प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 अप्रिल p. ७
  • के तपाईंको निश्‍चित मात्रामा अर्डर छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंको निश्‍चित मात्रामा अर्डर छ?
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिका वितरणका लागि छुट्टै समय निकाल्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • आफ्नो सेवकाईमा पत्रिकाहरू चलाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • पत्रिकाहरू राज्य घोषणा गर्छन्‌
    हाम्रो राज्य सेवकाई—१९९८
हाम्रो राज्य सेवकाई—१९९९
km99 अप्रिल p. ७

के तपाईंको निश्‍चित मात्रामा अर्डर छ?

१ क्षेत्र सेवकाईमा जानुहुँदा झोलामा एउटै पनि पत्रिका नभएको के तपाईंले अनुभव गर्नुभएको छ? त्यसोभए, जनवरी १९९६, हाम्रो राज्य सेवकाई-को “हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌” भन्‍ने शिर्षक भएको परिशिष्ट सम्झनुहोस्‌। त्यहाँ हामीलाई “निश्‍चित मात्रामा पत्रिकाहरू अर्डर गर्नुहोस्‌” भन्‍नुका साथै “प्रत्येक अंक कति प्रति चाहिने हो, व्यावहारिक भई पत्रिका सँभाल्ने भाइलाई अर्डर दिनुहोस्‌। यसो गर्नुभयो भने तपाईं र तपाईंको परिवारले नियमित तवरमा पर्याप्त पत्रिकाहरू पाउनुहुनेछ” भनी उल्लेख गरिएको थियो। के तपाईंले त्यसो गर्नुभएको छ?

२ पत्रिकाहरूको किन निश्‍चित मात्रमा अर्डर गर्ने? तपाईंले पत्रिकाहरू वितरण गर्न अझ बढी जिम्मेवारी महसुस गर्नुका साथै बढी आनन्दित हुनुहुनेछ। तपाईंले निश्‍चित मात्रमा पत्रिकाहरू अर्डर गर्नुभएको छ भने हरेक महिना सेवकाईको निम्ति पर्याप्त पत्रिकाहरू छ या छैन भनेर फेरि जाँच्नुहोस्‌। निस्सन्देह, हामीले आफ्नो अर्डरअनुसार पत्रिकाहरू आउने बित्तिकै नबिर्सि लिनुपर्छ र त्यसो गर्नु आफ्नो दायित्व नै सम्झनुपर्छ। तपाईं लामो समयसम्म कतै जाँदै हुनुहुन्छ भने तपाईंको पत्रिकाहरू अरू कसैलाई दिन चाहनुहुन्छ या हुन्‍न पत्रिका सँभाल्ने भाइलाई जानकारी दिनुहोस्‌।

३ माथि उल्लिखित सोही परिशिष्टले “नियमित तवरमा पत्रिका दिनको तालिका बनाउनुहोस्‌” पनि भनेको थियो। के तपाईं हरेक हप्ता पत्रिका दिनमा भाग लिन सक्नुहुन्छ? १९९९ यहोवाका साक्षीहरूको क्यालेण्डर-मा देखाएअनुसार वर्षको हरेक शनिबार पत्रिका वितरण गर्ने दिन हो! प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका वितरण गर्ने महत्त्वलाई हल्कासित नलिनुहोस्‌। पत्रिका वितरण गर्ने गतिविधिमा पूरापूर भाग लिने हर प्रयास गर्दा हामीले आफ्ना छिमेकीहरूलाई “कल्याणको शुभ समाचार” सुनाइरहेका हुनेछौं।—यशै. ५२:७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने