प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 डिसेम्बर p. ७
  • सन्‌ २००१ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सन्‌ २००१ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • सन्‌ २००० को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल
    हाम्रो राज्य सेवकाई—१९९९
  • एकदमै महत्त्वपूर्ण कामको लागि सुसज्जित पार्ने स्कूल
    हाम्रो राज्य सेवकाई—२००२
  • सन्‌ २००२ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल
    हाम्रो राज्य सेवकाई—२००१
  • विद्यार्थीले प्रस्तुत गर्ने भागको तयारी गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 डिसेम्बर p. ७

सन्‌ २००१ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल

१ हामीले ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भाग लिनुपर्ने धर्मशास्त्रीय आधारहरू प्रशस्त छन्‌।—हितो. १५:२३; मत्ती २८:१९, २०; प्रेरि. १५:३२; १ तिमो. ४:१२, १३; २ तिमो. २:२; १ पत्रु. ३:१५.

२ साप्ताहिक बाइबल पढाइलाई स्कूलमा समावेश गरेको धेरै भइसक्यो। यो तालिकाअनुसार हरेक दिन लगभग एक पृष्ठ पढ्‌नुपर्ने हुन्छ। यस वर्षदेखि बाइबल पढाइलाई लिखित पुनरावृत्ति हुने हप्तामा पनि समावेश गरिएको छ। बितेको तीन वर्षदेखि थालिएको थप बाइबल पढाइको तालिका पूरा भएको छ। तर तालिकामा दिइएको भन्दा बढी पढ्‌न चाहनुहुन्छ भने तपाईंले आफ्नै तालिका बनाउन सक्नुहुन्छ।

३ असाइनमेन्ट न. २ ले भाइहरूलाई परमेश्‍वरको वचन ‘जनसमुदाय अगाडि पढ्‌न’ प्रशिक्षण दिन्छ। (१ तिमो. ४:१३) तपाईंले यो असाइनमेन्ट पाउनुहुँदा बारम्बार ठूलो स्वरले पढेर अभ्यास गर्नुहोस्‌। तपाईंले आफ्नो उच्चारण, स्वर तथा कुशल पढाइका अन्य पक्षहरूमा उन्‍नति गर्न स्कूल गाइडबूक-मा दिइएका विभिन्‍न सल्लाहहरू चलाउन सक्नुहुन्छ।

४ असाइनमेन्ट न. ३ र ४ विभिन्‍न थरीका पुस्तिकाहरू तथा महान पुरुष पुस्तकमा आधारित हुनेछ। प्रस्तुत गर्नुपर्ने विषयवस्तु दिइएको समयभित्र सिध्याउन सकिंदैन जस्तो देखिएमा आफ्नो मण्डलीको क्षेत्रमा उपयोगी हुनसक्ने कुराहरू मात्र छान्‍नुहोस्‌। तपाईंको क्षेत्रमा उपयोगी हुनसक्ने जुनसुकै सेटिङ प्रयोग गर्नसक्नुहुन्छ।

५ स्कूलमा पाउनुहुने सबै असाइनमेन्टहरू पूरा गर्न यथासक्दो प्रयास गर्नुहोस्‌। प्रशस्त समय लगाएर तयारी गर्नुहोस्‌ र हृदयबाटै बोल्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईं मण्डलीको लागि प्रोत्साहनको स्रोत हुनु हुनेछ। अनि सन्‌ २००१ को दौडान पूर्ण मनले ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भाग लिएर व्यक्‍तिगत तवरमा पनि लाभ उठाउन सक्नुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने