के हामी सृष्टिकर्ता पुस्तक प्रस्तुत गर्नसक्छौं?
गत वर्ष के तपाईंको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ? (अङ्ग्रेजी) नामक पुस्तक पाउँदा हामी सबै हर्षित भएका थियौं। यो पुस्तक विशेषगरि शिक्षित तर परमेश्वरमाथि विश्वास नगर्ने मानिसहरूको निम्ति तयार पारिएको हो। यो पुस्तकको नितान्त आवश्यकता छ।
हरेक महिना प्रस्तुत गरिने साहित्यहरू साधारणतया सबै मानिसहरूको ध्यान खिच्ने प्रकारका प्रकाशनहरू हुन्छन्। तर के यसको मतलब हामीले सृष्टिकर्ता पुस्तक प्रस्तुत गर्नु हुँदैन त? पटक्कै होइन! यो पुस्तक परमेश्वरको अस्तित्वमाथि शंका गर्ने मानिसहरूलाई वर्षभरि जुनै पनि बेला प्रस्तुत गर्न सकिन्छ र तिनीहरूले यसबाट फाइदा उठाउनसक्छन्। परमेश्वरमाथि विश्वास गर्ने तर उहाँ को हुनुहुन्छ वा उहाँका गुण तथा उद्देश्यहरू थाह नभएकाहरूलाई पनि यो पुस्तक प्रस्तुत गर्न सकिन्छ। अतः साक्षीकार्यमा जानुहुँदा यसको एक प्रति राख्ने प्रोत्साहन दिन्छौं र कसैले यो पढ्छ जस्तो लागेमा प्रस्तुत गर्नुहोस्।