प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 मे p. १
  • मनतनले गर्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मनतनले गर्नुहोस्‌!
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा पूरा मनतनको सेवाको कदर गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • सारा ज्यानले यहोवाको सेवा गरौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • सारा ज्यानले यहोवाको सेवा गर्ने
    यहोवाको स्तुतिगान गाऔं
  • तपाईं अनौपचारिक साक्षी दिन सक्नुहुन्छ!
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 मे p. १

मनतनले गर्नुहोस्‌!

१ हामी यहोवाप्रति कृतज्ञ हुनुपर्ने असंख्य कारणहरू छन्‌। यी कारणहरूमा उहाँले विगतमा हाम्रोलागि गर्नुभएका, अहिले गरिरहनुभएको र भविष्यमा गर्नुहुने कुराहरू समावेश छन्‌। हाम्रो कृतज्ञताले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्ने हो? दाऊदको भजनले यस्तो जवाफ दिन्छ: “हर बखत म परमप्रभुलाई धन्यको भन्‍नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ।”—भज. ३४:१.

२ हामीलाई प्रचार गर्ने आज्ञा दिइएको छ भनेर बाइबलले स्पष्टसित देखाउँछ। यो हामीले “प्रभुको निम्ति जस्तैगरी मनतनले” गर्ने कार्य हो। (कल. ३:२३) हामी साँच्चै मनतनले सेवकाईमा लाग्यौं भने कति गर्नसक्नेछौं? यहोवाले हाम्रो खातिर गर्नुभएको प्रेमलाई विचार गऱ्‍यौं भने निस्सन्देह, उहाँ र उहाँका अमूल्य उद्देश्‍यहरूबारे अरूलाई बताउन हाम्रो हृदयले प्रेरित गर्नेछ! हामी यथाशक्य गर्न प्रेरित हुन्छौं।

३ मनतनले सेवा गर्ने व्यक्‍तिले पवित्र सेवामा आफ्नो ध्यान केन्द्रित गर्न चाहनेछ भनी आशा गर्नु तर्कपूर्ण हो। निस्सन्देह, त्यस्तै महसुस गरेका भजनरचयिताले यस्तो घोषणा गरे: “दिनमा सातचोटि म तपाईंको प्रशंसा गर्दछु।” (भज. ११९:१६४) भजनरचयिताका जस्तै भावनाहरू हुने व्यक्‍तिहरूले यहोवाको प्रशंसा गर्ने अवसरहरूको फाइदा उठाउन खोज्नेछन्‌। परिस्थितिले भ्याएसम्म तिनीहरू जोशका साथ यथासम्भव सेवा गर्छन्‌।

४ यहोवाको प्रशंसा गर्ने प्रशस्त अवसरहरू छन्‌: हामीले ढोका-ढोका कार्यमा मात्र सुसमाचार प्रचार गर्नुपर्छ भन्‍ने होइन। हाम्रा सहकर्मी, सहपाठी, नातेदार तथा चिरपरिचितहरू सबैले परमेश्‍वरको राज्यको सन्देश सुन्‍नुपर्छ। यात्राको दौडान वार्तालाप सुरु गरेर होटेलका कर्मचारी, भोजनालयका कारिन्दा, कारखाना तथा पेट्रोल पम्पका परिचारक वा रिक्सा र ट्याक्सी चालकहरूलाई साक्षी दिनसक्छौं। घरैमा हुँदा हामीकहाँ आउने छिमेकी वा बिक्रेताहरूलाई साक्षी दिनसक्छौं। हामी अस्पतालमा भर्ना भएका छौं भने परिचारक, डाक्टर तथा अन्य बिरामीहरूलाई अनौपचारिक प्रचार गर्नसक्छौं।

५ अनौपचारिक प्रचारकार्यले परिणामहरू ल्याउँछ: एक दिन दुइ साक्षीहरू पार्कमा हिंडिरहेका थिए र तिनीहरूले बच्चासित टहलिरहेको जवान पुरुषसित कुराकानी थाले। अन्ततः, तिनी र तिनकी पत्नीले सच्चाइ स्वीकारे। यी दुइ साक्षीहरूलाई भेट्‌नुभन्दा अलिक समयअघि मात्र परमेश्‍वरलाई प्रार्थना गर्दै ‘यदि तपाईं हुनुहुन्छ भने कृपया मलाई चिनाउनुहोस्‌’ भनेर आग्रह गरेको कुरा यस जवान पुरुषले पछि बताए। पार्कमा यस भेटघाटलाई तिनी यहोवालाई गरेको प्रार्थनाको जवाफ ठान्छन्‌।

६ अरूलाई आध्यात्मिक तवरमा मदत गर्न मनतन लगाउनेहरूले ठूलो आनन्द महसुस गर्छन्‌। “सारा हृदय[ले]” गरेको त्यस्तो सेवाबाट यहोवा प्रसन्‍न हुनुहुन्छ भनी तिनीहरूलाई थाह छ।—१ इति. २८:९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने