प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 जून p. ४
  • “कसैले नबताईकन म कसरी . . . ?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “कसैले नबताईकन म कसरी . . . ?”
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • चेला बनाउने अबिलम्बी कार्यलाई प्रगतिको भाव लिएर हेर्ने
    हाम्रो राज्य सेवकाई—१९९८
  • ज्ञान पुस्तक चलाएर कसरी चेला बनाउने
    हाम्रो राज्य सेवकाई—१९९६
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग २
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 जून p. ४

“कसैले नबताईकन म कसरी . . . ?”

१ सुसमाचारक फिलिपले इथियोपियाली नपुंसकलाई तिनले पढिरहेको कुरा बुझ्दैछन्‌ कि छैनन्‌ भनेर सोध्दा तिनले यस्तो जवाफ दिए: ‘कसैले नबताईकन म कसरी बुझौंला र?’ फिलिपले सहर्ष तिनलाई येशूको सुसमाचार बुझ्न मदत गरे र फलतः त्यस मानिसले तुरुन्तै बप्तिस्मा लिए। (प्रेरि. ८:२६-३८) फिलिपले, ‘सबै देशका जातिहरूलाई चेला बनाओ, बप्तिस्मा देओ र सिकाओ’ भन्‍ने ख्रीष्टको आज्ञा पालन गरिरहेका थिए।—मत्ती २८:१९, २०.

२ फिलिपले जस्तै हामीले पनि चेला बनाउने यो आज्ञा पालन गर्नुपर्छ। तथापि, हामीसित बाइबल अध्ययन गर्ने मानिसहरूले इथियोपियाली नपुंसकले जस्तै चाँडचाडो आध्यात्मिक उन्‍नति गरेको प्रायजसो देखिंदैन। यहूदी धर्म अंगाल्ने त्यस मानिससित ग्रहणशील हृदय थियो र येशू नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनेर मात्र स्वीकार्न बाँकी थियो। हामीसित अध्ययन गर्नेहरू बाइबलसित अपरिचित छन्‌, झूटा धार्मिक शिक्षाहरूको बहकाउमा परेका छन्‌ वा कठिन व्यक्‍तिगत समस्याहरूको बोझले लादिएका छन्‌ भने त्यसो गर्नु चुनौतीपूर्ण नै हुन्छ। बाइबल विद्यार्थीहरूलाई डोऱ्‍याएर समर्पण र बप्तिस्मा लिन लगाउने काममा सफलता हासिल गर्न हामीलाई केले मदत गर्छ?

३ बाइबल विद्यार्थीका आध्यात्मिक आवश्‍यकता बुझ्नुहोस्‌: अगस्त १९९८ को हाम्रो राज्य सेवकाई-को परिशिष्टले चाहनुहुन्छ पुस्तिका र ज्ञान पुस्तक चलाएर हामी मानिसहरूसित कति लामो छलफल गर्न सक्छौं भन्‍ने विषयमा टिप्पणी गरेको थियो। यसले यस्तो निर्देशन दियो: “विद्यार्थीको परिस्थिति र योग्यता हेरेर अध्ययनको रफ्तार निर्धारण गर्नु आवश्‍यक छ। . . . छिटो सिध्याउने धुनमा हामी विद्यार्थीलाई सही ज्ञान हासिल गर्नदेखि वञ्चित पार्न चाहँदैनौं। हरेक विद्यार्थीले परमेश्‍वरको वचनमा पाएको नयाँ विश्‍वासलाई बलियो बनाउनुपर्छ।” तसर्थ, ज्ञान पुस्तक छ महिनामा सिध्याउने प्रयास गर्नु उचित हुनेछैन। कसै कसैलाई बप्तिस्मा लिनसम्म उन्‍नति गराउन छ महिनाभन्दा बढी समय लाग्नसक्छ। तपाईंले हप्तैपिच्छे अध्ययन सञ्चालन गर्नुहुँदा विद्यार्थीले परमेश्‍वरको वचनबाट सिकिरहेका कुराहरू बुझ्न र स्वीकार्नसकून्‌ भनेर जतिसुकै समय बिताउनुपरे तापनि बिताउनुहोस्‌। कहिलेकाहिं ज्ञान पुस्तकको एउटा मात्र अध्याय सिध्याउन पनि दुई/तीन हप्ता लाग्नसक्छ। यसो गर्दा उद्धरण गरिएका थुप्रै पदहरू पढ्‌न र स्पष्ट पार्न समय मिल्नसक्छ।—रोमी १२:२.

४ तथापि, ज्ञान पुस्तकबाट अध्ययन सिध्याइसकेपछि विद्यार्थीलाई बुझाउन पुगेको छैन वा तिनी सच्चाइको पक्षमा खडा हुन र परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्न पूर्णतया उत्प्रेरित भएका छैनन्‌ भनेर थाह पाउनुभयो भने नि? (१ कोरि. १४:२०) जीवनतर्फ डोऱ्‍याउने बाटोमा लैजान तपाईंले तिनलाई अझबढी के गर्न सक्नुहुन्छ?—मत्ती ७:१४.

५ बाइबल विद्यार्थीको आध्यात्मिक आवश्‍यकता सन्तुष्ट पार्नुहोस्‌: उक्‍त व्यक्‍तिले बिस्तारै नै भए पनि आफूले सिकिरहेको कुराप्रति मूल्यांकन विकास गर्नुका साथै उन्‍नति गरिरहेको कुरा प्रस्ट देखिन्छ भने, चाहनुहुन्छ पुस्तिका र ज्ञान पुस्तक अध्ययन गर्न सिध्याएपछि अर्को पुस्तकबाट बाइबल अध्ययन गरिनै रहनुहोस्‌। यो कुरा सधैंभरि लागू हुँदैन तैपनि आवश्‍यकता देखिएमा ट्रु पीस, उपासनमा एकताबद्ध, वा गड्‌स वर्ड पुस्तकबाट अध्ययनलाई निरन्तरता दिनुहोस्‌। मण्डलीमा उपलब्ध नभए तापनि प्रायजसो प्रकाशकहरूसित यी पुस्तकहरूका व्यक्‍तिगत प्रतिहरूचाहिं छन्‌। जे भए पनि, सुरुमा चाहनुहुन्छ पुस्तिका र ज्ञान पुस्तकचाहिं अध्ययन गरिएको हुनैपर्छ। यो दोस्रो पुस्तकबाट अध्ययन नसिद्धिंदै विद्यार्थीले बप्तिस्मा लिइसकेको भए तापनि तिनीसित गरिएको बाइबल अध्ययन, पुनःभेट र अध्ययन गर्न बिताएको समय टिपेर रिपोर्ट गरिरहनुपर्छ।

६ के यसको अर्थ एउटा मात्र पुस्तकबाट अध्ययन गरेर भर्खरै बप्तिस्मा लिएकाहरूसित पनि अध्ययन थाल्नुपर्छ भनेको हो? यसो गर्नु आवश्‍यक छैन। तथापि, तिनीहरू निष्क्रिय भएका वा सच्चाइमा उन्‍नति नगरेका र तिनीहरूले आफ्नो जीवनमा सच्चाइले प्रभाव पार्नदिन व्यक्‍तिगत मदतको आवश्‍यकता महसुस गरेका हुनसक्छन्‌। बप्तिस्मा प्राप्त प्रकाशकसित पुनः अध्ययन थाल्न सेवा निरीक्षकसित सल्लाह गर्नुपर्छ। तथापि, कसैकसैले ज्ञान पुस्तकबाट धेरै पहिला अध्ययन गरेको तर समर्पण र बप्तिस्मा लिन कुनै उन्‍नति नगरेको तपाईंलाई थाह छ भने, तिनीहरू बाइबल अध्ययन फेरि गर्न चाहन्छन्‌ कि भनी थाह लगाउन तपाईं अग्रसर हुन सक्नुहुन्छ।

७ हामीले अध्ययन गर्ने हरेक जिज्ञासु व्यक्‍तिसित घनिष्ठ हुनु र व्यक्‍तिगत चासो दिनु मसीही प्रेमको चिनारी हो। विद्यार्थीहरूले परमेश्‍वरको वचनको सत्यतामा ठूलो अन्तरदृष्टि पाऊन्‌ भन्‍ने हाम्रो उद्देश्‍य हो। त्यसपछि तिनले पक्कै पनि सच्चाइको लागि ज्ञानमा आधारित अडान लिएर बप्तिस्माद्वारा यहोवाप्रतिको समर्पण जाहेर गर्नेछन्‌।—भज. ४०:८; एफि. ३:१७-१९.

८ इथियोपियाली नपुंसकलाई बप्तिस्मा दिएपछि के भयो तपाईंले सम्झनुभएको छ? तिनी येशू ख्रीष्टको नयाँ चेला भएर “रमाई रमाईकन आफ्नो बाटो लागे।” (प्रेरि. ८:३९, ४०) हामीले सफलतासाथ सच्चाइको बाटोमा डोऱ्‍याएका मानिसहरूले यहोवा परमेश्‍वरको सेवामा अहिले र सदासर्वदै आनन्द पाऊन्‌!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने