प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 नोभेम्बर pp. ३-४
  • एकदमै महत्त्वपूर्ण कामको लागि सुसज्जित पार्ने स्कूल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकदमै महत्त्वपूर्ण कामको लागि सुसज्जित पार्ने स्कूल
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • स्कूल निरीक्षकका लागि निर्देशनहरू
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलले कसरी हामीलाई लाभ पुऱ्‍याउँछ
    हाम्रो राज्य सेवकाई—२००४
  • ईश्‍वरतान्त्रिक सेवा स्कुल २०१५ ले हाम्रो सिकाउने कला तिखार्न मदत गर्नेछ।
    हाम्रो राज्य सेवा—२०१४
  • सन्‌ २००४ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 नोभेम्बर pp. ३-४

एकदमै महत्त्वपूर्ण कामको लागि सुसज्जित पार्ने स्कूल

१ जीवनमा आ-आफ्नो लक्ष्यसम्म पुग्न मदत गर्ने शिक्षा हासिल गर्न मानिसहरू स्कूल जान्छन्‌। तथापि, जीवनदाताको प्रशंसा गर्नु र अरू मानिसहरूलाई उहाँको उद्देश्‍य तथा तौरतरिकाहरूबारे सिक्न मदत गर्नुभन्दा महत्त्वपूर्ण लक्ष्य अरू के नै हुन सक्ला र? केही पनि हुन सक्दैन। ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको उद्देश्‍य अरूलाई हाम्रो विश्‍वासबारे सिकाउन हामीलाई तयार गर्नु हो। यसैले, हरेक हप्ता स्कूलमा उपस्थित हुँदा हामीले जीवनकै सबैभन्दा महत्त्वपूर्ण गतिविधिहरूको लागि आफूलाई निपुण पारिरहेका हुन्छौं।

२ गत महिनाको हाम्रो राज्य सेवकाई-मा “सन्‌ २००३ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल तालिका” उपलब्ध गराइएको थियो। त्यस तालिकामा स्कूल कसरी सञ्चालन गरिनेछन्‌, त्यसबारे विस्तृत जानकारीहरू दिइएको छ। त्यो तालिका बेनिफिट फ्रम थियोक्राटिक मिनिस्ट्री स्कूल एजुकेशन-पुस्तकमै राख्दा तपाईंको लागि व्यावहारिक हुन सक्छ। यो पुस्तक तपाईंले हरेक हप्ता ईश्‍वरतान्त्रिक सेवकाई स्कूल-को लागि आफूसँगै लिएर आउनुपर्छ। सन्‌ २००३ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलका केही पक्षहरूलाई विचार गर्नुहोस्‌।

३ वक्‍तृत्व कला: जनवरीदेखि सुरु हुने सबै ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा सबैभन्दा पहिला, वक्‍तृत्व कला अथवा पढाइ, अध्ययन वा शिक्षणसम्बन्धी पाँच मिनेटको भाषण हुनेछ। स्कूल निरीक्षकले यी सुरुका भाषणहरू प्रस्तुत गर्नेछन्‌ नभए यो भाषण दिन तिनले अर्को योग्य प्राचीनलाई खटाउन सक्छन्‌। वक्‍ताले वक्‍तृत्व कलाको परिभाषा र महत्त्वबारे छलफल गर्न सक्छन्‌। त्यसपछि तिनले धर्मशास्त्रीय उदाहरणहरू छलफल गर्दै उक्‍त वक्‍तृत्व कला कसरी लागू गर्न सकिन्छ भनी प्रदर्शन गरेर विषयवस्तुलाई अघि बढाउनुका साथै यसो गर्दा कसरी हाम्रो क्षेत्र सेवकाईमा प्रगति हुन्छ, त्यसप्रति विशेष ध्यानाकर्षण गर्नुपर्छ।

४ असाइनमेन्ट न. १: “छलफल गरिएको जानकारीको व्यावहारिक महत्त्वमा ध्यान केन्द्रित गर्नुहोस्‌” भनी निर्देशन भाषण दिनुहुने भाइहरूलाई फेरि पनि सुझाव दिइन्छ। यसो गर्नुको अर्थ, उक्‍त जानकारी कसरी सदुपयोग गर्न सकिन्छ भनेर मण्डलीलाई देखाउनु हो। तपाईंले यो असाइनमेन्ट पाउनुभयो भने, तयारी गर्ने तरिकाबारे सुझावहरूको लागि मिनिस्ट्री स्कूल पाठ्यपुस्तकको पृष्ठ ४८-९ हेर्नुहोस्‌ र पुस्तकको इन्डेक्समा “व्यावहारिक उपयोग”-अन्तर्गत दिइएका सन्दर्भ-सामग्रीहरू अध्ययन गर्नुहोस्‌।

५ बाइबल पढाइ तालिका: गएका वर्षहरूमा तपाईंले साप्ताहिक बाइबल पढाइ कायम गर्न सक्नुभएको थिएन भने, यस वर्ष तालिकाअनुसार पढ्‌ने संकल्प गर्नुभए कसो होला? यसो गर्नेहरूले वर्षभरिमा पूरै मसीही युनानी धर्मशास्त्र पढी सिध्याउनेछन्‌। मसीही युनानी धर्मशास्त्रदेखि बाइबल पढाइ कार्यक्रम सुरु गर्नुका लाभहरूबारे मिनिस्ट्री स्कूल पुस्तकको पृष्ठ १०, अनुच्छेद ४ मा बताइएको छ।

६ बाइबल पढाइका विशेषताहरू: साप्ताहिक बाइबल पढाइको लागि दिइएका अध्यायहरूमा श्रोताहरूले टिप्पणी गर्न सकून्‌ भन्‍ने हेतुले यस भागलाई दस मिनेट लामो बनाइएको छ। यो असाइनमेन्ट पाउनेले निर्धारित समयभित्र आफ्नो भाग सिध्याउनुपर्छ। यो मौखिक पुनरावृत्तिको हप्तालगायत हरेक हप्ता प्रस्तुत गरिनेछ। निर्धारित अध्यायहरू पढ्‌नुहुँदा आफ्नो पारिवारिक अध्ययन, सेवकाई वा दैनिक जीवनमा लाभदायक सिद्ध हुने बुँदाहरू खोज्नुहोस्‌। यहोवाले मानिस तथा राष्ट्रहरूसित व्यवहार गर्नुहुँदा उहाँका कस्ता गुणहरू प्रकट भएका थिए? आफ्नो विश्‍वास बलियो बनाउने र यहोवाप्रतिको मूल्यांकन बढाउने के-कस्ता कुराहरू सिक्नुभयो? दिइएका अनुच्छेदहरूअन्तर्गत कुनै पनि बुँदामा, असाइनमेन्ट न. २ मा पढिने पदहरूमा समेत टिप्पणी गर्न अप्ठ्यारो नमान्‍नुहोस्‌ किनभने बाइबल पढाइ गर्ने भाइले पदहरूमा टिप्पणी गर्नेछैनन्‌।

७ असाइनमेन्ट न. २: हरेक हप्ताको पहिलो विद्यार्थी असाइनमेन्ट, जनसमुदायअगाडि पढ्‌ने अभ्यास हुनेछ। हरेक महिनाको लागि अन्तिम पढाइबाहेक अरू सबै साप्ताहिक बाइबल पढाइबाटै लिइनेछ। महिनाको अन्तिम पढाइचाहिं प्रहरीधरहरा-बाट लिइनेछ। विद्यार्थीले आफूलाई जिम्मा दिइएको विषयवस्तु, परिचय वा समापन नदिईकन पढ्‌नुपर्छ। यसप्रकार, तिनले विशेष गरी आफ्नो पढ्‌ने सीपमा ध्यान दिन सक्नेछन्‌।—१ तिमो. ४:१३.

८ असाइनमेन्ट न. ३ र न. ४: यी असाइनमेन्टहरूमध्ये कुनैमा धेरैजसो स्रोत सामग्रीहरू रीजनिङ पुस्तकबाट लिइएका हुन्छन्‌ भने, कुनैमा विषय मात्र हुन्छन्‌। थोरै स्रोत सामग्री वा विषय मात्र भएका असाइनमेन्ट पाउनेहरूले हाम्रा मसीही प्रकाशनहरूमा अनुसन्धान गरेर आफ्ना प्रस्तुतिहरू विकास गर्ने मौका पाउनेछन्‌। यसले गर्दा बहिनीहरूलाई पनि आफ्ना सहयोगीहरूसित मिलेर भाषण तयार गर्न सजिलो हुन सक्छ।

९ भूमिका: मिनिस्ट्री स्कूल पुस्तकको पृष्ठ ४५ मा संकेत गरिएअनुसार स्कूल निरीक्षकले भूमिका बताइदिन सक्छन्‌। तिनले नबताएको खण्डमा बहिनीहरूले नै पृष्ठ ८२ को सूचीबाट भूमिका छान्‍न सक्छन्‌। बहिनीहरूले प्रत्येक दुई महिनाको एक चोटि भाषण पाउँछन्‌ भने, यहाँ दिइएका ३० वटा बेग्लाबेग्लै भूमिका पाँच वर्षको लागि पर्याप्त हुनेछ। “तपाईंको इलाकाको लागि उपयुक्‍त अर्को भूमिका” भन्‍ने न. ३० को भूमिका छान्‍ने बहिनीहरूले आ-आफ्नो असाइनमेन्ट स्लिपको (S-89) तल वा पछिल्तिर भूमिका लेख्नुपर्छ। स्कूल निरीक्षकले विद्यार्थीको भाषणको मिति तिनकै पुस्तकको पृष्ठ ८२ मा अर्थात्‌ तिनले आफ्नो भूमिका लेखेकै छेउमा लेख्नेछन्‌। तिनले विद्यार्थीको सल्लाह फाराममा चिह्न लगाएकै बेला यसो गर्न सक्छन्‌।

१० सल्लाह फाराम: तपाईंको सल्लाह फाराम तपाईंकै पुस्तकमा छ। यो पृष्ठ ७९-८१ मा छ। यसकारण, भाषण दिइसकेपछि हरेक चोटि तपाईंले यो पुस्तक स्कूल निरीक्षकलाई दिनुपर्नेछ। स्कूल निरीक्षकले विद्यार्थीहरूले काम गरिरहेका सल्लाह बुँदाहरूको राम्रो रेकर्ड कायम राख्नु आवश्‍यक पर्नेछ।

११ मौखिक पुनरावृत्ति: ईश्‍वरतान्त्रिक सेवकाई स्कूल पुनरावृत्ति मौखिक रूपमा सञ्चालन गरिनेछ। यो दुई महिनाको एक चोटि हुनुका साथै यो ३० मिनेट लामो हुनेछ। पुनरावृत्तिको दौडान छलफल गर्नुपर्ने प्रश्‍नहरू सदाझैं हाम्रो राज्य सेवकाई-मा दिइनेछ। मौखिक पुनरावृत्ति गर्ने हप्ताको तालिका र क्षेत्रीय सम्मेलन वा क्षेत्रीय निरीक्षकको भ्रमणको हप्ता बाझिएमा, अर्को हप्ताका भाषणहरू एक हप्ताअघि नै दिनुपर्छ र मौखिक पुनरावृत्ति त्यसपछिको हप्तामा गर्ने प्रबन्ध मिलाउनुपर्छ।

१२ सहायक कक्षाहरू: मण्डलीहरूमा पचास जनाभन्दा बढी विद्यार्थीहरू छन्‌ भने ती मण्डलीहरूका प्राचीनहरूले सहायक कक्षाहरू सञ्चालन गर्ने विचार गर्न सक्छन्‌। “यो प्रबन्ध सबै विद्यार्थीहरूले दिने भाषण वा अन्तिम ३ र ४ नम्बरको भाषणको लागि प्रयोग गर्न सकिन्छ।” (मिनिस्ट्री स्कूल, पृष्ठ २८५) पछिल्लो सुझाव, पढाइको जिम्मेवारी सम्हाल्ने भाइहरू थोरै तर बहिनीहरूचाहिं धेरै भएको मण्डलीमा गर्न सकिने छाँटकाँट हो। यी कक्षाहरू सञ्चालन गर्न प्राचीनहरूले योग्य भाइहरू छान्‍नुपर्छ।

१३ सहायक सल्लाहकार: ईश्‍वरतान्त्रिक सेवकाई स्कूल तालिकामा संकेत गरिएअनुसार बाइबलका विशेषताहरू र निर्देशन भाषण दिने प्राचीन तथा सेवकाई सेवकहरूलाई व्यक्‍तिगत सल्लाह दिनको निम्ति प्राचीनहरूको निकायले सहायक सल्लाहकार खटाउनुपर्छ। यसो गर्न खटाइने भाइ अनुभवी तथा तिनले दिएको सल्लाहलाई अरू प्राचीनहरूले कदर गर्ने किसिमको हुनुपर्छ। तिनको सल्लाह रचनात्मक हुनुका साथै स्पष्ट बोलेकोमा अनि शिक्षण कलाहरूको लागि सराहना गर्ने र सुधारको लागि एक दुईवटा बुँदामा सल्लाह दिने किसिमको हुनुपर्छ। प्रायजसो भाषण दिइरहने भाइलाई हरेक पटक भाषण दिएपछि सल्लाह दिइरहनु आवश्‍यक छैन। तथापि, सल्लाह दिने जिम्मेवारी पाएका भाइ विवेकी हुनुपर्छ र जनभाषण दिने भाइहरूलाई समेत थप प्रगति गर्न मदत दिन सकिन्छ भनेर बुझ्नुपर्छ।—१ तिमो. ४:१५.

१४ केमा ध्यान दिनुपर्छ: सल्लाहकारलाई प्रस्तुति विश्‍लेषण गर्न कुन कुराले मदत गर्न सक्छ? मिनिस्ट्री स्कूल पुस्तकको प्रायजसो अध्याय ५३ को तेस्रो पेटीमा ध्यान दिनुपर्ने कुरा छोटकरीमा दिइएको छ। स्कूल निरीक्षकले पुस्तकमा दिइएका अन्य सम्झौटा तथा सुझावहरूलाई पनि ध्यान दिनुपर्छ, जसले तिनलाई प्रस्तुतिको रचना र प्रभावकारिता तुरुन्तै सिलसिलेवार ढंगमा बढाउँदै लैजान मदत गर्नेछ। उदाहरणका लागि, पृष्ठ ५५ मा माथिपट्टि दिइएका प्रश्‍नहरूको श्रृंखला र पृष्ठ १६३ को अन्तिम अनुच्छेदमा दिइएका सुझावहरूमा ध्यान दिनुहोस्‌।

१५ खाली ठाउँ भर्नुहोस्‌: छेउमा फराकिला ठाउँहरूको अलावा मिनिस्ट्री स्कूल पुस्तकमा थुप्रै खाली ठाउँहरू पनि छन्‌। ती व्यक्‍तिगत अध्ययनको दौडान र ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा उपस्थित हुँदा आफूलाई महत्त्वपूर्ण लागेका टिपोटहरू लेख्न तपाईंकै लागि तयार पारिएका हुन्‌। (पृष्ठ ७७, ९२, १६५, २४३, २४६ र २५० हेर्नुहोस्‌।) हरेक हप्ता यो पुस्तक ल्याउन नभुल्नुहोस्‌। सुरुको भाषणदेखि नै ध्यान दिनुहोस्‌। बाँकी स्कूलको लागि आफ्नो पुस्तक खुला राख्नुहोस्‌। स्कूल निरीक्षकले दिएका सुझावहरू टिप्नुहोस्‌। वक्‍ताहरूले प्रयोग गरेका शिक्षण शैली, प्रश्‍न, उदाहरण, अलंकार, दृष्टान्त, दृश्‍य सहायक र भिन्‍नताहरूमा ध्यान दिनुहोस्‌। उपयोगी टिपोटहरू टिपेर तपाईंले स्कूलमा सिकेका थुप्रै राम्रा-राम्रा बुँदाहरू सम्झन र त्यसलाई प्रयोगमा ल्याउन सक्नुहुनेछ।

१६ परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नु भनेको हामीले अरूलाई दिन सक्ने सबैभन्दा ठूलो सुअवसर हो भन्‍ने करा येशूलाई थाह थियो। यो उहाँको मुख्य कार्य थियो। (मर्कू. १:३८) उहाँले यसो भन्‍नुभयो: “मैले अवश्‍य परमेश्‍वरको राज्यको सुसमाचार अरू शहरहरूमा पनि सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४३) उहाँको पछि लाग्ने निमन्त्रणा स्वीकार्नेहरूजस्तै हामी पनि सुसमाचार प्रचार गर्ने काममा अत्यन्त व्यस्त छौं र हामी आफ्नो “स्तुतिको बलिदान[को]” गुणस्तर अझ बढाउने सधैं प्रयास गरिरहेका छौं। (हिब्रू १३:१५) यसको लागि हामी ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा नियमित रूपमा भाग लिने संकल्प गरिरहौं, जुन स्कूलले हामीलाई जीवनकै सबैभन्दा महत्त्वपूर्ण कामको लागि तयार रहन मदत गर्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने