बाइबलमा कति शक्ति छ, हेर्नुहोस्!
तर कसरी हेर्ने? बाइबल—तपाईंको जीवनमा यसको प्रभाव नामक भिडियो क्यासेट हेरेर। यो भिडियो क्यासेट, बाइबल—तथ्य तथा भविष्यवाणीको किताब भन्ने शृङ्खलाको तेस्रो भाग हो।
के तपाईं वैवाहिक जीवन सफल भएको चाहनुहुन्छ? के तपाईंलाई कठिन परिस्थितिसित जुझ्ने मदत चाहिएको छ? केटाकेटीहरू हुर्केर कसरी जिम्मेवार वयस्क बन्नसक्छन्? यी सबै पक्षमा बाइबलले मदत गर्छ भनेर यो भिडियो क्यासेटमा देखाउन खोजिएको छ। बाइबलले आफ्नो जीवनमा पारेको प्रभावबारे मानिसहरूले गरेका टिप्पणीहरू सुन्नुहोस्। आधुनिक जीवनका समस्याहरूको सामना गर्न बाइबलका सिद्धान्तहरूले कसरी मदत गऱ्यो, त्यसबारे तिनीहरूको भनाइ सुन्नुहोस्।
भर्खरै सच्चाइमा चासो दिन थालेका व्यक्तिहरूलाई परमेश्वरको वचन निर्देशन पुस्तकको रूपमा चलाउँदा हुने फाइदाहरू बुझाउन यो भिडियो निकै कामलाग्दो छ। सोसाइटीसँग अहिले बाइबल—तपाईंको जीवनमा यसको प्रभाव नामक भिडियो क्यासेट स्टकमा छ। त्यसकारण चाहनुहुन्छ भने, मण्डलीको साहित्य सेवक मार्फत एक प्रति मगाइहाल्नुहोस्।