प्रश्न पेटी
▪ घरमा नभेटिएका घरधनीहरूलाई पत्र लेख्दा हामीले कुन कुन कुरा मनमा राख्नुपर्छ?
विभिन्न कारणहरूले गर्दा मानिसहरूलाई घरमा भेट्न झन् झन् गाह्रो भइरहेको छ। कोही प्रकाशकहरूले पत्राचार गरेर तिनीहरूसँग सम्पर्क राख्नु व्यवहारिक पाएका छन्। यसले केही असल परिणामहरू ल्याउन सक्ने भए तापनि केही सम्झौटाहरू विचार गर्नु आवश्यक छ, जसले गर्दा हामी केही झन्झटहरूबाट जोगिनसक्छौं:
प्रेषकमा सोसाइटीको ठेगाना नलेख्नुहोस्। यसले गर्दा हाम्रै कार्यालयबाट पत्राचार गरिएको थियो भन्ने गलत जानकारी दिन्छ, कहिलेकाहीं अनावश्यक समस्याहरू खडा गर्छ र अतिरिक्त खर्च गराउँछ।
तपाईंसँग घरधनीको सही ठेगाना र पर्याप्त टिकट छ कि छैन पक्का गर्नुहोस्।
खाममा ठेगाना लेख्दा “घरधनी” नलेख्नुहोस्; नाउँ नै लेख्नुहोस्।
घरमा कोही छैन भने पत्र ढोकामा नछाड्नुहोस्।
पत्रहरू छोटो भए बेस। लामो पत्र लेख्नुको साटो छोटो पत्रको साथमा पर्चा वा पुरानो पत्रिका छाड्नुहोस्।
टाइप गरिएका पत्रहरू पढ्न सजिलो हुनुका साथै सकारात्मक प्रभाव पार्ने हुन्छन्।
तपाईंले कुनै व्यक्तिलाई पहिले व्यक्तिगत रूपमा भेटेर साक्षी नदिएसम्म पत्रहरू पुनःभेटको रूपमा लिन सकिंदैन।
यदि तपाईं चासो देखाएको नयाँ व्यक्तिलाई पत्र लेख्दै हुनुहुन्छ भने, तपाईंलाई उसले सम्पर्क राख्नसक्ने ठेगाना वा फोन नम्बर दिनुपर्छ। हाम्रो बाइबल अध्ययन कार्यक्रमबारे पनि जानकारी दिनुहोस्।
स्थानीय मण्डलीका सभाहरूमा निमन्त्रणा दिनुहोस्। सभा हुने स्थानको ठेगाना तथा समय पनि दिनुहोस्।
पूर्ण रूपमा साक्षी दिएर त्यो प्रचार इलाका बुझाइसकेपछि उक्त इलाकाका घरमा नभेटिएकाहरूलाई फेरि फेरि पत्र नपठाउनुहोस् किनभने अहिले जिम्मेवारी पाएको प्रकाशकले नै त्यो प्रचार इलाकामा साक्षी दिनुपर्छ।