पुराना पुस्तकहरूको सदुपयोग गर्नुहोस्
१ संसारको हरेक पुस्तकालयमा मानिसहरूले लाखौं पुराना पुस्तकहरू जम्मा गरेर राखेका छन्। तर पनि, त्यो मानिसजातिको लागि कति को फाइदाजनक भएको छ र? (उप. १२:१२) बरु त्यो भन्दा परमेश्वरको राज्य र मानिसजातिको लागि यसले के गर्छ, जस्ता कुराहरूमा ध्यान केन्द्रित गर्ने प्रकाशनहरू बढी मूल्यवान् हुन्छन्। प्रायजसो मण्डलीहरूमा यस्ता विभिन्न पुस्तकहरू थुप्रेका छन्। जनवरी महिनामा हामी यी पुराना पुस्तकहरू मानिसहरूलाई टक्य्राउनेछौं।
२ तिनीहरू साँच्चै मूल्यवान् छन्: हाम्रा नयाँ प्रकाशनहरू भन्दा यी पुराना पुस्तकहरू बेकामका छन् जस्तो हामीलाई लाग्नसक्छ। तर यी पुस्तकहरूमा पनि धर्मशास्त्रीय सत्यहरू छन् भनेर हामीले बिर्सनु हुँदैन। यी पुस्तकहरूमा दिइएको राज्य सन्देश आज पनि त्यतिकै मूल्यवान् छ र यदि त्यसअनुसार चल्यौं भने हाम्रो जीवन बच्नसक्छ। (यूह. १७:३) त्यसकारण, यी पुराना पुस्तकहरूको उचित प्रयोग गर्न हामीले थप प्रयत्न गर्नुपर्छ।
३ यी पुस्तकहरू कतिको उपयोगी रहेछन् एक जना आइमाईको अनुभवले प्रष्ट पार्छ। जसले पुराना प्रहरीधरहरा प्रकाशनहरू आफ्नो बजैबाट पाएकी थिइन्। ती प्रकाशनहरूको मोल थाह छ कि भनेर त्यो आइमाईलाई एक जना साक्षीले सोधिन्। तिनले जवाफ दिइन्: “तिनीहरूको खास मोल मलाई थाह छैन, तर कसरी पत्ता लगाउन सकूँला?” त्यस आइमाईले बाइबल अध्ययन स्वीकार गरिन्, सच्चाईमा आइन् र त्यसपछि तिनको बजैको पुस्तकालयको कदर गर्न थालिन्। ती पुराना पुस्तकहरूको संग्रह कत्ति मूल्यवान् सम्पत्ति साबित हुनगयो!
४ तिनीहरूलाई चलाऔं: पुराना पुस्तकहरू घर-घरमा गएर मात्र नदिएर प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरूको ग्राहक तथा पत्रिका भेटमा पर्ने व्यक्तिहरूलगायत हाम्रा प्रकाशनहरू पढ्न रुचाउने व्यक्तिहरूलाई पुनःभेट गर्न जाँदा पनि टक्य्राउनुहोस्। तपाईंसँग बाइबल अध्ययन गर्ने व्यक्तिलाई अझ राम्ररी सच्चाइ सिक्न यी छानिएका पुराना पुस्तकहरूले थप ज्ञान दिनसक्छ। तपाईंसित संग्रहमा नभएको पुराना पुस्तकहरू प्राप्त गर्न पनि नबिर्सनुहोस्। यसरी तपाईंको व्यक्तिगत अध्ययन विकास गर्न तपाईंले मूल्यवान् ईश्वरतान्त्रिक पुस्तकालय बनाइरहनु भएको हुनेछ।
५ हाम्रा पुराना पुस्तकहरू थुपारेर राख्नुको सट्टा मानिसहरूलाई “परमेश्वरको भय रा[ख्न], र उहाँका आज्ञा पालन ग[र्न]” उत्तेजित गराउनको निम्ति यी पुस्तकहरूको उचित प्रयोग गरौं।—उप. १२:१३.