“प्रतिदिन” यहोवालाई धन्यको भन्नुहोस्
१ भजन १४५:२ मा राजा दाऊदले यहोवालाई यस्तो वचन दिए: “प्रतिदिन म तपाईंलाई धन्यको भन्नेछु। र म तपाईंको नाउँको स्तुति सदा सर्वदा गर्नेछु।” हामीसित पनि स्वर्गमा हुनुहुने हाम्रा पितालाई धन्यको भन्ने तथा प्रशंसा गर्ने कारण छ! तर “प्रतिदिन” यहोवाको सार्वभौमिकतालाई उच्च पार्न हामी कसरी दाऊदको उदाहरण अनुकरण गर्नसक्छौं?
२ यहोवाको मूल्यांकन गर्न ओतप्रोत होऔं: परमेश्वरको वचन नियमित तवरमा अध्ययन गर्नाले यहोवाले हाम्रोलागि गर्नुभएको, गरिरहनुभएको र गर्नुहुने कुराप्रति हामी झन् कृतज्ञ हुन्छौं। उहाँका अद्भुत कामहरूको मूल्यांकन गर्दा उहाँको भलाइबारे बताउन हामी उत्प्रेरित भइरहेका हुन्छौं। (भज. १४५:७) हामी हरेक अवसरमा उत्सुकतासाथ यहोवाको प्रशंसा गर्नेछौं।
३ दैनिक वार्तालापमा यहोवाको प्रशंसा गर्नुहोस्: हामीले छिमेकी, सहपाठी, सहकर्मी र सधैं भेट्ने अरू मानिससित कुराकानी गर्दा आफ्नो आशा तिनीहरूसित बाँड्ने मौका पाउनसक्छौं। छिमेकीले समुदायमा भएको अपराधबारे चिन्ता व्यक्त गर्लान्; सहपाठी लागू पदार्थको दुर्व्यसन वा अनैतिकताले गर्दा व्याकुल होलान्; सहकर्मीले चाहिं कुनै राजनैतिक विवादबारे टीकाटिप्पणी गर्लान्। त्यतिबेला परमेश्वरको वचनमा पाइने सिद्धान्त र प्रतिज्ञाहरूलाई औंल्याउनसक्छौं, जसले अहिले हिंड्नुपर्ने सही बाटो र अन्ततः ती समस्याहरू हल गर्ने समाधानलाई देखाउँछ। “ठीक बेलामा” भनिएका यस्ता शब्दहरू आशिष् हुनसक्छन्!—हितो. १५:२३.
४ यहोवाबारे हर समय बोल्नुहोस्: परमेश्वरको गहिरो मूल्यांकन गर्ने व्यक्तिले यथाशक्य धेरैभन्दा धेरै मानिसलाई सुसमाचार बताउन चाहन्छन्। (भज. ४०:८-१०) यस सन्दर्भमा आफैलाई सोध्नुपर्छ, ‘के मैले परिस्थितिले भ्याएसम्म गरिरहेछु?’ थुप्रैले आवश्यक काँटछाँट गरेर नियमित अग्रगामी गर्न सकेका छन्। त्यसो गर्न हामीलाई वर्तमान परिस्थितिले दिएन भने, के सहायक अग्रगामीको लागि नाउँ दर्ता गराउनसक्छौं?
५ यहोवालाई हामीले जस्तै धन्यको भन्न नयाँ व्यक्तिहरूलाई मदत गर्नुहोस्: येशूको मृत्युको स्मरणार्थ उत्सवले सधैं हामीलाई यहोवाप्रति कृतज्ञ हुन र उहाँको नाउँको प्रशंसा गर्न स्मरण गराउँछ। विशेषगरि यो समयमा यहोवाको राजत्वबारे जनघोषणा गर्न बाइबल विद्यार्थीलाई हामीसित सम्मिलित हुन प्रोत्साहन दिइन्छ। तिनीहरूलाई ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकको पृष्ठ १७३-५, अनुच्छेद ७-९ मा बताइएको कुरालाई प्रार्थनापूर्वक मनन गर्न आग्रह गर्नुहोस्। तिनीहरू त्यसो गर्न योग्य छन् भने, अनुभवी छैनन् भन्दैमा तिनीहरूलाई प्रचार गर्न रोक्नु मिल्दैन। तिनीहरूलाई राज्य-प्रचारकार्य कसरी गरिन्छ, सो देखाउन दक्ष प्रचारकहरू उपलब्ध छन्। नयाँ व्यक्तिहरूले सुसमाचार सुनाउन साहस गरेमा यहोवाले मदत दिनुहुनेछ भनेर तिनीहरू निर्धक्क हुनसक्छन्।—प्रे. ४:३१; १ थिस्स. २:२.
६ हामीले प्रतिदिन यहोवालाई धन्यको भन्यौं भने, आफू र अरूको लागि अनन्त लाभ प्राप्त गर्छौं।