प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 अप्रिल p. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • ख्रीष्टियान सभालाई उत्थानदायी बनाउन तपाईंले योगदान दिइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • छोराछोरीहरू — ‘परमप्रभुले दिनुभएको हक हुन्‌’
    हाम्रो राज्य सेवकाई—१९९९
  • तपाईँले यहोवाका साक्षीहरूको सभाबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 अप्रिल p. ७

प्रश्‍न पेटी

◼ हाम्रा सभाहरूको प्रभावकारिता बढाउन हामीले के के गर्नसक्छौं?

प्राचीन तथा सेवकाई सेवकहरूले सभाहरू चलाउने अनि प्रायः सबै भागहरू संचालन गर्ने हुनाले सभाहरू सफल हुनु नहुनुमा खासगरि तिनीहरू नै जिम्मेबार छन्‌ भन्‍ने कसै कसैलाई लाग्नसक्छ। साँच्चै, सभाहरूलाई चाखलाग्दो अनि लाभदायक बनाउन हामी सबैले व्यक्‍तिगत तवरमा योगदान पुऱ्‍याउनसक्छौं। सभाहरूलाई अझ प्रभावकारी बनाउन निम्न दस तरिकामा हामी मदत गर्नसक्छौं:

पहिल्यै तयारी गर्नुहोस्‌। राम्ररी तयारी गरेको छ भने सभाहरूमा हाम्रो चाख हराउँदैन। सबै जनाले तयारी गर्दा सभाहरू झन्‌ जीवन्त र स्फूर्तिदायी हुन्छन्‌। नियमित उपस्थित हुनुहोस्‌। धेरैभन्दा धेरै मानिस भेला हुँदा उपस्थित सबै जना प्रोत्साहित हुन्छन्‌ अनि यसले सभाहरू धाउनु कत्तिको महत्त्वपूर्ण छ भनेर मूल्यांकन बढाउँछ। समयमै पुग्नुहोस्‌। कार्यक्रम सुरु हुनुभन्दा पहिल्यै आफ्नो सिटमा बस्नुभयो भने सुरुको गीत र प्रार्थनामा भाग लिन सक्नुहुन्छ अनि सभाहरूबाट पूर्ण लाभ उठाउन सक्नुहुन्छ। आवश्‍यक सरसामाग्रीहरू लिएर आउनुहोस्‌। बाइबल अनि सभामा प्रयोग हुने प्रकाशन(हरू) ल्याएको खण्डमा हामीले राम्ररी बुझ्नसक्छौं र छलफल गरिएका कुराहरू स्पष्टसँग टिप्नसक्छौं। अलमल्याउने कुराहरूबाट अलग्गै रहनुहोस्‌। अगाडिको लहरमा बस्यौं भने हामी राम्ररी सुन्‍नसक्छौं होला। कानेखुसी र शौचालयतिर ओहरदोहर गर्दा आफ्नो र अरूकोसमेत ध्यान भंग हुन्छ। भाग लिनुहोस्‌। थुप्रैले हात उठाएर टिप्पणी गर्दा धेरै जना प्रोत्साहित हुन्छन्‌ र विश्‍वासको अभिव्यक्‍तिले दृढ हुन्छौं। टिप्पणी छोटो गर्नुहोस्‌। यसो गर्दा धेरैले भाग लिने मौका पाउँछन्‌। छोटो टिप्पणीहरू अध्ययन गर्दैगरेको कुराभित्रै सीमित हुनुपर्छ। अह्राइएको काम पूरा गर्नुहोस्‌। चाहे ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको विद्यार्थीको हैसियतमा होस्‌ या सेवा सभाको सहभागीको हैसियतमा, राम्रो तयारी गर्नुहोस्‌, पहिल्यै अभ्यास गर्नुहोस्‌ अनि सकेसम्म आफूले पाएको जिम्मेवारी रद्द नगर्नुहोस्‌। सहभागीहरूको प्रशंसा गर्नुहोस्‌। तिनीहरूले गरेका प्रयासको मूल्यांकन गर्नुहोस्‌। यसो गर्दा तिनीहरूको साहस बढ्‌छ र भविष्यमा अझ राम्रो गर्न प्रेरित हुन्छन्‌। एकअर्कालाई प्रोत्साहन दिनुहोस्‌। सभाअघि र पछि नम्र अभिवादन तथा प्रोत्साहनदायी कुराकानी गर्दा सभाहरू धाउँदा पाइने आनन्द र लाभ बढ्‌छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने