कसरी सुन्नुहुन्छ, ध्यान दिनुहोस्
मण्डलीका सभा, सम्मेलन तथा अधिवेशनहरूमा भेला हुँदा ध्यान दिएर सुन्नु अत्यावश्यक छ। (लूका ८:१८) तपाईं आफ्नो सुन्ने क्षमता कसरी बढाउनसक्नुहुन्छ?
▪ सभाअघि अटेसमटेस हुने गरी खाना नखानुहोस्।
▪ तपाईंको मनलाई यताउता डुल्न नदिनुहोस्।
▪ मुख्य बुँदाहरू नोट गर्नुहोस्।
▪ पढिएका शास्त्रपदहरू हेर्नुहोस्।
▪ मौका पाउने बित्तिकै भाग लिनुहोस्।
▪ प्रस्तुत विषयवस्तुमाथि मनन गर्नुहोस्।
▪ तपाईंले सुन्नुभएका कुराहरूलाई प्रयोग गर्ने तरिकाहरू सोच्नुहोस्।
▪ सभापछि, तपाईंले सिक्नुभएका कुराहरू छलफल गर्नुहोस्।
थियोक्राटिक मिनिस्ट्री स्कूल गाइडबूक-को पाचौं अध्ययन लेख हेर्नुहोस्।