प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 अक्टोबर pp. १-७
  • शिक्षामूलक, उत्प्रेरणादायी र सुदृढ पार्ने सामग्रीहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शिक्षामूलक, उत्प्रेरणादायी र सुदृढ पार्ने सामग्रीहरू
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • साक्षी दिने भिडियोहरूको असर
    हाम्रो राज्य सेवकाई—२००२
  • यहोवाका साक्षीहरू—सुसमाचार प्रचार गर्न व्यवस्थित
    हाम्रो राज्य सेवा—२०११
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने भिडियोबाट सिकाउनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • “सिकाउने तरिका एकदमै नयाँ लाग्यो!”
    ब्यूँझनुहोस्‌!—२०१६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 अक्टोबर pp. १-७

शिक्षामूलक, उत्प्रेरणादायी र सुदृढ पार्ने सामग्रीहरू

१ मानिसहरूलाई बाइबल र यहोवाका साक्षीहरूबारे सिकाउन ती सामग्रीहरू प्रभावशाली छन्‌। ती सामग्रीहरूले थुप्रैलाई सच्चाइको निम्ति दृढ अडान लिन उत्प्रेरित गरेका छन्‌। परमेश्‍वरका समर्पित जनहरूको मूल्यांकन र विश्‍वासलाई पनि सुदृढ पारेका छन्‌। ती सामग्रीहरू के हुन्‌? ती हुन्‌, यहोवाको संगठनले निर्माण गरेका भिडियो क्यासेटहरू। के तपाईंले दसैवटा हेरिसक्नुभयो? हेरिसक्नुभयो भने आजभन्दा कति अगाडि? के तपाईं ती आफ्नो सेवकाईमा पनि प्रयोग गर्नुहुन्छ? यी थप अत्युत्तम साधनहरू चलाएर तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ?

२ जुलाई १, १९९९ प्रहरीधरहरा-को “परिवार मिलेर नियमित तवरमा परमेश्‍वरको वचन अध्ययन गर्नुहोस्‌” लेखमा यस्तो सुझाउ दिइएको थियो, “सोसाइटीका निर्देशनमूलक भिडियोका केही अंश हेर्न . . . त्यसबारे छलफल गर्नका लागि अध्ययनको केही समय छुट्याउन पनि सक्नुहुन्छ।” त्यस राम्रो सल्लाहअनुरूप चल्न आउँदो हरेक महिना सेवा सभामा भिन्‍नाभिन्‍नै भिडियोहरूका विशेषताहरूबारे छलफल गरिनेछ। मण्डलीका सबैलाई सेवा सभामा छलफल गरिने भिडियो घरमा पहिले नै हेरेर आउन प्रोत्साहित गरिन्छ।

३ यस महिना हामीले निर्माण गरेको पहिलो भिडियो जेहोभाज्‌ विट्‌नेसेज—दी अर्गनाइजेशन बिहाइण्ड द नेम-बाट छलफलको थालनी गर्नेछौं। यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर हेरेर अनि सुनेर पत्ता लगाउनुहोस्‌:

◼ यहोवाका साक्षीहरू केका लागि सबैभन्दा परिचित छन्‌?

◼ बेथेलमा गरिने सम्पूर्ण क्रियाकलापहरू कुन शास्त्रपदसित सम्बन्धित छ?

◼ बाइबलका कुन दृश्‍यको नाटक गरेर फोटो खिचिएको अनि प्रकाशनहरूमा छाप्न चित्र कोरिएको तपाईंले देख्नुभयो?

◼ हाम्रा साहित्यहरू तयार पार्न गरिने कामहरूमा तपाईंलाई कुन कुरा मन पऱ्‍यो?

◼ सन्‌ १९२० देखि १९९० भित्र सोसाइटीले जम्मा कतिवटा साहित्यहरू छाप्यो?

◼ परमेश्‍वरका जनहरूमाझ बेथेल सेवा गर्न विशेष गरी को अघि बढ्‌नुपर्छ?—हितो. २०:२९.

◼ सम्पूर्ण यहोवाका साक्षीहरूका लागि बेथेल परिवारले कुन तरिकामा उत्कृष्ट उदाहरण बसालेका छन्‌?

◼ सुसमाचार धेरैभन्दा धेरै मानिसहरूकहाँ पुऱ्‍याउनका लागि बेथेलमा गरिएको कामले तपाईंलाई कस्तो प्रभाव पाऱ्‍यो?

◼ विश्‍वव्यापी कामको लागि पैसा कहाँबाट आउँछ?

◼ कुन क्रियाकलापलाई हामी जोसका साथ समर्थन गर्नसक्छौं र कस्तो मनोवृत्ति लिएर?—यूह. ४:३५; प्रेरि. १:८.

◼ तपाईंलाई हाम्रो नाउँपछाडिको संगठन कस्तो लाग्यो?

◼ यस भिडियोलाई तपाईं सेवकाईमा कसरी चलाउन सक्नुहुन्छ?

डिसेम्बर महिनामा हामी द बाइबल—एक्युरेट हिस्टरी, रिलायबल प्रोफेसी भिडियोको पुनरावृत्ति गर्नेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने