प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 जुलाई p. ३
  • अधिवेशनहरू—रमाहट गर्ने समय!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अधिवेशनहरू—रमाहट गर्ने समय!
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा आफ्ना आनन्दित जनलाई भेला गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • १९९८ “परमेश्‍वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९८
  • सन्‌ १९९९ “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९९
  • अधिवेशनहरू—हाम्रो भ्रातृत्वको आनन्ददायी पुष्टि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 जुलाई p. ३

अधिवेशनहरू—रमाहट गर्ने समय!

१ यहोवाका साक्षीहरूका अधिवेशनहरू औधी रमाहट गर्ने अवसरहरू हुन्‌। यस्ता जमघटले हाम्रो संगठनमा भइरहेको वृद्धिलाई टेवा पुऱ्‍याइरहेको सय वर्षभन्दा बढी भइसक्यो। मुठीभर मानिसहरूबाट सुरु भएको हाम्रो विश्‍वव्यापी कार्यमा यहोवाले प्रचुर मात्रामा आशिष्‌ बर्साउनुभएको हामीले देखेका छौं। सन्‌ १८९३ मा शिकागो, इलिनोइमा भएको आधुनिक समयको पहिलो अधिवेशनमा उपस्थित ३६० मध्ये ७० जनाले यहोवाप्रतिको आफ्नो समर्पण बप्तिस्माद्वारा प्रकट गरेका थिए। गत वर्षको “परमेश्‍वरको वचन पालन गर्नेहरू होओ” विषयक जिल्ला अधिवेशनमा संसारभरि उपस्थित कुल संख्या ९४,५४,०५५ मध्ये १,२९,३६७ ले बप्तिस्मा लिए। रमाहट गर्ने कत्ति सशक्‍त कारण!

२ बाइबलकालीन समयदेखि नै परमेश्‍वरका जनहरूको जमघट, यहोवाबाट शिक्षा प्राप्त गर्ने एक उल्लेखनीय माध्यम थियो। एज्रा र नहेम्याहको समयमा मानिसहरू “बिहानदेखि मध्य दिनसम्म” परमेश्‍वरको व्यवस्थाबाट पढिएको कुरा सुन्‍ने गर्थे। (नहे. ८:२, ३) त्यस अवसरमा मानिसहरूले परमेश्‍वरको व्यवस्था राम्ररी बुझेका कारण तिनीहरूले “धूमधामसित उत्सव” मनाए। (नहे. ८:८, १२) अधिवेशनहरूमा यहोवाले “विश्‍वासी र बुद्धिमान दास[मार्फत]” “ठीक ठीक समयमा” प्रबन्ध गर्नुभएका असल निर्देशन र आध्यात्मिक भोजन लिने अवसर पाउने हुनाले हामी पनि रमाउँछौं। (मत्ती २४:४५) येशूले “मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ” भनी भन्‍नुभएको छ, त्यसैले हाम्रो आध्यात्मिक हितका निम्ति अधिवेशनहरू अत्यावश्‍यक छन्‌।—मत्ती ४:४.

३ उपस्थित हुन गरेको प्रयास बेकार जानेछैन: यस वर्षको “परमेश्‍वरको वचनका शिक्षकहरू” विषयक जिल्ला अधिवेशनका पूरै कार्यक्रममा उपस्थित हुन हामी सबैले व्यक्‍तिगत लक्ष्य बनाउनुपर्छ। हामी सबैले अधिवेशनमा हरेक दिन छिटो पुग्ने र समापनको प्रार्थनामा सरिक भई “आमिन!” नभनुञ्जेल त्यहाँ उपस्थित हुने योजना बनाउनुपर्छ। यसो गर्न आफ्नो तालिकामा छाँटकाँट गर्नुपर्ने हुनसक्छ। अधिवेशनमा उपस्थित हुन आफ्नो कामबाट बिदा लिन केही अप्ठ्यारो आइपर्नसक्छ। हामीले दृढ अडान लिनुपर्छ र पछि देखाजाला भनेर त्यतिकै छोड्‌नु हुँदैन। हामीलाई आवास र/वा यातायातको आवश्‍यकता छ भने, हामीले त्यसको पहिल्यै बन्दोबस्त मिलाउनुपर्छ। हामीले जस्तोसुकै प्रयास गर्नुपरे तापनि त्यो बेकार जानेछैन!

४ यहोवाका जनहरूले अधिवेशनमा उपस्थित हुँदा प्राप्त गर्ने आशिष्‌लाई रूपैयाँपैसामा हिसाब गर्दैनन्‌। सन्‌ १९५८ मा न्यु योर्कमा आयोजित ईश्‍वरीय इच्छा अन्तरराष्ट्रिय सम्मेलनमा उपस्थित हुन केही भाइबहिनीहरूले देखाएको दृढ संकल्पलाई विचार गर्नुहोस्‌। एक जना भाइले सम्मेलनमा स्वयम्‌सेवक भई मदत गर्न र त्यहाँ उपस्थित हुन आफ्नो निर्माण व्यवसायलाई दुई हप्तासम्म बन्द गरे। भर्जिन आइल्याण्डका एक भाइले आफ्नो छ जनाको पूरै परिवार अधिवेशनमा जान पाँच एकड जमिन बेचे। एक जवान दम्पतीले आफ्ना दुई महिनादेखि सात वर्षसम्मका तीन जना छोराछोरीलाई सम्मेलन लिएर जान आफ्नो मोटरबोट बेचे। क्यालिफोर्नियाका तीन जना साक्खै दाजुभाइलाई जागिरमा अनुपस्थित भएको खण्डमा सम्मेलनबाट फर्केर आउँदा तिनीहरूको जागिर रहनेछैन भनी चेताउनी दिइयो। तथापि, यसले तिनीहरूलाई त्यस अविस्मरणीय सम्मेलनमा जानदेखि रोक्न सकेन।

५ यहोवाले हाम्रो उत्कट प्रयासको इनाम दिनुहुन्छ: यहोवाले आफ्ना जनहरूले गरेको प्रयास देख्नुहुन्छ र आशिष्‌ दिनुहुन्छ। (हिब्रू ६:१०) उदाहरणका लागि, सन्‌ १९५० मा ईश्‍वरतन्त्रको वृद्धि विषयक सम्मेलनमा उपस्थित हुनेहरूले “नयाँ रीतिरिवाज” नामक एउटा ऐतिहासिक भाषण सुने। भाइ फ्रेडिक फ्रान्जले उपस्थित सबैको चासो जगाउँदै यस्तो प्रश्‍न सोधे: “अहिले हामीमाझ पृथ्वीका ती भावी राजकुमारहरू पनि छन्‌ भनी थाह पाउँदा के यस अन्तरराष्ट्रिय अधिवेशनमा उपस्थित सबै खुसी छैनन्‌ र?” भजन ४५:१६ को यो स्पष्टिकरण दिइएको पचास वर्ष बितिसक्यो तर आज पनि हामी यस स्पष्टिकरणमा रमाउँछौं।

६ गत वर्षको जिल्ला अधिवेशनमा उपस्थित भइसकेपछि एक जना कृतज्ञ परिवारको शिरले यस्तो लेखे: “भाइहरू, यो अधिवेशन मेरो परिवारको निम्ति कत्तिको जीवनदायी साबित भयो, त्यो म शब्दमा व्यक्‍त गर्न सक्दिनँ। जागिरको कारण हामी शहर बसाइँ सरेका थियौं, तर यसले हाम्रो आध्यात्मिकतामा एकदमै नकारात्मक असर पाऱ्‍यो। . . . हामीले आफ्ना मसीही दायित्वलाई बेवास्ता गरेका थियौं। हामीले सभाहरू धाउन र सेवामा भाग लिन छाडेका थियौं। . . . यस अधिवेशनले हामीलाई झकझकाएको छ र फेरि एक चोटि हामीले आध्यात्मिक लक्ष्यहरू राखेका छौं। यी लक्ष्य प्राप्त गर्न आवश्‍यक चाँजोपाँजो मिलाउँदैछौं।”

७ यहोवाले हामीलाई आवश्‍यक आध्यात्मिक आहार दिइरहनुभएको छ। अधिवेशनहरूमा उहाँले हाम्रोनिम्ति ठूलो भोजको प्रबन्ध गर्नुहुन्छ। यस्ता प्रबन्धहरूप्रतिको हाम्रो मूल्यांकनले पत्रुस कर्नीलियसलाई भेट्‌न जाँदा कर्नीलियसले जस्तै हामी पनि यसो भन्‍न उत्प्रेरित हुनुपर्ने हो: “प्रभुबाट तपाईंलाई आज्ञा भएका कुराहरू सुन्‍न हामी सबै परमेश्‍वरको सामने यहाँ उपस्थित छौं।” (प्रेरि. १०:३३) आउनुहोस्‌, “परमेश्‍वरको वचनका शिक्षकहरू” विषयक जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रममा “परमेश्‍वरको समाने उपस्थित” हुने लक्ष्य बनाऔं र आनन्दित होऔं!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने