प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 फेब्रुअरी pp. ५-६
  • सफल टेलिफोन साक्षी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सफल टेलिफोन साक्षी
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • परिवारको रूपमा सुसमाचार प्रस्तुत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • टेलिफोन साक्षी—थुप्रैकहाँ पुग्ने तरिका
    हाम्रो राज्य सेवकाई—२०००
  • घरको ढोकैमा र टेलिफोनद्वारा बाइबल अध्ययन सुरु गर्ने
    हाम्रो राज्य सेवकाई—२००५
  • “प्रतिदिन” यहोवालाई धन्यको भन्‍नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 फेब्रुअरी pp. ५-६

सफल टेलिफोन साक्षी

१ यहोवाका साक्षीहरूको उद्देश्‍य सुसमाचार प्रचार गर्नु मात्र होइन तर सम्भव भएसम्म सबैकहाँ राज्य सन्देश पुऱ्‍याउनु हो। (प्रेरि. १०:४२; २०:२४) मानिसहरूकहाँ पुग्ने मुख्य तरिका घर घरको प्रचार कार्य भए तापनि यो तरिकाबाट मात्रै सबैलाई भेट्‌न सकिंदैन भनेर हामीले थाह पाएका छौं। त्यसैले, ‘सेवाको काम पूरा गर्न’ र भेडाखाले मानिसहरू भेट्टाउन हामी टेलिफोन साक्षीलगायतका अन्य तरिकाहरू अपनाउँदैछौं।—२ तिमो. ४:५.

२ थुप्रै ठाउँमा मानिसहरू कडा सुरक्षा व्यवस्था भएका भवनहरूमा बस्छन्‌, अनि थुप्रै मानिसहरू बसोबास गर्ने भव्य भवनहरूमा बस्छन्‌ अथवा सुरक्षाका लागि ठूल ठूला ढोकाहरू लगाएर राखिने घरहरू भएका इलाकाहरूमा बस्छन्‌ र त्यस्ता ठाउँहरूमा हामीले गर्दै आएको घर घरको प्रचार कार्य अपनाएर त्यहाँका मानिसहरूकहाँ पुग्नु कठिन हुन्छ। हामीले घर घर गएर प्रचार गर्नसक्ने ठाउँहरूमा समेत धेरैजसो मानिसहरू घरमा हुँदैनन्‌। तथापि, थुप्रै प्रकाशक यस्ता मानिसहरूकहाँ टेलिफोनको माध्यमबाट पुग्न पूर्णतयाः सफल भइरहेका छन्‌। एक बिहानी एउटा दम्पतीले ९ वटा घरमा मानिसहरू नभएकोले भेट्‌न सकेनन्‌। राज्यभवन फर्केपछि तिनीहरूले ती ठेगानाहरूको फोन नम्बर टेलिफोन डिरेक्ट्रीबाट टिपे। त्यसपछि, तिनीहरूले ती नम्बरहरूमा फोन गरे र आठ जना घरधनीसित कुरा गर्न पाए!

३ के तपाईं आफ्नो सेवकाईमा टेलिफोन साक्षी समावेश गर्न अप्ठेरो मान्‍नुहुन्छ? एक जना भाइले सहमती जनाउँदै यसो भने: “मलाई कुनै चीज बेच्न घरमा फोन गरेको मन पर्दैन त्यसैले यस किसिमको साक्षी कार्य मलाई त्यति आकर्षक लागेन।” तथापि, दुई ठाउँमा मात्र फोन गरेपछि तिनले यसो भने: “मलाई त एकदमै मनपऱ्‍यो! मैले यस्तो होला भनेर कहिल्यै सोचेको थिइनँ तर मलाई यो मनपऱ्‍यो! फोनमा मानिसहरू आरामसित कुरा गर्छन्‌। यसबाहेक, आफूलाई चाहिने चीजहरू पनि आफ्नैअगाडि राख्न सकिन्छ। यो एकदमै प्रभावशाली छ!” एक जना बहिनीको पनि त्यस्तै अनुभव छ: “साँच्चै भन्‍ने हो भने मलाई यस किसिमको साक्षी कार्य त्यति उत्साहजनक लागेको थिएन। स्पष्टसित भन्‍ने हो भने, मलाई यसो गर्ने इच्छा नै थिएन। तर मैले प्रयास गरें र यो फलदायी पाएँ पनि। फोनबाट साक्षी दिएर मैले ३७ जनासँग पुनःभेट गर्न पाएकी छु र आफूले भ्याउन सक्नेभन्दा थुप्रै अध्ययन पनि भए!” तपाईं पनि टेलिफोन साक्षी दिन चाहनुहुन्छ भने पक्कै सफल हुन सक्नुहुन्छ।

४ टेलिफोन साक्षी दिने व्यवस्था मिलाउने: सेवा निरीक्षकले मण्डलीको साक्षी कार्यको रेखदेख गर्छन्‌। आवश्‍यकताअनुसार टेलिफोन साक्षी कार्यलाई व्यवस्थित गर्न प्राचीनहरूको समूहले अर्को एक जना प्राचीन अथवा योग्य सेवकाई सेवकलाई तिनीसित काम गर्न नियुक्‍त गर्नसक्छन्‌। प्रचार गर्ने इलाकाको जिम्मेवारी वहन गरिरहेका भाइलाई पनि यसमा समावेश गर्नुपर्छ किनभने तिनले इलाका बाँडफाँड गर्ने र ताजा जानकारीहरू रेकर्डमा भर्ने काम गर्नुपर्छ। त्यसै गरी, क्षेत्रीय निरीक्षक पनि यस कार्यक्रममा भइरहेको उन्‍नतिबारे जान्‍न उत्सुक हुनेछन्‌।

५ ढोका ढोकाको साक्षी कार्यद्वारा ढाक्न नसकिने ठाउँहरू तपाईंको इलाकामा पनि छन्‌ भने टेलिफोन इलाका तयार गर्न सकिन्छ। टेलिफोन साक्षी कार्यका लागि खटाइएका भाइले होसियारीसाथ ठेगानाको सूची तयार पार्नेछन्‌ र ती क्षेत्रहरूलाई इलाका इलाकामा छुट्याउनेछन्‌। ती इलाका बनाउँदा सानो-सानो बनाउनुपर्छ ताकि नियमित तवरमा काम गर्न सकियोस्‌। टेलिफोन साक्षी दिनका लागि तयार पारिएका इलाकाहरू प्रचार गर्ने जुन जुन नक्साहरूमा पर्छन्‌ त्यसमा चिह्न लगाएर उक्‍त क्षेत्र टेलिफोन साक्षी दिने ठाउँको रूपमा तयार पारिएको हो भनेर टिपोट लेख्नुपर्छ।

६ तपाईं टेलिफोन नम्बरहरू कहाँबाट पाउन सक्नुहुन्छ? टेलिफोन बुथहरूमा नाउँहरू वर्णानुक्रमअनुसार सूचीबद्ध गरिएका अनि तिनीहरूका फोन नम्बरहरू तथा संक्षिप्तमा ठेगाना उल्लेख गरिएका टेलिफोन निर्देशिकामा पाउन सकिन्छ। अत्यधिक सुरक्षा व्यवस्था भएका भवनहरूको आफ्नै टेलिफोन लिस्ट छ भने तपाईंले त्यहींबाट नम्बर पाउन सक्नुहुन्छ। अन्यथा, त्यस भवनको मूल ढोकामा सूचीबद्ध गरिएका त्यहाँका मानिसहरूको नाउँ टिपेर टेलिफोन पुस्तकमा तिनीहरूको टेलिफोन नम्बर हेर्न सक्नुहुन्छ।

७ टेलिफोन साक्षी दिने सन्दर्भमा अनुभव बटुलिसकेका भाइबहिनीहरूद्वारा अरू भाइबहिनीलाई सिकाउने प्रबन्ध मिलाएर यस कार्यक्रममा प्राचीनहरूले सक्रिय रूपमा चासो लिन सक्छन्‌। हुनसक्छ भने यो काम अग्रगामीहरूले अरूलाई मदत गर्ने कार्यक्रममार्फत गरे बेस हुनेछ। यसबाहेक, समय समयमा साक्षीकार्यको यस पक्षमा पाइने सफलतालाई अझ टेवा दिन सेवा सभाको स्थानीय आवश्‍यकताहरूमा यसलाई समावेश गर्न सकिन्छ।

८ रोगका कारण घरमै बस्नुपरेका वा असक्‍त भाइबहिनीहरूलाई गोठालो भेट गर्न जाँदा प्राचीनहरूले तिनीहरूलाई टेलिफोन साक्षीमा भाग लिन प्रोत्साहित गर्न बिर्सनुहुँदैन। सायद, प्राचीनले केही कल आफै गरेर देखाउन सक्छन्‌। यसो गर्दा प्रकाशकले फोन गर्ने मौकाको आनन्द उठाउन सक्छन्‌। यसो गर्ने थुप्रैले हरेक दिन यस कामको लागि केही मिनेट खर्च गर्छन्‌ र निकै आनन्द उठाउँछन्‌।

९ सफल हुनका लागि सल्लाह: येशूले आफ्ना चेलाहरूलाई प्रचार गर्न खटाउनुहुँदा “दुइ दुइ गरी” पठाउनुभयो। (लूका १०:१) किन? किनभने सँगसँगै काम गर्दा एक अर्काबाट सिक्नेछन्‌ र प्रोत्साहन पाउनेछन्‌ भनेर उहाँलाई थाह थियो। टेलिफोन साक्षी दिंदा पनि यो कुरा लागू हुन्छ। सहयोगीको रूपमा काम गर्नुहुँदा तपाईंहरूले एक अर्काबाट सिक्न सक्नुहुन्छ, परिणामबारे छलफल गर्न सक्नुहुन्छ र अर्को चोटि वार्तालापको लागि सुझाउहरू दिनसक्नुहुन्छ। फोन गरिरहेको बेलैमा समेत उपयुक्‍त जानकारी खोज्न एकअर्कालाई मदत गर्न सक्नुहुन्छ।

१० स्पष्ट सोचविचार र ध्यान दिन तपाईंले साक्षी दिने सामग्रीहरू जस्तै: बाइबल, रीजनिङ पुस्तक, चाहनुहुन्छ पुस्तिका, पत्रिका अनि अन्य सामग्रीहरू आफ्नोअगाडि राख्न मिल्ने ठाउँमा बस्नुहोस्‌। केही प्रस्तुति लेख्नुहोस्‌ र देख्ने ठाउँमा राख्नुहोस्‌। कुन दिन कुन समयमा कुरा गर्नुभएको हो त्यसबारे सही अनि पूर्ण रेकर्ड राख्न तयार हुनुहोस्‌। यसो गर्दा उक्‍त जिज्ञासुलाई फेरि फोन गर्ने समय निधो गर्न सजिलो हुन्छ।

११ नचिनेको मानिसको सोर फोनमा सुन्दा मानिसहरू प्रायः सशंकित हुने गर्छन्‌। त्यसैले, न्यानो, मित्रैलो अनि चनाखो हुनुहोस्‌। घरधनीले तपाईं कस्तो मान्छे हुनुहुन्छ अनि सुभचिन्तक हुनुहुन्छ कि हुनुहुन्‍न भनेर ठम्याउने एउटै मात्र तरिका तपाईंको आवाज हो। आरामसित हृदयदेखि नै बोल्नुहोस्‌। बिस्तारै, स्पष्ट आवाजमा सुनिने गरी बोल्नुहोस्‌। घरधनीलाई पनि बोल्ने मौका दिनुहोस्‌। आफ्नो पूरा नाउँ बताउनुहोस्‌ र एउटै टोलमा बसेको कुरा बताउनुहोस्‌। हामी, मानिसहरूलाई फोन गरेर सामान बेच्नेहरू हौं भन्‍ने भान पर्न दिन चाहन्‍नौं। त्यस भवन वा कम्प्लेक्समा बस्ने सबै मानिसहरूसित कुरा गर्दैछु भनेर बताउनुको सट्टा उक्‍त घरधनीसित मात्र कुरा गर्न खोजेको जस्तो भान पार्नुहोस्‌।

१२ टेलिफोनमा प्रस्तुति: रीजनिङ पुस्तकको पृष्ठ ९-१५ मा दिइएका परिचयहरू टेलिफोन साक्षीका निम्ति पनि प्रयोग गर्नसकिन्छ। तपाईं यसो भन्‍न सक्नुहुन्छ: “तपाईंलाई घरमै आएर भेट्‌न नसकेकोले फोन गरेको हुँ। मैले तपाईंलाई फोन गर्नुको उद्देश्‍यचाहिं एउटा चाखलाग्दो प्रश्‍नबारे तपाईंको दृष्टिकोण कस्तो छ त्यसबारे बुझौं भनेर हो।” त्यसपछि प्रश्‍न सोध्नुहोस्‌।

१३ “हिंसा/सुरक्षा” उपशीर्षक अन्तर्गतको पहिलो प्रस्तुति यसप्रकार चलाउन सकिन्छ। “नमस्कार। मेरो नाम _____ हो। म यही टोलमा बस्छु। मैले कुनै कुरा बेच्न वा सर्वेक्षण गर्न फोन गरेको भन्‍ने नसोच्नुहोला। व्यक्‍तिगत सुरक्षाको बारेमा मलाई चिन्ता लागेको हुनाले तपाईंलाई फोन गरेको हुँ। हाम्रो वरपर थुप्रै हिंसा छ र यसले हाम्रो जीवनमा पनि प्रभाव पार्छ। के तपाईंलाई मानिसहरू राती पनि ढुक्कसित बाहिर हिंड्‌नसक्ने समय आउला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] यसबारे, परमेश्‍वरले के गर्ने प्रतिज्ञा गर्नुभएको छ म तपाईंलाई पढेर सुनाउँछु।”

१४ फोनबाट बाइबल अध्ययन गर्न सीधै प्रस्ताव राख्दा राम्रो परिणाम पाइएको छ। अध्ययनको नमुना केही मिनेटमै बताउन सकिन्छ। उक्‍त व्यक्‍तिसित उनकै घरमा अध्ययन गर्ने वा उक्‍त व्यक्‍ति त्यसका लागि त्यति तयार छैनन्‌ भने अर्को दिन फोनबाटै अध्ययन कायम राख्ने प्रस्ताव राख्नुहोस्‌।

१५ कुराकानी टुंग्याउनुहुँदा तिनको घरमा जान मिल्ने वा साहित्य त्यहाँ पठाउन सकिने प्रबन्ध मिलाउने विचार मनमा राख्नुहोस्‌। तिनले आफ्नो ठेगाना दिन हिचकिचाएमा फेरि फोन गर्ने प्रस्ताव राख्नुहोस्‌। तपाईंलाई उनको घरमा बोलाउन सक्ने जस्तो गरी सजिलो महसुस गराउन तपाईंले अझै दुई/तीन कल गर्नु पर्ने हुनसक्छ।

१६ आफै अग्रसर हुनुहोस्‌: एक जना १५ वर्षीया बहिनीले बिहानको सेवकाई फोन गरेर सुरु गरिन्‌। तिनले एक जना महिलासित कुरा गरिन्‌ र तिनले ज्ञान पुस्तक स्वीकारिन्‌। त्यस बहिनीले उक्‍त पुस्तक त्यस महिलाको घरमै पुऱ्‍याइदिंदा तिनको फोन नम्बर सूचीबद्ध नगरिएको भए तापनि तिनले कसरी भेट्टाइन्‌ भनेर सोधिन्‌। उक्‍त बहिनीले गल्तीले त्यो नम्बर घुमाएकी रहिछिन्‌! त्यस महिलाले अध्ययन गर्न इच्छुकता देखाइन्‌ र अहिले तिनी बप्तिस्मा अप्राप्त प्रकाशक भइसकेकी छिन्‌।

१७ एक जना बहिनीले टेलिफोन साक्षी दिनुपर्ने इलाका त स्वीकारिन्‌ तर डराएकी हुनाले तीन हप्तासम्म केही गरिनन्‌। तिनलाई केले साहस दियो? तिनले जनवरी २२, १९९७ को “म कमजोर हुँदा शक्‍तिशाली हुन्छु” नामक लेख भएको अवेक! पत्रिका सम्झिन्‌। उक्‍त लेख शारीरिक सीमितताहरूको बावजूद टेलिफोनबाट प्रचार गर्ने साक्षीको विषयमा लेखिएको थियो। यो बहिनीले भनिन्‌: “मैले यहोवालाई प्रार्थना गरेर शक्‍ति मागें। राम्ररी प्रस्तुती प्रस्तुत गर्न सक्नको लागि सही शब्दहरू बोल्न मदत गर्नुहोस्‌ भनेर उहाँलाई बिन्ती गरें।” टेलिफोन साक्षीको पहिलो दिनमा कस्तो परिणाम आयो त? तिनी यस्तो रिपोर्ट गर्छिन्‌: “यहोवाले मेरो प्रार्थनाको जवाफ दिनुभयो। मानिसहरूले मेरो कुरा ध्यान दिएर सुने र मैले पुनःभेट गर्ने प्रबन्ध मिलाएँ।” पछि टेलिफोन साक्षीको परिणामस्वरूप बाइबल अध्ययन सुरु भयो। तिनी अन्तमा यसो भन्छिन्‌: “यहोवा परमेश्‍वरले एकपल्ट मलाई आफैमा होइन तर उहाँमा भर गर्न सिकाउनुभयो।”—हितो. ३:५.

१८ टेलिफोनबाट सच्चाइ प्रस्तुत गर्नु सुसमाचार प्रचार गर्ने सफल तरिका भएको छ। राम्ररी तयारी गर्नुहोस्‌ र मनतनले भाग लिनुहोस्‌। पहिलो केही कलमै सकारात्मक प्रतिक्रिया पाइएन भन्दैमा निरुत्साहित नहुनुहोस्‌। निर्देशनको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌ र यस उत्साहजनक तरिका अपनाएर प्रचार गरिरहेका भाइबहिनीहरूसित आफ्नो टिपोट दाँजेर हेर्नुहोस्‌। हाम्रो क्षेत्रका एक जना पनि नछुटोस्‌ भन्‍ने इच्छा गर्दै हामी आफ्नो सेवकाईमा ढिलासुस्ती नगरी सबैकहाँ पुग्नसकौं।—रोमी १०:१३, १४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने