प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 अक्टोबर पृ. १
  • छोराछोरीहरू — ‘परमप्रभुले दिनुभएको हक हुन्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छोराछोरीहरू — ‘परमप्रभुले दिनुभएको हक हुन्‌’
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँले यहोवाका साक्षीहरूको सभाबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • ख्रीष्टियान सभालाई उत्थानदायी बनाउन तपाईंले योगदान दिइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • सभाहरूले जवान मानिसहरूलाई फाइदा पुऱ्‍याउँछन्‌
    हाम्रो राज्य सेवकाई—२०००
  • तपाईंको बानी कस्तो छ?
    हाम्रो राज्य सेवकाई—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 अक्टोबर पृ. १

छोराछोरीहरू — ‘परमप्रभुले दिनुभएको हक हुन्‌’

१ “जबसम्म केटाकेटीहरूको कल्याणको निम्ति कुनै ठोस कदम चालिंदैन तबसम्म मानिसजातिका सबैभन्दा आधारभूत चिरकालीन समस्याहरू यथावत रहिरहने छन्‌।”—संयुक्‍त राष्ट्र संघीय बाल कोष। मे ८, १९९९ को ब्यूँझनुहोस्‌!-का आवरण लेखहरू उक्‍त शब्दहरूद्वारा सुरु भएको थियो। यहोवाका साक्षीहरूको हैसियतमा हामी सबैले यो पत्रिका वितरण गर्ने अभियानमा भाग लिएर अनि वर्तमान संसारका केटाकेटीहरूको दुरावस्थाबारे अरूलाई बताएर आनन्द उठायौं।

२ परमेश्‍वरका जनहरूमध्ये मसीही आमाबाबुहरू यो विश्‍वव्यापी अभियानमा भाग लिन पाएकोमा पक्कै पनि साह्रै खुसी भएको हुनुपर्छ। असल तरिकामा छोराछोरी हुर्काउने बाइबल आधारित मार्ग निर्देशनबाट फाइदा उठाउनुका साथसाथै तिनीहरूले अरूलाई यहोवाको तौरतरिकाअनुसार केटाकेटीहरूको पालनपोषण गर्ने सुझाउ दिन पनि अग्रसर भए होलान्‌। ईश्‍वरभक्‍त केटाकेटीहरूले यस अभियानमा मनतनका साथ भाग लिएका हुनाले तिनीहरूको कुरा सुन्‍नेहरू पक्कै पनि प्रभावित भएको हुनुपर्छ।—हितोपदेश १:८, ९.

३ सभाहरूमा उपस्थित भएर केटाकेटीहरूले प्रशस्त फाइदा उठाउँछन्‌। तिनीहरूले मसीही मण्डलीमा महान्‌ निर्देशक यहोवाद्वारा सिक्ने सुअवसर पाउँछन्‌। महान्‌ शिक्षक येशूका कुराहरू सुनेर तिनीहरूले उहाँको पाइलामा हिंड्‌ने मदत पाउँछन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, जवान अनि खास गरी किशोरकिशोरीहरूलाई मदत गर्न “विश्‍वासी र बुद्धिमान दास[ले]” तिनीहरूलाई मात्र नभई तिनीहरूका आमाबाबुहरूलाई पनि समयानुकूल सल्लाह दिने भरमग्दुर प्रयास गरिरहेका छन्‌।

४ आफ्ना छोराछोरीलाई आध्यात्मिक तवरमा मदत दिइरहन आमाबाबुहरूले के गर्न सक्छन्‌? हो, अहिले केटाकेटीहरू संकटमा छन्‌ र तिनीहरूलाई मदतको खाँचो छ। तथापि, मसीही केटाकेटीहरूलाई सांसारिक प्रभावहरूबाट जोगाउन पहिलेभन्दा झनै बढी ध्यान दिनु आवश्‍यक परेको छ। यस कुरालाई विचार गर्दा नियमित तवरमा पारिवारिक अध्ययन गर्नु नितान्त आवश्‍यक देखिन्छ। हामीले हाल पारिवारिक अध्ययन गरिरहेका छैनौं भने आजै सुरु गरिहाल्नुपर्छ। (हितोपदेश २:१-५) अर्थपूर्ण पारिवारिक अध्ययन गर्नुका साथै नियमित तवरमा सभा धाउनाले जवानहरू तिनीहरूलाई छल्न खोज्ने शैतान अर्थात्‌ दियाबलको सामना गर्न बलियो हुन्छन्‌।—एफिसी ६:११, १२, १६.

५ आमाबाबुहरूले छोराछोरी पालनपोषण गर्ने विशेषाधिकार पाएका छन्‌। यो, स्वर्गमा हुनुहुने हाम्रो पिताले तिनीहरूलाई दिनुभएको ईश्‍वरप्रदत्त जिम्मेवारी हो। यो ठूलो र चुनौतीपूर्ण जिम्मेवारी हो। तर मसीही आमाबाबुहरूले अहिले आफ्ना छोराछोरीका लागि समय खर्च गर्नुका साथै मेहनत गरेको खण्डमा भविष्यमा तिनीहरू इज्जतदार र ईश्‍वरतान्त्रिक पुरुष तथा स्त्रीहरू भएको देख्न पाउनेछन्‌।—भजनसंग्रह १२७:३-५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने