल महिनामा पत्रिका वितरण गतिविधिका लागि तयार हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 अप्रिल p. ८

सही मनोवृत्ति भएकाहरूलाई खोज्नुहोस्‌

१ हामीले प्रचार गर्नुको एउटा उद्देश्‍य, “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू” भेटाउनु हो। (प्रे. १३:४८) यो सम्पन्‍न गर्ने अत्युत्तम तरिका, प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू वितरण गर्नु साबित भएको छ किनभने यसका लेखहरूले मानिसहरूलाई परमेश्‍वरको राज्य आशाबारे सजग बनाउँछ। हामीले अप्रिलमा यी पत्रिकाहरूको ग्राहक बन्‍ने प्रस्ताव राख्नेछौं। आशा छ, चासो देखाएमा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक चलाएर नयाँ बाइबल अध्ययनहरू थाल्नसक्छौं। तपाईंलाई उपयोगी हुनसक्ने केही सुझाउहरू यसप्रकार छन्‌:

२ अप्रिल १ “प्रहरीधरहरा” प्रयोग गर्नुहुँदा तपाईंले गत जिल्ला अधिवेशनको जनभाषणमा केन्द्रित “अनन्तका महाराजाको प्रशंसा गर्नुहोस्‌!” लेख देखाउँदै यसो भन्‍न सक्नुहुन्छ:

▪“हामीले कुरा गरेका धेरैजसो मानिसहरूले परमेश्‍वरमा विश्‍वास राख्छन्‌। केहीलाई भने उहाँमा विश्‍वास राख्न गाह्रो लाग्छ। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] परमेश्‍वर हुनैपर्छ भन्‍ने ठोस प्रमाण हामी चारैतिर पाउँछौं। [भजन १०४:२४ पढ्‌नुहोस्‌।] हामीले क्यामरा वा कम्प्युटर देख्नेबित्तिकै त्यो बुद्धिमान रचनाकारले बनाएको हुनुपर्छ भनेर सजिलै स्वीकारी हाल्छौं। पृथ्वी र हामी मानिसजस्ता निकै जटिल कुराहरू संयोगले बनिए भन्‍नु के मनासिब होला?” परमेश्‍वरमा विश्‍वास राख्ने ठोस कारण देखाउन त्यस लेखको एउटा अनुच्छेद चलाउनुहोस्‌। त्यस पत्रिकाको महत्त्व बुझाउनुहोस्‌ र ग्राहक बन्‍ने प्रस्ताव राख्नुहोस्‌।

३ अप्रिल १५ “प्रहरीधरहरा”-ले “साँचो उपासनाले किन परमेश्‍वरको आशिष्‌ पाउँछ” भन्‍ने लेख प्रस्तुत गर्छ। उपयुक्‍त भए त्यो प्रस्तुत गर्नुअघि यस्तो प्रश्‍न गर्न सक्नुहुन्छ:

▪“तपाईंको विचारमा के संसारका सयौं धर्महरू सबै परमेश्‍वरको निम्ति स्वीकार्य होला? [टिप्पणी दिने मौका दिनुहोस्‌।] धार्मिक व्यक्‍तिहरू धेरैले दाबी गरे तापनि परमेश्‍वरको इच्छा नगर्नेहरू तिरस्कृत हुनेछन्‌ भनेर येशूले भविष्यवाणी गर्नुभयो। [मत्ती ७:२१-२३ पढ्‌नुहोस्‌।] येशूले सिकाउनुभएको साँचो धर्म हामीले चिन्‍नु महत्त्वपूर्ण छ।” पृष्ठ १६ मा “साँचो धर्मले कस्तो फल फलाउनैपर्छ?” उपशीर्षक पल्टाउनुहोस र त्यो बुँदा बुझाउन एउटा उदाहरण छलफल गर्नुहोस्‌।

४ अप्रिल २२ “ब्यूँझनुहोस्‌!”-मा (अंग्रेजी) “जब युद्धहरू हुनेछैनन्‌” भन्‍ने मुख्य शीर्षक प्रस्तुत गर्नुहुँदा यसो भन्‍नुभए पनि हुन्छ:

▪“यो शताब्दीमा दुइटा विश्‍वयुद्धलगायत सयौं युद्धहरू भएका छन्‌। यद्यपि, सबैजसो विश्‍वनेताहरू शान्ति चाहन्छौं भन्छन्‌। मैले चिनेका सबै मानिस पनि त्यसै भन्छन्‌। सबै जना शान्ति चाहन्छन्‌ भने किन तिनीहरू त्यो पाउन सक्दैनन्‌? [जवाफ दिने मौका दिनुहोस्‌।] यस पृथ्वीमा साँचो शान्ति छाएको देख्न तपाईंको विचारमा के चाहिन्छ जस्तो लाग्छ?” घरधनीले जवाफ दिइसकेपछि पृष्ठ ८ र ९ पल्टाउनुहोस्‌ अनि भजन ४६:८, ९ जस्ता पदहरू पढ्‌नुहोस्‌। त्यहाँ दिइएको चित्र तथा शास्त्रपदहरू प्रयोग गरेर परमेश्‍वरको राज्यलेअनन्तकालीन विश्‍वव्यापी शान्ति कसरी ल्याउनेछ, देखाउनुहोस्‌। त्यसपछि ग्राहक बन्‍ने प्रस्ताव राख्नुहोस्‌ र पुनः भेट्‌ने प्रबन्ध मिलाउनुहोस्‌।

५ धेरैले आफू व्यस्त भएको प्रतिक्रिया व्यक्‍त गरेमा यसो भने कसो होला:

▪“व्यस्त जीवन बिताउने र आध्यात्मिक कुरामा ध्यान दिन त्यति फुर्सत नहुने मानिसहरूलाई मदत दिन हामी इच्छुक छौं। तपाईं र तपाईंको परिवारलाई असर गर्ने महत्त्वपूर्ण विषयहरूबारे संक्षिप्त जानकारी प्रदान गर्ने उद्देश्‍यले हाम्रा पत्रिकाहरू, प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! तयार पारिएका हुन्‌। तपाईंले यी पत्रिकाहरू लिनुहोस्‌ भन्‍ने म चाहन्छु।”

६ ग्राहक बन्‍न इन्कार गर्नेहरूलाई प्रति पत्रिका चन्दास्वरूप रू. ४.०० मा दुइ चारवटा पत्रिकाहरू प्रस्तुत गर्न नभुल्नुहोस्‌। “कल्याणको शुभ समाचार” ल्याउने प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पढेर तिनीहरूले निश्‍चय नै लाभ उठाउनेछन्‌।—यशै. ५२:७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने