प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 जुलाई pp. २-३
  • जवान भाइहरू हो, के तपाईं अघि बढ्‌दै हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जवान भाइहरू हो, के तपाईं अघि बढ्‌दै हुनुहुन्छ?
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं ‘अघि बढिरहनुभएको छ?’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • सेवाको काम विस्तार गर्ने
    हाम्रो राज्य सेवकाई—२००७
  • सहायक सेवकहरू बहुमूल्य सेवा चढाउँछन्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • तपाईंको मदतको खाँचो छ
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 जुलाई pp. २-३

जवान भाइहरू हो, के तपाईं अघि बढ्‌दै हुनुहुन्छ?

१. पहिलो तिमोथी ३:१ मा बताइएको निर्देशन जवान भाइले कहिलेदेखि लागू गर्नुपर्छ?

१ “यदि कुनै पुरुष . . . अघि बढिरहेको छ भने उसले असल काम गर्न चाहेको हुन्छ।” (१ तिमो. ३:१) परमेश्‍वरबाट प्रेरणा पाएर लेखिएका यी शब्दहरूले भाइहरूलाई मण्डलीमा सेवाका सुअवसरहरू प्राप्त गर्नको लागि अघि बढ्‌न प्रोत्साहन दिन्छ। यसो गर्न के तपाईं वयस्क हुनैपर्छ? वास्तवमा जवान छँदै अघि बढ्‌नु एकदम राम्रो कुरा हो। यसो गर्दा तपाईंले प्रशिक्षण पाउन सक्नुहुन्छ र उमेर पुगेपछि सहायक सेवकको रूपमा नियुक्‍त हुन योग्य हुन सक्नुहुन्छ। (१ तिमो. ३:१०) तपाईं बप्तिस्मा प्राप्त भाइ हुनुहुन्छ भने कसरी अघि बढ्‌न सक्नुहुन्छ?

२. आत्मत्यागी मनोभाव कसरी विकास गर्न र देखाउन सकिन्छ?

२ आत्मत्यागी मनोभाव: नबिर्सनुहोस्‌ तपाईं असल कामको लागि अघि बढ्‌दै हुनुहुन्छ, कुनै उपाधिको लागि होइन। त्यसैले भाइबहिनीलाई मदत गर्ने इच्छा विकास गर्नुहोस्‌। यसो गर्न सक्ने एउटा तरिका येशूको असल उदाहरण मनन गर्नु हो। (मत्ती २०:२८; यूह. ४:६, ७; १३:४, ५) अरूको हितमा चासो राख्न सकूँ भनेर यहोवासित मदत माग्नुहोस्‌। (१ कोरि. १०:२४) के तपाईं मण्डलीका वृद्ध वा अशक्‍त भाइबहिनीहरूलाई मदत गर्न सक्नुहुन्छ? के तपाईं स्वेच्छाले राज्यभवनको मर्मत तथा सरसफाइ गर्न अग्रसर हुनुहुन्छ? ईश्‍वरतान्त्रिक सेवा स्कूलमा अरूको सट्टामा भाषण दिनुपर्ने अवस्था आइपर्दा के तपाईं इच्छुक हुनुहुन्छ? अरूको लागि आफैलाई उपलब्ध गराउँदा तपाईंले आनन्दको अनुभूति गर्न सक्नुहुनेछ।—प्रेषि. २०:३५.

३. आध्यात्मिकता कत्तिको महत्त्वपूर्ण छ र यो कसरी विकास गर्न सकिन्छ?

३ आध्यात्मिकता: मण्डलीमा सेवा गर्ने सेवकसित विशेष सीप वा क्षमताभन्दा आध्यात्मिकता हुनु एकदमै जरुरी छ। परमेश्‍वरको पवित्र शक्‍तिको निर्देशनबमोजिम चल्ने मानिससित यहोवा र येशूको जस्तै दृष्टिकोण हुन्छ। (१ कोरि. २:१५, १६) तिनले “पवित्र शक्‍तिको फल” प्रदर्शित गर्छन्‌। (गला. ५:२२, २३) तिनी परमेश्‍वरको राज्यलाई प्रथम स्थान दिने जोसिलो प्रचारक हुन्छन्‌। (मत्ती ६:३३) व्यक्‍तिगत अध्ययनको राम्रो तालिका कायम राख्दा तपाईंले आध्यात्मिक गुणहरू खेती गर्न सक्नुहुन्छ। यसमा हरेक दिन बाइबल पढ्‌नु, प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-को हरेक अङ्‌क पढ्‌नु र सभाको तयारी गर्नु र त्यसमा उपस्थित हुनु समावेश छ। (भज. १:१, २; हिब्रू १०:२४, २५) तिमोथीलाई आध्यात्मिक प्रगति गर्नको लागि प्रोत्साहन दिन पावलले यस्तो लेखे: “आफ्नो शिक्षाको विषयमा तिमी सधैं होसियार होऊ” (१ तिमो. ४:१५, १६) त्यसैले ईश्‍वरतान्त्रिक सेवा स्कूलमा तपाईंले पाउनु भएको भाषण प्रस्तुत गर्न कडा मेहनत गर्नुहोस्‌। प्रचारकार्यको लागि तयारी गर्नुहोस्‌ र नियमित रूपमा प्रचारमा जानुहोस्‌। अग्रगामी सेवा सुरु गर्ने, बेथेल सेवा गर्ने वा अविवाहित भाइहरूका लागि बाइबल स्कूलमा भाग लिने जस्ता आध्यात्मिक लक्ष्यहरू राख्नुहोस्‌ र ती हासिल गर्न प्रयास पनि गर्नुहोस्‌। आध्यात्मिकताले तपाईंलाई ‘युवावस्थामा उत्पन्‍न हुने इच्छाहरूदेखि भाग्न’ मदत गर्नेछ।—२ तिमो. २:२२.

४. भरोसायोग्य र विश्‍वासयोग्य हुनु किन महत्त्वपूर्ण छ?

४ भरोसायोग्य र विश्‍वासयोग्य: प्रथम शताब्दीमा खाँचोमा परेका ख्रीष्टियनहरूलाई खाना बाँड्‌ने कामको जिम्मेवारी पाएका भाइहरूले “राम्रो नाम” कमाएका थिए अर्थात्‌ तिनीहरू भरोसायोग्य र विश्‍वासयोग्य थिए। त्यसैले प्रेषितहरूले काम पूरा हुन्छ कि हुँदैन भनेर चिन्ता लिनुपरेन। यसले गर्दा प्रेषितहरूले अन्य महत्त्वपूर्ण काममा ध्यान लगाउन सक्थे। (प्रेषि. ६:१-४) त्यसैले तपाईंलाई मण्डलीमा कुनै जिम्मेवारी सुम्पियो भने त्यसलाई पूरा गर्न आफ्नो क्षमताले भ्याएजति गर्नुहोस्‌। जहाज बनाउन दिइएको निर्देशन होसियारी भई पालना गर्ने नूहको अनुकरण गर्नुहोस्‌। (उत्प. ६:२२) आफूलाई विश्‍वासयोग्य साबित गर्नेहरूलाई यहोवा कदर गर्नुहुन्छ। साथै तिनीहरूले आध्यात्मिक प्रगति पनि गरिरहेका हुन्छन्‌।—१ कोरि. ४:२; “प्रशिक्षणको फाइदा” शीर्षकको पेटी हेर्नुहोस्‌।

५. जवान भाइहरू किन अघि बढ्‌नुपर्छ?

५ भविष्यवाणी गरिएझैं यहोवा जम्मा गर्ने काम तीव्र गतिमा अघि बढाउँदै हुनुहुन्छ। (यशै. ६०:२२) हरेक वर्ष औसतमा दुई लाख पचास हजार मानिसहरू बप्तिस्मा गर्छन्‌। सच्चाइमा यत्ति धेरै मानिसहरू आउने भएकोले मण्डलीका जिम्मेवारीहरू सम्हाल्न योग्य पुरुषहरूको खाँचो छ। अहिले जस्तो यहोवाको सेवामा व्यस्त हुने समय पहिला कहिल्यै थिएन। (१ कोरि. १५:५८) जवान भाइहरू हो, के तपाईं अघि बढ्‌दै हुनुहुन्छ? त्यसो हो भने तपाईं असल काम गर्न इच्छुक हुनुहुन्छ।

[पृष्ठ २-मा भएको ठूलो अक्षरको क्याप्सन]

सच्चाइमा यत्ति धेरै मानिसहरू आउने भएकोले मण्डलीका जिम्मेवारीहरू सम्हाल्न योग्य पुरुषहरूको खाँचो छ

[पृष्ठ ३-मा भएको पेटी]

प्रशिक्षणको फाइदा

एल्डरहरूले योग्य जवान भाइहरूलाई जिम्मेवारी र प्रशिक्षण दिंदा तिनीहरूले फाइदा उठाउँछन्‌। एक जना क्षेत्रीय निरीक्षक सभापछि मञ्चमा बसेर एक जना प्रकाशकलाई प्रोत्साहन दिंदै थिए। एक जवान भाइ तिनको नजिकै उभिरहेका थिए त्यसैले क्षेत्रीय निरीक्षकले तिनी कुरा गर्न पर्खिरहेका हुन्‌ कि भनेर सोधे। ती जवान भाइले हरेक सभापछि मञ्चको सफा गर्ने जिम्मेवारी पाएको कुरा बताए। तिनका आमाबाबु निस्कन लागिसकेका थिए तर तिनी आफ्नो जिम्मेवारी पूरा नगरीकन जान मानेनन्‌। क्षेत्रीय निरीक्षक खुसीसाथ त्यहाँबाट ओर्लिए। क्षेत्रीय निरीक्षकले यसो भने: “त्यस मण्डलीका एल्डरहरू योग्य जवान भाइहरूलाई मण्डलीका जिम्मेवारीहरू दिएर प्रशिक्षण दिन सजग थिए। त्यसैले मण्डलीमा भ्रमण हुँदा एल्डरहरूले जवान भाइलाई सहायक सेवकको रूपमा सिफारिस गर्नु कुनै अचम्मलाग्दो कुरा होइन।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने