प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 नोभेम्बर p. १
  • “म कसरी समय निकाल्न सक्छु?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “म कसरी समय निकाल्न सक्छु?”
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • पढ्‌न र अध्ययन गर्न समय निकाल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • के तपाईंले सन्तुलित आध्यात्मिक आहार खाइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • अनुकूल समय कसरी किन्‍ने
    हाम्रो राज्य सेवकाई—१९९६
  • आफ्नो जीवन यहोवाको सेवामा केन्द्रित गरी निर्माण गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 नोभेम्बर p. १

“म कसरी समय निकाल्न सक्छु?”

१ हामीमध्ये थुप्रैले यस्तो गुनासो गर्छौं, किनकि हाम्रो जीवन कामै-कामले भरिएको छ। भनिन्छ, समय भनेको हाम्रो सबैभन्दा बहुमूल्य र क्षणिक सम्पत्ति हो। त्यसोभए, परमेश्‍वरको वचन पढ्‌ने अनि अध्ययन गर्ने जस्ता साँच्चै महत्त्वपूर्ण कार्यहरूको लागि हामी कसरी समय निकाल्नसक्छौं?—फिलि. १:१०.

२ यस सम्बन्धमा सबैभन्दा मुख्य कुरा, बढी समय खोज्नु होइन तर आफूसित भएको समयलाई कुन काममा लगाउने, त्यसको निर्णय गर्नु हो। हामी सबैसित हप्तामा १६८ घण्टा हुन्छ, त्यसमध्ये १०० घण्टा जति हामी सुत्न र काम गर्न चलाउँछौं होला। त्यसोभए, बाँकी समयलाई हामी कसरी सदुपयोग गर्नसक्छौं? एफिसी ५:१५-१७ ले (नयाँ संशोधित संस्करण) हामीलाई “निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्‌जस्तो। समयको सदुपयोग गर . . . प्रभुको इच्छा के छ, सो बुझ” भनेर सल्लाह दिन्छ। यहोवाले महत्त्वपूर्ण ठान्‍नुभएका कामहरू गर्न हरेक अवसरको पूरापूर सदुपयोग गर्नु पर्ने आवश्‍यकतालाई यसले संकेत गर्छ।

३ येशूले हाम्रो दिनलाई नूहको दिनसित तुलना गर्नुभयो। (लूका १७:२६, २७) त्यतिबेलाका मानिसहरू दैनिक जीवनका फिक्रीहरूमा चुर्लुम्म डुबेका थिए। यद्यपि, विशाल जहाज बनाउन र प्रचार गर्न नूहले समय निकाले। (हिब्रू ११:७; २ पत्रु. २:५) तर कसरी? परमेश्‍वरको इच्छालाई प्राथमिकता दिएर अनि उहाँले आज्ञा गरेबमोजिम “सबै गरे[र]।”—उत्प. ६:२२.

४ कुन कुराले प्राथमिकता पाउनुपर्छ? येशूले यसो भन्‍नुभयो: “मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।” (मत्ती ४:४) हरेक हप्ता हामी “निश्‍चित समयमा . . . [आध्यात्मिक] भोजन” पाउँछौं। (लूका १२:४२, नयाँ संशोधित संस्करण) यदि हामी यसबाट पूरापूर लाभ उठाउन चाहन्छौं भने, यसलाई राम्ररी बुझ्न नियमित तवरमा व्यक्‍तिगत पढाइ र अध्ययनको राम्रो तालिका हुनुपर्छ। आध्यात्मिक भोजनप्रतिको मूल्यांकनले गर्दा हामी यसलाई बजारी खानाको रूपमा हेर्ने गर्दैनौं अनि कसैले हतारमा छिटो-छिटो खाना खाएजस्तो सरर पढ्‌ने मात्र पनि गर्दैनौं। बरु, यसप्रतिको सही मूल्यांकनले हामीलाई समय लगाएर अध्ययन गर्न अनि आध्यात्मिक कुराहरूबाट आनन्द उठाउन उत्प्रेरित गर्छ।

५ आध्यात्मिक भोजन खाँदा यसले हामीलाई अनन्त जीवनतर्फ डोऱ्‍याउनसक्छ। (यूहन्‍ना १७:३) यसले हाम्रो दैनिक तालिकामा प्राथमिकता पाउनुपर्छ। दिनहुँ बाइबल पढ्‌न अनि मसीही सभाहरूको लागि तयारी गर्न के हामी समय निकाल्न सक्छौं? हो, हामी समय निकाल्न सक्छौं। यसो गऱ्‍यौं भने हामीले “ठूलो इनाम” पाउनेछौं, जुन इनाम परमेश्‍वरको इच्छा बुझ्दा साथै त्यसैअनुरूप गर्दा प्राप्त हुन्छ।—भज. १९:७-११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने