प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 फेब्रुअरी p. १
  • हाम्रो महान्‌ सृष्टिकर्ता हाम्रो चासो राख्नुहुन्छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो महान्‌ सृष्टिकर्ता हाम्रो चासो राख्नुहुन्छ!
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंको सृष्टिकर्ता—उहाँ कस्तो हुनुहुन्छ, सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • सृष्टिकर्ताले तपाईंको जीवन अर्थपूर्ण बनाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • ‘हृदय र मनमा कौतूहल जाग्यो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • सृष्टिकर्तामाथिको विश्‍वास बलियो बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 फेब्रुअरी p. १

हाम्रो महान्‌ सृष्टिकर्ता हाम्रो चासो राख्नुहुन्छ!

१ यहोवाले हठी इस्राएललाई सम्झाउन खोज्नुहुँदा यस्तो तर्क गर्नुभयो: “के तँलाई थाह छैन? के तैंले सुनेको छैनस्‌? परमप्रभु सनातनका परमेश्‍वर, उहाँ सारा पृथ्वीका सृष्टिकर्त्ता हुनुहुन्छ।” (यशै. ४०:२८) हामीले हाम्रो महान्‌ सृष्टिकर्ता चिनेका छौं र हामीप्रति उहाँको मायालु चासो देखेका छौं। तथापि, लाखौं मानिसहरू उहाँको अस्तित्वमाथि शंका गर्छन्‌ अथवा सृष्टिकर्ताबारे बाइबलले दिएको जानकारीसित सहमत हुँदैनन्‌। त्यस्ता मानिसहरूलाई हामी कसरी मदत गर्नसक्छौं?

२ के तपाईंको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ? (अङ्‌ग्रेजी) नामक नयाँ किताब यस्ता मानिसहरूलाई मदत गर्न तयार पारिएको हो। यसले विचारशील मानिसहरूलाई प्रस्तुत तथ्यहरूमाथि गौर गर्न आग्रह गर्छ। किताबको रोचक विषयवस्तु अनि सशक्‍त तर्कहरूले पाठकहरूलाई किताब पढ्‌न मग्न बनाउनुपर्ने हो।

३ सृष्टिकर्ता किताब राम्ररी पढ्‌नुहोस्‌: यसका मुख्य मुख्य कुरा सम्झनुहोस्‌। अध्याय २ देखि ५ ले ब्रह्‍माण्ड, जीवन तथा मानिसको सुरुआत कसरी भयो र सुरुआत केहीद्वारा भयो कि कोहीद्वारा, छलफल गरेको छ। अध्याय ६ देखि ९ ले बाइबल र यसको ग्रन्थकारबारे गहिरो छलफल गरेको छ। अनि त्यसमा पनि उत्पत्तिको विवरण कत्तिको भरपर्दो छ, जाँचेको छ। “सृष्टिकर्ताले साँच्चै चासो राख्नुहुन्छ भने किन यतिबिघ्न दुःखकष्ट?” भन्‍ने जस्ता मानिसलाई अति नै अन्योलमा पार्ने प्रश्‍नको चित्तबुझ्दो जवाफ अध्याय १० ले दिन्छ।

४ तर्कद्वारा शंका हटाउनुहोस्‌: सृष्टिकर्ता किताबको पृष्ठ ७८-९ ले मानिसहरूलाई परमेश्‍वरबारे सही निष्कर्ष निकाल्न मदत गर्न सकिने तर्क पेस गरेको छ। तिनीहरूलाई यसरी सोध्नुहोस्‌: “के ब्रह्‍माण्डको सुरुआत थियो?” थियो भनेर धेरै जना सहमत हुनेछन्‌। त्यसो भए, फेरि सोध्नुहोस्‌: “के त्यो सुरुआत आफै भयो वा केही/कोहीद्वारा भयो?” केही वा कोहीद्वारा ब्रह्‍माण्डको सुरुआत भयो भनेर धेरैले स्वीकार्छन्‌। त्यसपछि आखिरीमा सोध्नुहोस्‌: “ब्रह्‍माण्डको सुरुआत केही अनन्त तत्त्वद्वारा भयो कि कोही अनन्त व्यक्‍तिद्वारा?” यसरी कुरा गर्दा थुप्रैले सृष्टिकर्ता हुनैपर्छ भनेर बुझ्छन्‌।

५ धेरैजसो मानिसलाई चाहिएको किताब नै सृष्टिकर्ता किताब हो। आफ्ना नातेदार, सहकर्मी, सहपाठीहरू र चिरपरिचित सबैलाई यो किताब दिनुहोस्‌। क्षेत्र सेवकाईमा पनि यो किताब लानुहोस्‌ ताकि परमेश्‍वरको अस्तित्वमाथि शंका गर्नेहरूलाई भेट्‌नुहुँदा यो किताब प्रस्तुत गर्न सकियोस्‌। यो किताब जति जति पढ्‌छौं, सृष्टिकर्तामाथिको हाम्रो प्रेम त्यति त्यति गहिरिंदै जानेछ र हामी उहाँका उच्च स्तरहरूअनुरूप हिंडिरहन उत्प्रेरित हुन्छौं।—एफि. ५:१; प्रका. ४:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने