नेतृत्व लिने निरीक्षकहरू—सचिव
१ “सबै काम शिष्ट रुपले र नियमपूर्वक गर्न” मण्डलीका सचिवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। (१ कोरि. १४:४०) मण्डली सेवा समितिको सदस्यको हैसियतमा तिनले मण्डलीको पत्राचार तथा महत्त्वपूर्ण रेकर्डहरूको देखभाल गर्छन्। तिनको कार्य अन्य प्राचीनहरूको जस्तो झट्टै नदेखिने भए तापनि तिनको सेवा अत्यन्तै आवश्यक हुनुका साथै मूल्यांकन योग्य छ।
२ सोसाइटी वा अन्य कतैबाट पत्र प्राप्त हुँदा सचिवले हेर्छन् र समयमा जवाफ पठाइयो कि पठाइएन भनेर तिनले पक्का गर्छन्। तिनले प्राचीनहरू सबैलाई पत्र पढ्न दिन्छन् अनि पछि हेर्नको निम्ति फाइल गर्छन्। तिनले पत्रिका तथा साहित्य अर्डर फाराम जाँच गर्छन् अनि सोसाइटीमा पठाउँछन्। लेखा तथा ग्राहक फाराम हेर्ने भाइहरूका साथसाथै अधिवेशनसित सम्बन्धित विषयवस्तुहरू सीधै तिनको निगरानीमा हुन्छन्।
३ महिना सुरुभएको छ दिन भित्रै सचिवले सोसाइटीलाई क्षेत्र सेवा रिपोर्ट पठाउनुपर्ने हुँदा हामी सबैले महिना मर्नुअघि नबिराई रिपोर्ट बुझाउनु अत्यन्तै जरुरी छ। त्यसपछि तिनले मण्डलीको प्रकाशक रेकर्ड कार्डमा सेवा रिपोर्ट भर्छन्। सबै प्रकाशकले आफ्नो कार्ड तिनीसित मागेर हेर्नसक्छन्।
४ प्रकाशक अर्कै मण्डलीमा सर्दा वा आउँदा सचिवले अर्को मण्डलीका प्राचीनहरूबाट मण्डली रेकर्ड कार्डसहित परिचय पत्र माग्छन् वा पठाउँछन्।—हाम्रो सेवकाई (अंग्रेजी), पृ. १०४-५.
५ सचिवले अग्रगामीहरूको गतिविधिमा पनि ध्यान दिन्छन् र प्राचीनहरू तथा विशेषगरि सेवा निरीक्षकलाई अग्रगामीहरूले केही समस्याहरू सामना गरिरहेका छन् भने अवगत गराउँछन्। क्षेत्र सेवकाईमा अनियमित भएका प्रकाशकहरूबारे तिनले मण्डली पुस्तक अध्ययन सञ्चालकहरूलाई सजग गराउँछन्। निष्क्रियहरूलाई मदत गर्न सचिव तथा सेवा निरीक्षक दुवैले संयुक्त प्रयास गर्छन्।—हाम्रो राज्य सेवकाई (अंग्रेजी), डिसेम्बर १९८७, पृ. १.
६ सचिवको कार्यभारहरूको मूल्यांकन गर्दै तिनको भण्डारे कामलाई अझ सरल बनाउन हामी सबैले सक्दो गरौं।—१ कोरि. ४:२.