प्रश्न पेटी
▪ बप्तिस्मा लिने लक्ष्य भएका नयाँ व्यक्तिहरूसँग हामीले कुन प्रकाशनबाट अध्ययन गर्नुपर्छ?
कुनै व्यक्तिले आफ्नो जीवन यहोवालाई समर्पण गर्नु र बप्तिस्मा लिनुअघि सही ज्ञान हासिल गरेकै हुनुपर्छ। (यूह. १७:३) उक्त व्यक्तिले परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका र ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक दुवै-को अध्ययनबाट आफूलाई चाहिएको जानकारी प्राप्त गर्नेछन्। प्रायजसो, चाहनुहुन्छ पुस्तिका नै पहिला अध्ययन गरिन्छ। ज्ञान पुस्तकबाट अध्ययन सुरु गरिसकिएको छ भने चाहिं यो पुस्तक सकिएपछि चाहनुहुन्छ पुस्तिका पनि अध्ययन गर्नुपर्छ। यसो गर्नु किन जरूरी छ?
चाहनुहुन्छ पुस्तिकाले बाइबलको आधारभूत शिक्षाबारे संक्षिप्तमा जानकारी दिन्छ। यदि पहिले अध्ययन गरियो भने विद्यार्थीलाई यसले यहोवालाई खुसी पार्न चाहिने आधारभूत कुराहरू बुझाउँछ। पछि अध्ययन गरियो भने ज्ञान पुस्तकबाट छलफल गरिएका कुराहरूको राम्रो पुनरावलोकन गर्न मदत गर्छ। अघि वा पछि जहिले अध्ययन गरे पनि समर्थन गर्ने पदहरू हेर्न र मनन गर्न विद्यार्थीलाई प्रोत्साहित गर्नुहोस्। एकदमै मदतकारी शैक्षिक सामाग्री, चित्रहरूबारे बताउन पनि नबिर्सनुहोस्।—जनवरी १५, १९९७, प्रहरीधरहरा, पृष्ठ १६-१७ हेर्नुहोस्।
यसरी, बाइबल विद्यार्थीले दुवै प्रकाशन अध्ययन पूरा गरे भने बप्तिस्मा लिनुअघि प्राचीनहरूले पुनरावलोकन गर्ने सबै प्रश्नहरूको जवाफ दिन तिनलाई गाह्रो नपर्ला। त्यसपछि उनीसित फेरि अरू कुनै प्रकाशनबाट औपचारिक अध्ययन नगरे पनि हुन्छ। तापनि, अध्ययन संचालकले उनको अझ कसरी उन्नति होला भनेर चासो राख्न भने छोड्नु हुँदैन।—जनवरी १५, १९९६, प्रहरीधरहरा पृष्ठ १४, १७ हेर्नुहोस्।