प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 अप्रिल p. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • राज्यभवनमा भएको पुस्तकालयको हामी कसरी सदुपयोग गर्न सक्छौँ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • नथुपारौं, बरु प्रयोग गरौं
    हाम्रो राज्य सेवा—२०११
  • राज्यभवन पुस्तकालयको लागि नयाँ प्रबन्ध
    हाम्रो राज्य सेवकाई—२००३
  • पुराना पुस्तकहरूको सदुपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 अप्रिल p. ७

प्रश्‍न पेटी

◼ ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला पुस्तकालयमा कस्ता प्रकाशनहरू राख्नुपर्छ?

परमेश्‍वरका जनहरूका लागि प्रशस्त आध्यात्मिक प्रकाशनहरू प्रबन्ध गरिएका छन्‌। ती अन्यथा उपलब्ध हुन नसक्ने प्रकाशनहरू थुप्रै प्रकाशकहरूसित नहुने हुनाले राज्यभवनको ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला पुस्तकालयमा अनुसन्धानको लागि राखिन्छ। यसैले, यो पुस्तकालयमा विभिन्‍न बाइबल अनुवादहरू, सोसाइटीका हालै प्रकाशित प्रकाशनहरू, हाम्रो राज्य सेवकाई-का प्रतिहरू, प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-का सजिल्द खण्डहरू अनि प्रहरीधरहरा प्रकाशन अनुक्रमणिकाहरू सबै हुनुपर्छ। त्यसबाहेक, उत्तम आधुनिक शब्दकोश पनि राख्नुपर्छ। उपलब्ध भएमा इन्साइक्लोपीडिया, मानचित्र वा व्याकरण र इतिहासबारे केही पुस्तकहरू राख्नु पनि उपयोगी हुनसक्छन्‌। तथापि, हामीले मुख्यतः “विश्‍वासी अनि बुद्धिमान दास[द्वारा]” प्रबन्ध गरिएका प्रकाशनहरूलाई नै प्राथमिकता दिनुपर्छ।—मत्ती २४:४५.

ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला पुस्तकालयमा अनुपयुक्‍त पुस्तकहरू राखिएको रिपोर्ट पनि छ। काल्पनिक कथाहरू भएका पुस्तकहरू, गल्तीहरू औंल्याउन खोज्ने समालोचना वा दर्शनशास्त्र वा प्रेतवादलाई जोड दिने पुस्तकहरू राख्नु उपयुक्‍त हुँदैन। ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला पुस्तकालयमा त्यस्ता पुस्तकहरू मात्र राख्नुपर्छ, जसद्वारा पाठकहरू आध्यात्मिक तवरमा निरन्तर प्रगति गर्न सक्षम हुनेछन्‌।—१ तिमो. ४:१५.

पुस्तकालयको जिम्मेवारी पाठशाला निरीक्षकले लिनुपर्छ। यद्यपि, तिनलाई मदत गर्ने अर्को भाइ पनि खटाउन सकिन्छ। नयाँ प्रकाशनहरू उपलब्ध हुनासाथै पुस्तकालयमा ती राखिएका छन्‌ कि छैनन्‌, पाठशाला निरीक्षकले हेर्नुपर्छ। प्रत्येक पुस्तकको भित्रपट्टि मण्डलीको नाउँको छाप लगाउनुपर्छ। पुस्तकहरू मर्मत या साटफेर के गर्नुपर्ने हो, वर्षेनी जाँच्नुपर्छ।

पुस्तकालयको देखरेखमा सबैले सहयोग पुऱ्‍याउनसक्छन्‌। पुस्तकहरू चलाउँदा र प्रयोग गर्दा होशियार हुनुपर्छ। केटाकेटीलाई ती चलाउन वा कसैलाई पनि त्यसमा केरमेट गर्न दिनु हुँदैन। राज्यभवनबाट पुस्तकहरू निकाल्नु हुँदैन भन्‍ने सम्झौटाको लागि प्रष्ट देखिने कुनै संकेत पुस्तकालयमा राख्न सकिन्छ।

नयाँ मण्डलीहरू धमाधम बनिरहेकोले शायद पुस्तकालयहरू भनेजस्ता ठूल-ठूला छैनन्‌। सोसाइटीका पुराना प्रकाशनहरू आफूसँग भएका कतिपय प्रकाशकहरूले ती मण्डलीलाई दान दिने विचार गर्नसक्छन्‌। प्राचीनहरूले सोसाइटीको प्रहरीधरहरा-का सजिल्द खण्डहरू (अंग्रेजी) उपलब्ध भएको थाह पाउने बित्तिकै अर्डर गर्नसक्छन्‌। यस तरिकामा ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला पुस्तकालय, परमेश्‍वरको वचनको गोप्य धनलाई निकाल्न सबै मानिसको लागि एकदमै लाभकारी साबित हुनेछ, जुन धनले ज्ञान, बुद्धि र समझ दिन्छ।—हितो. २:४-६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने