प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 अक्टोबर p. १
  • अनुकूल समय कसरी किन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अनुकूल समय कसरी किन्‍ने
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • पढ्‌न र अध्ययन गर्न समय निकाल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • आफ्नो समय प्रयोग गर्ने सन्दर्भमा सजग हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००४
  • समय खेर नफालौं
    हाम्रो राज्य सेवकाई—२००५
  • आफ्नो जीवन यहोवाको सेवामा केन्द्रित गरी निर्माण गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 अक्टोबर p. १

अनुकूल समय कसरी किन्‍ने

१ यहोवाको सेवामा प्रशस्त कार्यहरू भएकोले हामी व्यस्त हुन्छौं! (१ कोरि. १५:५८) व्यक्‍तिगत तथा पारिवारिक रूपमा अध्ययन गर्ने, दिनहुँ बाइबल पढ्‌ने, मसीही सभाहरू धाउने र त्यसको लागि तयारी गर्ने अनि क्षेत्र सेवकाईमा नियमित रूपमा भाग लिनुपर्ने आवश्‍यकतालाई हामीले बुझेका छौं। निरीक्षकहरूले गोठालो गर्ने जिम्मेवारीहरूका साथै अन्य मण्डलीय कार्यभारहरूको रेखदेख गर्छन्‌। कसै कसैको गहन पारिवारिक जिम्मेवारीहरू वा अरूप्रति निर्वाह गर्नुपर्ने विभिन्‍न दायित्त्वहरू हुन्छ। सबै काम पूर्णतया गर्न हामी प्रत्येक सन्तुलित तथा सुव्यवस्थित हुनुपर्छ।

२ प्राथमिकताहरू तय गर्नुहोस्‌: ‘आफ्नो निम्ति अनुकूल समय किन्‍ने’ सन्दर्भमा सफल हुने या नहुने, त्यो हाम्रो विवेक र असल निर्णयमा भर पर्छ। (एफि. ५:१५, १६, NW) हामीले “अझ महत्त्वपूर्ण कुरा” के हो, पक्का गर्नुपर्छ र तिनीहरूलाई हाम्रा प्राथमिकताहरूको सूचीमा प्रथम स्थान दिनुपर्छ। (फिलि. १:१०, NW) एक दम्पतीले आफ्नो ईश्‍वरतान्त्रिक परिवारबारे यसरी बताए: “हामीले आफ्नो जीवन सच्चाइले भरेका छौं . . . सच्चाइ हाम्रो जीवनको भाग होइन तर सच्चाइ नै हाम्रो जीवन हो। अन्य सबै कुरा पनि यसैमा केन्द्रित हुन्छन्‌।” यहोवाको उपासना र सेवालाई आफ्नो जीवनमा प्रथम स्थान दिनु अत्यावश्‍यक छ।

३ समय खाने कुराहरू चिन्‍नुहोस्‌: हप्तामा १६८ घण्टा हुन्छ र हामीले आफूसित भएको समयलाई बुद्धिमानीपूर्वक सदुपयोग गर्नुपर्छ। ईश्‍वरतान्त्रिक क्रियाकलापहरूका लागि यथेष्ट समय निकाल्न हामीले समय खाने कुरालाई चिनेर त्यसलाई कम गर्नुपर्छ। एक सर्वेक्षणअनुसार संयुक्‍त राज्यमा साधारणतया वयस्कहरूले हप्तामा सरदर ३० घण्टाभन्दा बढी समय टिभी हेर्न बिताउँछन्‌! अरूको चाहिं सांसारिक साहित्यहरू पढ्‌दैमा समय खर्च हुन्छ। कसैले चाहिं सामाजिक क्रियाकलापहरू, शौक, मनोरञ्जन वा कुनै किसिमको कम्प्युटर क्रियाकलापमा आफूले अचाक्ली समय बिताइरहेको महसुस गर्छन्‌। आफ्नो समयलाई कसरी उत्तम तरिकामा चलाउन सकिन्छ भनी हेर्न हामीले आफ्नो दैनिक तालिकालाई जाँच्नुपर्ने हुनसक्छ। हामीले अनावश्‍यक क्रियाकलापहरूमा बिताइरहेको समयलाई सीमित गर्नु बुद्धिमानी हो।

४ असल तालिका बनाउनुहोस्‌: हाम्रो व्यक्‍तिगत परिस्थिति जस्तोसुकै भए तापनि हामी प्रत्येकले आध्यात्मिक कुराको लागि समय किन्‍नसक्छौं। कोहीले प्रत्येक बिहान अलि चाँडो उठ्‌दा अझ मदतकारी भएको पाएका छन्‌। कार्यस्थलमा जान आउन वा कसैलाई पर्खन धेरै समय बिताउँछौं भने हामीले त्यो समय बाइबल पढ्‌न, सभाको लागि तयारी गर्न वा सोसाइटीले श्रव्यक्यासेटमा उपलब्ध गराएको विषयवस्तु सुन्‍न प्रयोग गर्नसक्छौं। परिवारहरूले नियमित तवरमा अध्ययन गर्न एक निश्‍चित समय छुट्याएमा धेरै लाभान्वित हुनेछन्‌। परिवारको प्रत्येक सदस्य पारिवारिक अध्ययनमा आउन समयनिष्ठ छ भने सबैको समय बचत हुन्छ।

५ समय बित्दै जाँदा “समय अल्प भएको[बारे]” हामी बढी सजग हुनुपर्छ। (१ कोरि. ७:२९) बाँकी रहेको बहुमूल्य समय हामीले कसरी प्रयोग गर्छौं, त्यसैमा हाम्रो जीवन निर्भर छ। अनुकूल समय किनेर परमेश्‍वरको राज्यसम्बन्धी क्रियाकलापहरूलाई प्राथमिकता दिएमा हामी आशिषित्‌ हुनेछौं!—मत्ती ६:३३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने