प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 जनवरी p. ८
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंको हृदयलाई यहोवाको भय मान्‍ने बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवाको भयमा आनन्द प्राप्त गर्न सिक्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • परमेश्‍वरको भय राख्नेहरूसित भेला हुने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • किन मानिसको होइन, परमेश्‍वरको भय मान्‍नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 जनवरी p. ८

नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम

भयको एउटा परिभाषा “विशेष गरी परमेश्‍वरप्रति गहिरो श्रद्धा वा निष्ठा राख्नु” हो। यसले धर्मशास्त्रमा “ज्ञानको शुरू” भनी उल्लेख गरिएको स्वास्थ्यकर भयलाई संकेत गर्छ। (भज. १११:१०) त्यसको विपरीत, अर्को प्रकारको भयले शैतानको संसारमाथि प्रभुत्व जमाएको छ। यहोवाप्रति श्रद्धेय भय विकास गर्दै हामी कसरी त्यस्तो अस्वास्थ्यकर भय हटाउन सक्छौं? सन्‌ २००२ सेवा वर्षको नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रमले यस प्रश्‍नको जवाफ दिन्छ। यसको विषय छ, “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ।” (प्रका. १४:७) यहोवाप्रतिको भयले हामीलाई व्यक्‍तिगत अनि संगठनात्मक तवरमा लाभ पुऱ्‍याउने थुप्रै तरिकाहरूबारे बुझ्नेछौं।

भयले चिन्ता वा साहसको कमी र अप्ठ्यारा परिस्तिथिहरू सामना गर्न हिचकिचाउनु आदि अर्थ बुझाउने भए तापनि बाइबल यसो भन्छ: “हरेक जो परमप्रभुदेखि डराउँछ, . . . त्यो धन्यको हो।” (भज. १२८:१) साँचो उपासनाका चुनौतीहरू सामना गर्न हामी कसरी सफल हुन सक्छौं भन्‍ने कुरा यस सम्मेलन कार्यक्रमले देखाउनेछ। परमेश्‍वरलाई आफ्नो सारा प्राण, बुद्धि र शक्‍तिले प्रेम गर्न उत्प्रेरित गर्ने स्वास्थ्यकर भय खेती गर्न नयाँ व्यक्‍तिहरूलाई कसरी मदत गर्न सकिन्छ भनेर हामीले बुझ्नेछौं। (मर्कू. १२:३०) पहिलो दिनको अन्तमा जिल्ला निरीक्षकले “तपाईंले प्रेम गर्नुहुने व्यक्‍तिहरूसँग अझ नजिक हुनुहोस्‌” भन्‍ने विषयमा भाषण दिनेछन्‌। तिनले यहोवा, हाम्रो परिवार र हाम्रा मसीही भाइहरूबाट हामीलाई अलग पार्ने शैतानका प्रयासहरूबारे हामी कसरी सजग हुन सक्छौं भनी बताउनेछन्‌।

दोस्रो दिन प्रस्तुत गरिने चार भाग भएको गोष्ठीको विषय हुनेछ, “यहोवाको भय राख्नुहोस्‌, मानिसहरूको होइन।” यस गोष्ठीले हाम्रो सेवकाई पूरा गर्न बाधा पुऱ्‍याउने र स्कूल तथा काम गर्ने ठाउँमा निष्ठा कायम गर्न वा सफा अन्तस्करण राख्न अवरोध खडा गर्ने भयलाई किन र कसरी हटाउनुपर्छ भनी बताउनेछ। “परमेश्‍वरसँग डराउनुहोस्‌ र उहाँका आज्ञाहरू पालन गर्नुहोस्‌” विषयक जन सम्बोधन प्रकाश अध्याय १४ मा वर्णन गरिएको घटनाक्रममा आधारित छ। “यहोवाको भयमा हिंडिरहनुहोस्‌” भन्‍ने प्रोत्साहनजनक निर्देशन प्रदान गर्दै क्षेत्रीय सम्मेलन समाप्त हुनेछ।

ईश्‍वरतान्त्रिक सेवकाई स्कूल, नमुना सेवा सभा, बप्तिस्मा भाषण र प्रहरीधरहरा-को सारांशजस्ता यस कार्यक्रमका थप विशेषताहरू तपाईं छुटाउन चाहनुहुन्‍न होला। तपाईंसँगै उपस्थित हुन आफ्ना बाइबल विद्यार्थीहरूलाई पनि निमन्त्रणा दिनुहोस्‌। यदि कोही बप्तिस्मा लिन चाहन्छन्‌ भने, तिनीहरूले मण्डलीको अध्यक्षलाई तुरुन्तै खबर गरिहाल्नुपर्छ। यो महत्वपूर्ण कार्यक्रमको कुनै पनि भाग नछुटाएर हामी सबै जना यहोवाप्रति स्वास्थ्यकर भय प्रदर्शन गर्न र उहाँलाई महिमा दिन चाहनेछौं!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने