प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 डिसेम्बर पृ. १
  • यो त हामीले पहिल्यै सुनिसकेका कुरा होइन र?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यो त हामीले पहिल्यै सुनिसकेका कुरा होइन र?
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं यहोवाका सम्झौटोहरूलाई अत्यन्तै प्रेम गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • के यहोवाका सम्झौटाहरूले हामीलाई आध्यात्मिक रूपमा उत्प्रेरित गरिरहेको छ?
    हाम्रो राज्य सेवकाई—१९९५
  • यहोवाको साक्षीवचन भरपर्दो छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • तपाईंको बाटोलाई परमेश्‍वरको वचनले उज्यालो बनाउन दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 डिसेम्बर पृ. १

यो त हामीले पहिल्यै सुनिसकेका कुरा होइन र?

१ अवश्‍यै सुनिसकेका छौं! आफ्ना जनहरूको हितको लागि यहोवाले थुप्रै कुराहरू आफ्नो वचनमा दोहऱ्‍याउनुहुन्छ। येशूले परमेश्‍वरको राज्यका विभिन्‍न पक्षहरूबारे अक्सर दोहऱ्‍याई तेहऱ्‍याई शिक्षा दिनुभयो। उहाँका प्रेरितहरूले सत्यमा बलिया भएकाहरूसित बारम्बार आध्यात्मिक कुराहरूबारे छलफल गरे।—रोमी १५:१५; २ पत्रु. १:१२, १३; ३:१, २.

२ हाम्रो समयमा पनि यहोवाको संगठनले महत्त्वपूर्ण विषयहरू मण्डलीका सभाहरूमा दोहऱ्‍याई तेहऱ्‍याई छलफल गर्ने प्रबन्ध मिलाएको छ। कुनै कुनै प्रकाशनहरू हामीले थुप्रै चोटि अध्ययन गरिसक्यौं। हो, हामीले पहिला सुनेका कुराहरू फेरि पनि सुन्‍नु महत्त्वपूर्ण छ!

३ दोहऱ्‍याउँदा एउटा महत्त्वपूर्ण उद्देश्‍य पूरा हुन्छ: यहोवाले दोहऱ्‍याउनुहुँदा हामी अझ गहिरा कुराहरू बुझ्छौं, हाम्रो विचारधारा खुला हुन्छ र आध्यात्मिक कुरामा लागिरहने हाम्रो संकल्प झन्‌ बलियो हुन्छ। (भज. ११९:१२९) परमेश्‍वरको स्तर र सिद्धान्तहरू दोहऱ्‍याउनु ऐनामा हेरेझैं हो। यसो गर्नाले हामी आफैलाई जाँच्नसक्छौं र “सुनेर नबिर्सने” मानिस हुन्छौं।—याकू. १:२२-२५.

४ हामीले आफैलाई सत्य कुराहरूको सम्झना गराइरहेनौं भने अरू कुराहरूले हाम्रो हृदयलाई असर गर्छ। परमेश्‍वरका सम्झौटाहरूले हामीलाई शैतानको संसारका भ्रष्ट असरहरूसँग प्रतिरोध गर्न बल दिन्छन्‌। (भज. ११९:२, ३, ९९, १३३; फिलि. ३:१) परमेश्‍वरका उद्देश्‍यहरूको पूर्तिबारे नियमित रूपमा पाउने सम्झौटाहरूले हामीलाई ‘जागा रहन’ उत्प्रेरित गर्छ। (मर्कू. १३:३२-३७) धर्मशास्त्रीय सत्यहरूको दोहऱ्‍याइले हामीलाई अनन्त जीवनको मार्गमा हिंडिरहन मदत दिन्छ।—भज. ११९:१४४.

५ व्यक्‍तिगत तवरमा कसरी फाइदा उठाउने: हामीले ‘आफ्नो मन परमेश्‍वरका साक्षी-वचनहरूतिर झुकाउनुपर्छ।’ (भज. ११९:३६) मण्डलीको सभामा हामीलाई पहिल्यै थाह भएको विषयबारे छलफल हुँदैछ भने हामीले त्यसको तयारी गर्नुपर्छ, उद्धरण गरिएका शास्त्रपदहरू हेर्नुपर्छ र त्यसका जानकारीहरू कसरी लागू गर्ने भनी मनन गर्नुपर्छ। ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा हुने लिखित पुनरावृत्ति महत्त्वपूर्ण छैन भन्‍ने सोचेर त्यसको तयारी नै नगर्ने नगरौं। (लूका ८:१८) हाम्रा सभाहरूमा आधारभूत सत्यहरू प्रायजसो दोहऱ्‍याइने त हो नि भनेर ध्यान नदिने नगरौं।—हिब्रू ५:११.

६ हामी पनि भजनरचयिताले जस्तै यस्तो मनोवृत्ति राखौं: “धन-सम्पत्तिमा जतिकै, तपाईंका साक्षी-वचनहरूको मार्गमा म आनन्दित भएको छु।” (भज. ११९:१४) हो, हामीले यी बहुमूल्य कुराहरू पहिला पनि सुनिसकेका छौं र पछि फेरि पनि सुन्‍नेछौं होला। किन? किनभने हामीले त्यो सुन्‍नु आवश्‍यक छ भनी यहोवा जान्‍नुहुन्छ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने