प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 मे पृ. ८
  • “तिनीहरूको जाँच . . . होस्‌”—कसरी?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिनीहरूको जाँच . . . होस्‌”—कसरी?
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • सहायक सेवकहरू बहुमूल्य सेवा चढाउँछन्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • भाइहरू हो—के तपाईँ सहायक सेवकको रूपमा सेवा गर्न अघि बढ्‌दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • प्राचीनहरू हो, भार उठाउन अरूलाई प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • जवान भाइहरू हो, के तपाईं अघि बढ्‌दै हुनुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 मे पृ. ८

“तिनीहरूको जाँच . . . होस्‌”—कसरी?

१ यहोवाको संगठनमा भइरहेको वृद्धिले गर्दा सेवकाई सेवकको हैसियतमा सेवा गर्ने योग्य भाइहरूको आवश्‍यकता छ। किशोरहरूलगायत थुप्रै भाइहरू सेवकाई सेवक नियुक्‍त भइसकेका छैनन्‌ तर तिनीहरू मण्डलीमा सेवा गर्ने इच्छा गर्छन्‌। तिनीहरूलाई कुनै थप कार्यभार दिंदा आफूले केही काम गर्न सकेको र सन्तुष्ट महसुस गर्छन्‌। तिनीहरूको थप प्रगतिचाहिं ‘तिनीहरूको जाँचमा’ निर्भर हुन्छ। (१ तिमो. ३:१०, नयाँ संशोधित संस्करण) यो कसरी गरिन्छ?

२ प्राचीनहरूको भूमिका: कुनै भाइ सेवकाई सेवक हुन योग्य छन्‌ कि छैनन्‌ भनी १ तिमोथी ३:८-१३ मा दिइएको धर्मशास्त्रीय योग्यताअनुसार जाँच्दा प्राचीनहरूले त्यस भाइ जिम्मेवारीहरू बहन गर्न सक्षम छन्‌ किन छैनन्‌, हेर्नेछन्‌। प्राचीनहरूले तिनलाई पत्रिका र साहित्यहरू सँभाल्ने, माइक सञ्चालन गर्ने, राज्यभवनको स्याहारसम्भार इत्यादि जस्ता मदतकारी कामहरू दिनसक्छन्‌। प्राचीनहरूले तिनले आफ्नो काम कसरी गर्छन्‌, हेर्नेछन्‌। उनीहरूले तिनी कत्तिको भरोसायोग्य, समयनिष्ठ, लगनशील, भद्र, इच्छुक र अरूसित घुलमिल हुनसक्ने छन्‌, त्यो हेर्छन्‌। (फिलि. २:२०) के तिनी आफ्नो पहिरनमा उदाहरणीय छन्‌? के तिनले जिम्मेवारी महसुस गर्छन्‌? तिनले “ज्ञानको नम्रतासित आफ्नो काम बढ़िया चाल-चलनबाट” देखाऊन्‌ भन्‍ने प्राचीनहरू चाहन्छन्‌। (याकू. ३:१३) के तिनी मण्डलीमा सहयोग गर्न साँच्चै अघि सरिरहेका छन्‌? के तिनले जोसका साथ क्षेत्र सेवकाईमा भाग लिएर “सबै देशका जातिहरूलाई चेला बनाओ” भन्‍ने येशूको आज्ञा पालन गरिरहेका छन्‌?—मत्ती २८:१९; मे १, १९९१ प्रहरीधरहरा-को पृष्ठ १०-१९ हेर्नुहोस्‌।

३ सेवकाई सेवकको हैसियतमा नियुक्‍त हुन बाइबलले कुनै निश्‍चित वर्ष नतोके तापनि त्यस्ता भाइहरू “डिकनहरूजस्ता भएर . . . राम्ररी काम गरेका” हुनुपर्छ भनी बाइबलले संकेत गर्छ। तिनीहरू विवाहित र छोराछोरी भएका पनि हुनसक्ने भएकाले किशोरावस्थाका पनि हुनसक्छन्‌ भनेर त आशा गर्न सक्दैनौं। (१ तिमो. ३:१२, १३) त्यस्ता पुरुषहरू “जवानीका अभिलाषाहरू[को]” वशमा परेको हुनु हुँदैन तर राम्रो आचरण हुनुका साथै परमेश्‍वर र मानिससामु असल अन्तस्करण भएको हुनुपर्छ।—२ तिमो. २:२२.

४ जन्मजात क्षमताहरू मदतकारी भए तापनि सबैभन्दा महत्त्वपूर्ण कुरा मनोवृत्ति र मानसिक झुकाउ हो। के उक्‍त भाइले नम्रतापूर्वक परमेश्‍वरको प्रशंसा गर्ने र आफ्ना भाइहरूको सेवा गर्ने इच्छा गर्छन्‌? गर्छन्‌ भने, यहोवाको मण्डलीमा प्रगति गर्ने तिनको प्रयासमा यहोवाले आशिष्‌ दिनुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने