प्रश्न पेटी
▪ अर्को मण्डलीबाट नियमित अग्रगामी सरुवा हुँदा सचिवले के गर्नुपर्छ?
मण्डली रिपोर्ट (S-1) पछाडिको खाली ठाउँ भरेर सचिवले सोसाइटीलाई सूचित गर्नुपर्छ। यसको लागि छुट्टै स्तम्भ नतोकिएको भए तापनि अग्रगामीको पहिलेको मण्डलीको नाउँ, अहिले सरेको नयाँ मण्डलीको नाउँ पनि देखाउनुपर्छ। सचिवले तुरुन्तै अग्रगामीको पहिलेको मण्डलीको सचिवलाई सम्पर्क गर्नुपर्छ र त्यस अग्रगामीको प्रकाशक रिकर्ड कार्डको (S–21) साथै मण्डलीको सेवा समितिबाट एउटा परिचय पत्रको निवेदन गर्नुपर्छ।
अग्रगामीले बसाइँ सर्दा आमूल परिवर्तन गर्नुपऱ्यो भने नयाँ ठाउँमा घुलमिल हुन र सेवकाईको लागि राम्रो तालिका कायम राख्न प्रायः केही कठिनाइहरू हुन्छन्। नयाँ मण्डलीमा अग्रगामीको स्थानान्तरण यथासक्दो सुगम पार्न प्राचीनले दिने मूल्यवान सहयोगको तिनले निकै मूल्याङ्कन गर्छन्।
सम्झौटा: नियमित अग्रगामीले बसाइँ सर्दा S-1 कार्डमा अग्रगामीको अघिल्लो मण्डलीको सचिवले सोसाइटीलाई कुनै सूचना दिनु पर्दैन। अग्रगामी बसाइँ सरेको नयाँ मण्डलीको सचिवले सोसाइटीलाई सूचित गर्नुपर्छ। त्यस्तैगरि, एउटी अग्रगामी बहिनीले विवाह गरेर अर्को मण्डलीमा सऱ्यो भने तिनको पहिलेको मण्डलीको सचिवले सोसाइटीलाई सूचित गर्नुपर्दैन। तर अग्रगामी सरेको मण्डलीको सचिवले सोसाइटीलाई सूचित गर्नुपर्छ। यसो गर्दा दुवै अग्रगामीको पुरानो र नयाँ नाउँ, साथै मण्डलीको परिवर्तन देखाउन अग्रगामीको पहिलेको र अहिलेको मण्डलीको नाउँ देखाउनुपर्छ।
कुनै कारणवश नियमित अग्रगामीले पूर्ण समय सेवकाईबाट राजीनामा दिन्छ अथवा उनलाई सेवाबाट हटाइन्छ भने S-1 कार्डको पछाडिपट्टि कुनै सूचना दिनु पर्दैन। अग्रगामी सेवारत् मण्डलीको सचिवले नियमित अग्रगामी सेवा छोडेको सूचना (S-206) फाराम भरेर सोसाइटीलाई पठाउनुपर्छ। प्रत्येक मण्डलीलाई उक्त फारामको दुई प्रति पठाइएको छ। यी मौलिक प्रतिहरू मण्डलीको स्थायी फाइलमा राख्नुपर्छ र चाहिएको खण्डमा फोटोकपी बनाउनु पर्छ। हाल तपाईंसित यो फाराम छैन भने आफ्नो फाइलमा राख्न र आवश्यक भएमा प्रतिहरू बनाउन तपाईंले यो फारामको केही प्रतिका लागि सोसाइटीसित निवेदन गर्न सक्नुहुन्छ।
सेवा छोड्ने सूचना सोसाइटीलाई दिंदा फारामलाई ध्यान दिएर पढ्नुहोस् र सबै स्तम्भहरू भर्नुहोस्। सेवा छोड्ने सूचनाको साथमा अग्रगामीको परिचय पत्र सदैव समावेश गर्नुहोस्। अग्रगामीले परिचय पत्र हराएमा यो फाराममा उल्लेख गर्नुहोस्।
नियमित अग्रगामीको सेवासित सम्बन्धित कुनै पनि परिवर्तनबारे सोसाइटीलाई तुरुन्तै सही तथा विस्तृत जानकारी दिनुहोस्। ‘हाम्रो मण्डलीको अग्रगामीले राजीनामा दियो’ भनेर उल्लेख गरिएको पत्र हामी कहिलेकाहीं प्राप्त गर्छौं तर नाउँ भने दिइएको हुँदैन। नियमित अग्रगामी नयाँ मण्डलीमा सर्दा हामी आक्कलझुक्कल S-206 फाराम प्राप्त गर्छौं तर उनले आफ्नो अग्रगामी सेवा कायम गरिरहेकै हुन्छ। तपाईंको मण्डलीबाट एक जना अग्रगामीले बसाइँ सरेर नयाँ मण्डलीमा अग्रगामी सेवा गरिरहेकै छ भने S-206 फाराम भरेर नपठाउनुहोस्। अग्रगामीको नयाँ मण्डलीको सचिवले हामीलाई मण्डलीको परिवर्तन र चाहिएमा नाउँ परिवर्तनबारे हामीलाई जानकारी दिनेछ। साथै कृपया मण्डली रिपोर्ट (S-1) कार्डमा विशेष अग्रगामीहरूको क्रियाकलाप रिपोर्ट नगर्नुहोस्। यो कार्ड मण्डलीका प्रकाशकहरू, सहायक अग्रगामीहरू र नियमित अग्रगामीहरूको क्रियाकलाप रिपोर्ट गर्नका लागि मात्र हो। विशेष अग्रगामीहरूले आफ्नो रिपोर्ट सोझै सोसाइटीलाई पठाउँछन्।
यी विषयहरूमा तपाईंले ध्यान दिनुभयो भने हामीलाई रिकर्डहरू राख्न मदत मिल्नेछ। साथै यहोवाको महिमा हुने क्रियाकलाप बढाउन क्षेत्रको आवश्यकतालाई अझ बढी ध्यान दिन सक्षम बनाउनेछ।