द बाइबल—इट्स पावर इन योर लाइफ
बाइबलले करोडौं मानिसहरूलाई जीवनमा अझ राम्रो परिवर्तन ल्याउन मदत गरेको छ। कस्ता बाइबल सिद्धान्तहरू लागू गऱ्यौं भने अहिलेका समस्याहरूको सामना गर्न सक्नेछौं? द बाइबल—अ बूक अफ फ्याक्ट एण्ड प्रोफेसी भन्ने डी भी डी-को तीनवटा भिडियो प्रस्तुतिमध्ये दोस्रो, द बाइबल—इट्स पावर इन योर लाइफ हेरेर यस प्रश्नको जवाफ पाउँदा तपाईंलाई पक्कै रमाइलो लाग्नेछ। यो भिडियो हेरिसकेपछि के तपाईं यी प्रश्नहरूको जवाफ दिन सक्नुहुन्छ?
(१) बाइबल उत्कृष्ट साहित्यिक कृतिमात्रै होइन, किन? (हिब्रू ४:१२) (२) बाइबलले मानिसहरूको जीवन सुधार्न मदत गर्न सक्छ भने किन यतिबिघ्न समस्याहरूले मानिसजातिलाई पिरोलेको छ? (३) बाइबलको मूल ध्येय के हो? (४) विवाहित जोडीहरूलाई निम्न क्षेत्रमा मदत गर्न सक्ने कुन-कुन बाइबल पदहरू यो भिडियोमा उल्लेख गरिए: (क) खुलस्त कुराकानीमा उन्नति ल्याउन र (ख) आफ्नो रिसलाई नियन्त्रणमा राख्न? (५) ख्रीष्टियानहरूले विवाहप्रति राख्ने दृष्टिकोणले पारिवारिक जीवनमा कसरी राम्रो परिवर्तन ल्याउँछ? (एफि. ५:२८, २९) (६) यहोवाले आमाबाबुका लागि कसरी सिद्ध उदाहरण बसाल्नुभएको छ? (मर्कू. १:९-११) (७) आमाबाबुहरूले पारिवारिक अध्ययनलाई कसरी रमाइलो बनाउन सक्छन्? (८) बाइबल अध्ययन गराउनुबाहेक परमेश्वरको वचनले आमाबाबुहरूलाई आफ्ना छोराछोरीका लागि अरू के कुराको प्रबन्ध मिलाउन उत्प्रेरित गर्छ? (९) बाइबलका सल्लाहले परिवारहरूलाई कसरी आर्थिक तवरमा मदत गर्न सक्छ? (१०) सरसफाइ, लागूऔषध तथा मद्यपानको दुर्व्यसन र तनावसम्बन्धी दिइएका कस्ता बाइबल सिदान्तहरू लागू गर्दा स्वास्थ्य समस्याहरूलाई घटाउन सकिन्छ? (११) बाइबलका कस्ता प्रतिज्ञाहरूले गर्दा हामीलाई बल मिल्न सक्छ? (अय्यू. ३३:२५; भज. १४५:१६) (१२) परमेश्वरको वचनमा पाइने शिक्षाहरूले तपाईंको व्यक्तिगत जीवनमा कसरी फरक पारेको छ? (१३) अरूलाई मदत गर्न तपाईं यो भिडियो कसरी प्रयोग गर्न सक्नुहुन्छ?