प्रहरीधरहरा तथा ब्यूँझनुहोस्!-बाट लाभ उठाइरहनुहोस्
नयाँ सरलीकृत साहित्य प्रबन्धसँगसँगै प्रहरीधरहरा तथा ब्यूँझनुहोस! पत्रिकाको हुलाकमार्फत ग्राहक बन्ने प्रणाली हटाउने निर्णय गरिएको छ। हामी तथा हामीले प्रचार गरेका ब्यक्तिहरूले कुनै पनि प्रति नछुटाउन् भन्नको लागि अब थप प्रयत्न गर्नु आवश्यक पर्नेछ।
व्यक्तिगत प्रतिहरू: तपाईंको व्यक्तिगत ग्राहकको म्याद सकिएपछि पत्रिका काउन्टरमा गएर अहिलेको अर्डर बढाउनुहोस्। परिवारका प्रत्येक सदस्यलाई आ-आफ्नै व्यक्तिगत प्रति पुग्ने गरी आमाबाबुले पर्याप्त पत्रिकाहरू मगाउनुपर्छ। तपाईंको व्यक्तिगत प्रतिमा आफ्नो नाउँ लेख्नुभयो भने झुक्किएर सेवकाईमा अरूलाई वितरण गरिंदैन। पत्रिकाहरू आइपुगेपछि, पत्रिकासम्बन्धी कामकुरा गर्नुहुने भाइहरूले हरेक अंक मण्डलीमा तुरुन्तै उपलब्ध गराउनेछन्।
पत्रिका रुटहरू: हरेक अंक प्राप्त गर्न इच्छुक सबै व्यक्तिहरूसँग पत्रिका रुट कायम गर्न प्रकाशकहरूले कोसिस गर्नुपर्छ। यस्ता व्यक्तिहरूलाई आफैले भेटेर पत्रिका दिंदा तिनीहरूले देखाएको चासो अझ बढाउने र गृह बाइबल अध्ययन सुरु गर्ने मौका मिल्नेछ।—हाम्रो राज्य सेवकाई, अक्टोबर १९९८, पृष्ठ ८ हेर्नुहोस्।
विशेष आवश्यकता भएकाहरू: कोहीले साँचो चासो देखाउँछन् तर तिनी कसैलाई पनि नखटाइएको इलाकामा बस्छन् भने, तिनलाई ग्राहक बनाएर हुलाकमार्फत पत्रिकाहरू पठाउने प्रबन्ध मिलाउन सकिन्छ। मण्डलीको इलाकामा बस्ने कुनै व्यक्तिलाई पत्रिका रुटद्वारा भेट्न सकिंदैन तर पत्रिकाहरू प्राप्त गर्न तिनी एकदमै इच्छुक छन् भने यसबारे मण्डलीको सेवा समितिसँग छलफल गर्नुहोस्। सेवा समितिले स्वीकृति दिएको खण्डमा चासो देखाएको व्यक्तिलाई ग्राहक बनाउन सकिन्छ। यसको लागि ग्राहक पर्चीहरू (M-1 र M-101) प्रयोग गर्न सकिन्छ।
प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! प्रयोग गरेर उहाँको राज्यको घोषणा गर्ने हाम्रा हर प्रयत्नहरूमा यहोवाले आशिष् दिइरहनु हुनेछ भनी हामी निर्धक्क हुनसक्छौं।