“के सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय पनि आउला र?”
१ संसारभरि १६९ भाषाहरूमा प्रेरणादायी र हृदयस्पर्शी एउटा राम्रो सन्देश उद्घोषणा गरिनेछ। कस्तो सन्देश? अनि मानिसहरूकहाँ त्यो कसरी पुऱ्याइनेछ?
२ यो समाचार छिमेकीप्रतिको प्रेमबारे हो। “के सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय पनि आउला र?” शीर्षक भएको राज्य समाचार न. ३५ मा यो समाचार छ। मानिसहरूमा प्रेमको अभाव हुनु नै यत्ति धेरै दुःखकष्टको कारण हो भनी यो राज्य समाचार-ले विश्वभरिका वर्तमान परिस्थितिहरूलाई संक्षिप्तमा केलाएको छ। विशेषतः हाम्रो समयमा छिमेकीप्रतिको प्रेम सेलाएर जानुको कारण के हो अनि यसले भविष्यबारे के अर्थ राख्छ, त्यसबारे बताउँछ।
३ त्यसका साथै, वर्तमान संसारका लाखौं व्यक्तिहरूबीच छिमेकीप्रति साँचो प्रेम छ भनेर पनि राज्य समाचार न. ३५ ले देखाउँछ। येशू ख्रीष्टले सिकाउनुभएअनुसार छिमेकीलाई प्रेम गर्ने प्रथम शताब्दीको उपासना अर्थात् प्रारम्भिक मसीहीधर्म जागरण गर्ने व्यक्तिहरूलाई यसले चिनाउँछ।—लूका १०:२५-३७.
४ राज्य समाचार न. ३५ ले अन्तमा के बताउँछ भने, ख्रीष्टले परिचालन गर्नुहुने परमेश्वरको राज्यअन्तर्गत सम्पूर्ण मानिसजातिले अब चाँडै छिमेकीप्रति प्रेम देखाउनेछन्। यो समाचार पढ्ने जत्ति सबैलाई परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका प्राप्त गर्न प्रोत्साहित गरिनेछ। अनि परमेश्वरको वचनमा विस्तृत तवरले चर्चा गरिएको मायालु प्रबन्धको हिस्सेदार बन्ने तरिका पनि तिनीहरूले सिक्नेछन्।
५ यो समाचार मानिसहरूकहाँ कसले पुऱ्याउने? अक्टोबर र नोभेम्बर महिनाभरि यहोवाका साक्षीहरूले संसारभरि नै आफूले चिनेका, छिमेकी तथा नातेदारहरूलाई यो समाचार बाँड्नेछन्। सबै योग्य व्यक्तिहरूलाई राज्य समाचार न. ३५ को आम वितरणमा भाग लिन प्रोत्साहित गरिन्छ।
६ चाहनुहुन्छ पुस्तिका अथवा ज्ञान पुस्तकबाट बाइबल अध्ययन गर्न मानिसहरूलाई उत्प्रेरित गराउनु नै यो अभियानको अन्तिम लक्ष्य हो। यसको अलावा यहोवाका प्रत्येक साक्षीहरूले तनमनले गरेको प्रयत्नले प्रेमको परमेश्वर, यहोवा र उहाँका पुत्र, येशू ख्रीष्टको जोडदार साक्षी दिनेछ।