द बाइबल—इट्स पावर इन योर लाइफ नामक भिडियोबाट के सिक्यौं?
निम्न प्रश्नहरूको जवाफ दिएर यस भिडियोमा भएको सन्देशप्रति हृदयस्पर्शी विचार व्यक्त गर्नुहोस्। (१क) आवश्यक छाँटकाँट गरेर जीवनलाई उत्तम बनाउन लाखौं मानिसलाई केले बल प्रदान गरेको छ? (हिब्रू ४:१२) (१ख) यो बल प्राप्त गर्न र यसलाई प्रयोगमा ल्याउन कुन कुरा आवश्यक छ? (२) विवाहित जोडीलाई मदत गर्न (क) तिनीहरूबीचको कुराकानीमा उन्नति गर्न (ख) रिस नियन्त्रण गर्न कुन कुन बाइबल पद उद्धृत गरिए? (३) पारिवारिक जीवन फलदायी बनाउन मसीहीहरू विवाहबारे कस्तो दृष्टिकोण अपनाउँछन्? (एफि. ५:२८, २९) (४) छोराछोरीहरूले खोजेको र उनीहरूलाई आवश्यक तीन कुराहरू दिने सन्दर्भमा यहोवाले कसरी सिद्ध उदाहरण बसाल्नु भयो र आज आमाबाबुहरूले कसरी त्यसो गर्नसक्छन्? (मर्कू. १:९-११) (५) आमाबाबु आफैंले छोराछोरीलाई बाइबलबारे सिकाउनुपर्ने र नियमित तवरमा यसो गर्नुपर्ने आवश्यकतालाई केले संकेत गर्छ? (व्यव. ६:६, ७) (६) आमाबाबुले पारिवारिक अध्ययन कसरी चाखलाग्दो बनाउन सक्छन्? (७) परमेश्वरको वचनले आमाबाबुलाई छोराछोरीको लागि बाइबल अध्ययनको अलावा कस्तो प्रबन्ध गर्न प्रोत्साहित गर्छ? (८) आर्थिक तवरमा जिउनको लागि बाइबलको सल्लाहले कसरी मदत गर्छ? (९) कुन धर्मशास्त्रीय सिद्धान्तले स्वास्थ्यसम्बन्धी समस्या कम गर्न मदत गर्छ? (१०) परमेश्वरको वचनमा भएको सिद्धान्तले तपाईंको जीवनमा कसरी परिवर्तन ल्याउनसक्छ? (११) तपाईंले सेवकाईमा गृह बाइबल अध्ययनको प्रस्ताव राखेको व्यक्तिलाई यो भिडियो किन प्रोत्साहनदायी हुनसक्छ?