प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 फेब्रुअरी पृ. १
  • “अविलम्बी भई वचन प्रचार गर”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “अविलम्बी भई वचन प्रचार गर”
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • जोडतोडले लागिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • बाली कटनीको लागि पहेंला भएका छन्‌
    हाम्रो राज्य सेवकाई—२०१०
  • अन्त नजिक भएकोले साक्षी कार्यमा जोडतोडले भाग लिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९९
  • आनन्दित खेताला हुनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 फेब्रुअरी पृ. १

“अविलम्बी भई वचन प्रचार गर”

१ तपाईंले “जरुरी,” भनेर लेखिएको कुनै पत्र पाउनुभयो भने त्यसलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ? “जरुरी” शब्दले “तुरुन्तै ध्यान दिनुपर्छ” भन्‍ने अर्थ बुझाउँछ। त्यसैले प्रेरित पावलले मसीहीहरूलाई “अविलम्बी भई वचन प्रचार गर” भन्‍ने उपयुक्‍त निर्देशन दिए। (२ तिमो. ४:२, NW) के तपाईं यस कार्यलाई तुरुन्तै ध्यान दिएर उक्‍त निर्देशन स्वीकार्नुहुन्छ?

२ केही भाइहरूले मसीहीको हैसियतमा गर्नुपर्ने ‘प्रयत्न गर्नामा अल्छी’ गरिरहेको कुरा पावललाई रिपोर्ट गरिएको हुनसक्छ। (रोमी १२:११) तिनीहरूको त्यस्तो अल्छीपनले गर्दा चित्तबुझ्दो नतिजा हासिल हुनसकेको थिएन र अरूलाई मदत गर्दा पाउने आनन्द पनि तिनीहरूले पाउनसकेका थिएनन्‌।

३ सेवकाईप्रति येशूको दृष्टिकोण: आफ्नो सेवकाई पूरा गर्नपाउँदा येशू साह्रै रमाउनुहुन्थ्यो! उहाँले भन्‍नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।” येशूको उदाहरणले उहाँका चेलाहरूलाई उत्प्रेरित गऱ्‍यो। उहाँले तिनीहरूलाई यसो भनेर प्रोत्साहन दिनुभयो, ‘खेतबारीहरू कटनीको लागि पहेंला भएका छन्‌।’ (यूह. ४:३४, ३५) उहाँले सेवकाईमा देखाउनु भएको अविलम्बी भाव उहाँले भन्‍नुभएका यस कुराबाट प्रमाणित हुन्छ “फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।” (मत्ती ९:३८) येशूले आफूलाई प्रचार गर्ने दायित्व सुम्पिएको छ भनेर बुझ्नुभएको थियो र कुनै कुराले त्यसलाई बाधा नदिने पक्का निधो गर्नुभएको थियो।

४ हामी नि? आज, ढिलासुस्ती नगरी प्रचार गर्नु पहिलेभन्दा झनै जरुरी भएको छ। संसारका थुप्रै भागहरूमा खेतहरू कटनीको लागि तयार भएका छन्‌। विस्तृत तवरमा साक्षी दिइसकेको जस्तो लागेको थुप्रै ठाउँहरूमा हरेक वर्ष हजारौंले बप्तिस्मा लिइरहेका छन्‌। यस रीतिरिवाजको अन्त झन्‌ झनै नजिकिंदै गएकोले “प्रभुको काममा प्रशस्त हुँदै” जानु आवश्‍यक परेको छ। (१ कोरि. १५:५८) अतः हामीले राज्यको समाचार अरूलाई सुनाउन पहिलेभन्दा झनै प्रयत्न गर्नु आवश्‍यक छ।

५ आउनुहोस्‌, हामी पनि घरघर गएर अनि जहाँ जहाँ मानिसहरूलाई भेट्‌नसकिन्छ त्यहाँ त्यहाँ पुगेर अरूकहाँ सुसमाचार पुऱ्‍याउन सजग होऔं। प्रचार कार्यमा यथासक्य भाग लिंदा हामीले परमेश्‍वरको राज्यलाई प्राथमिकता दिइरहेका छौं भन्‍ने कुरा स्पष्ट हुन्छ। (मत्ती ६:३३) अविलम्बी भई प्रचार गरिरह्‍यौं भने हामी झन्‌ धेरै आनन्दित हुनेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने