प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 अगस्त p. २
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो मण्डलीको आम-सभा कार्यक्रमलाई पूर्ण समर्थन दिनु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००७
  • जनवक्‍ताको हैसियतमा म कसरी सफल हुन सक्छु?
    ब्यूँझनुहोस्‌!—२००४
  • मानिसलाई होइन, परमेश्‍वरलाई महिमा दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 अगस्त p. २

प्रश्‍न पेटी

▪ जनभाषण दिन तोकिएको व्यक्‍ति समयमै सभामा उपस्थित हुन सकेन भने के गर्नुपर्छ?

कहिलेकाहीं पन्छाउनै नमिल्ने परिस्थितिहरूले गर्दा कुनै भाइ आफूलाई दिइएको भाषण दिन समयमा आइ नपुग्नसक्छन्‌। त्यस भाइ दुइ चार मिनेटमै पुगिहाल्नेछन्‌ भनेर विश्‍वास गर्ने कारण छ भने प्राचीनहरूले पहिले प्रहरीधरहरा अध्ययन गरेर पछि जनसभा गर्ने निर्णय गर्नसक्छन्‌। तर वक्‍ता नआउने नै छाँट देखियो भने नि? सम्भवतः कुनै एक स्थानीय वक्‍ताले पूर्व तयारी गरेको भाषण दिनसक्छन्‌।

होशियारीपूर्वक अग्रिम योजना बनायो भने प्रायः यस्तो समस्या हुँदैन। जनभाषणको समन्वयकर्ताले कम्तीमा एक हप्ताअघि वक्‍तालाई सम्पर्क गरेर तिनको कार्यभारबारे सम्झाइदिनुपर्छ। यस सम्झौटोमा सभाको समय, राज्यभवनको ठेगाना र सम्भव भए फोन नम्बरका साथै भवन पत्ता लगाउन स्पष्ट दिशा समावेश हुनुपर्छ। वक्‍ताले यी विवरणहरू होशियारीपूर्वक टिपोट गर्नुपर्छ। आफ्नो जिम्मेवारी पूरा गर्न तिनले व्यक्‍तिगत मामिलाहरूमा आवश्‍यक छाँटकाँट गरेर आफ्नो कार्यभारलाई गम्भीरतापूर्वक लिनुपर्छ। पन्छाउनै नमिल्ने परिस्थितिले गर्दा सम्भव हुँदैन भने, तुरुन्तै जनभाषण समन्वयकर्तालाई तिनले सम्पर्क गर्नुपर्छ। यसो गरेमा अर्को वक्‍ताको प्रबन्ध गर्न सकिन्छ। अन्तिम घडीमा आएर रद्द गर्ने अवस्था सकभर पन्छाउने प्रयास गर्नुपर्छ। वक्‍ता आउन ढिलो भयो र अझ केही मिनेट ढिला हुनेछ भने, राज्य भवनमा फोन गर्ने प्रबन्ध मिलाउन सकिन्छ। यसो गर्दा भाइहरूलाई आफूले गर्नुपर्ने कुरा थाह हुन्छ।

जनभाषण दिने कार्यभारहरूप्रति मूल्यांकन, राम्रो अग्रिम योजना तथा सम्झौटाहरू र होशियार सुपरिवेक्षण गरिएको छ भने, मण्डलीले हरेक हप्ता लाभदायी जनभाषणबाट आनन्द उठाउनसक्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने