प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 नोभेम्बर
  • पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो सेवकाईमा पत्रिकाहरू चलाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌!-बाट लाभ उठाइरहनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००२
  • हरेक अवसरमा ग्राहक बनाउने प्रस्ताव राख्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
  • प्रहरीधरहरा र अवेक! —सत्यका समयसापेक्ष पत्रिकाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९२
km92 नोभेम्बर

पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌

१ पत्रिका पसलमा जानु हुँदा तपाईं चित्रकथा वा कमिक्सदेखि लिएर वैज्ञानिक प्रविधिसम्म हर कुराको जानकारी दिने पत्रिकाहरू लहरका लहर सजाएर राखेको देख्नु हुन्छ। यी सब पत्रिकाहरू तपाईंले कहिले पनि पढेर सिद्धयाउनु सक्नु हुन्‍न। यी पत्रिका मध्ये कुनै कुनैले कामलाग्दो जानकारी दिए तापनि धेरैजसो भने शंकास्पद दर्जाका छन्‌ र यस्ता पत्रिकाहरूबाट हामी टाढै बस्नु आवश्‍यक छ।

२ वॉचटावर र अवेक!-सँग यी पत्रिकाहरूको तुलना गर्दा हामी कति ठूलो भिन्‍नता पाउछौं। यी पत्रिकाहरू सत्य कुराको खोजी गर्न र त्यसलाई घोषणा गर्न समर्पित छन्‌। यसकारण यिनलाई परमेश्‍वरको प्रेम प्रति प्रतिक्रिया देखाउने सबैका मुक्‍तिका निम्ति चलाउन सकिन्छ।

३ अवेक! पत्रिकाको विस्तृत कार्यक्षेत्र र थरी थरीका लेखहरू भएको हुनाकारण यसले सबै प्रकारका व्यक्‍तिहरूलाई प्रभावित पार्न सक्छ। यस पत्रिकाको प्रत्येक अंकको पृष्ठ ४-मा भने झैं यो “पूरा परिवारका लागि ज्ञानोद्विपक” हुन सक्‍तछ। यसले विभिन्‍न विषयहरूमा लेखहरू प्रस्तुत गर्दछ जसमा मानिस, धर्म र विज्ञान जस्ता विषयहरू समावेश छन्‌। यसले हर कुरालाई गहिरिएर जाँच गर्दछ र वर्तमान समयमा घटेका घटनाहरू पछाडिको असली अर्थलाई स्पष्ट पार्दछ। तर मुख्यतया यसले “शान्तिमय र सुरक्षित नयाँ संसारका लागि सृष्टिकर्त्ताले गर्नु भएको प्रतिज्ञामाथि विश्‍वास बढाउँदछ।”

४ नोभेम्बर ८-को अवेक!-ले “विश्‍व जनसंख्या—भविष्य बारे के नि?” भन्‍ने विषय प्रस्तुत गर्दछ। अनगिन्ती समस्या नै समस्या हुनेगरि के विश्‍व जनसंख्या सधैं बढ्‌दै नै जानेछ? मानवजातिका लागि प्रस्तुत गरिएको उज्यालो भविष्यलाई प्रकाश पार्दै यो पत्रिका टक्राउँदा अनुकूल प्रतिक्रिया पाउन सकिन्छ। साथै “छोरीछोरीहरू अमूल्य छन्‌ तर छोराहरू आवश्‍यक छन्‌” भन्‍ने लेखद्वारा यसै पत्रिकाले ठूलो परिवार प्रति भारतीय विचारलाई प्रस्तुत गरेको छ। यसका मुख्य बुँदाहरू तर्फ ध्यान आकर्षित गऱ्‍यौं भनें मानिसहरूले हामीलाई सुन्‍ने मन गर्न सक्‍तछन्‌।

५ अर्को पत्रिका वॉचटावर-ले परमेश्‍वरको राज्य र यसले चाँडै नै मानवजातिका लागि ल्याउने अनन्त जीवनको आशिष्‌को विश्‍व-प्रसिद्ध अधिवक्‍ताको रूपमा आफूलाई चिनाएको छ। यो पत्रिकाको नोभेम्बर १-को अंकले पृष्ठ ६-मा “परमेश्‍वरले प्रदान गर्नु हुने अनन्त जीवनको भेंट” बारे सान्त्वनापूर्ण प्रतिज्ञा प्रस्तुत गर्दछ। यहोवाले चाँडै नै भविष्यमा कस्तो किसिमको परिस्थिति ल्याउँछु भनेर प्रतिज्ञा गर्नु भएको छ भन्‍ने कुरा मानिसहरूलाई बुझाउन पृष्ठ ७-मा दिएको सुन्दर चित्रलाई चलाउन सकिन्छ। यहोवाले हामीलाई जीवन दिनुभएको हो भन्‍ने कुरा स्पष्ट पार्नका निम्ति आवरणमा दिएको मुख्य विषय र आकर्षक चित्रको प्रयोग गर्न सकिन्छ। त्यस्तैगरि जीवनका लागि हामी कसरी मूल्याङ्‌कन प्रकट गर्न सक्छौं भन्‍ने कुरा यसको दोस्रो लेखद्वारा बुझाउन सक्छौं।

६ साँच्चै नै इच्छुक ती व्यक्‍तिहरूले यी अमूल्य पत्रिकाहरू नियमित रूपमा पाएको हामी चाहन्छौं। जब तपाईं यो पत्रिकाका फाइदाहरू बारे छलफल गर्नु हुन्छ तब त्यो व्यक्‍ति साँच्चै नै चासो दिने खालको व्यक्‍ति हो कि होइन भनेर पत्ता लगाउने कोशिश गर्नुहोस्‌। सुरु सुरुमा चासो देखाउने व्यक्‍तिलाई आफ्नो पत्रिका पथको दौडानमा पत्रिकाका केही अंकहरू व्यक्‍तिगत रूपमा धाउनु भएर तपाईं दिनसक्नु हुन्छ। त्यो व्यक्‍ति साँच्चै नै इच्छुक रहेछ भनेर तपाईं विश्‍वस्त हुनु भएपछि सो व्यक्‍तिलाई ग्राहक बन्‍न आग्रह गर्नुहोस्‌। ती व्यक्‍ति सहमत भएमा तिनलाई छ महिनाका लागि ग्राहक बनाउन सक्नु हुन्छ।

७ हाम्रा पत्रिकाहरूको अमूल्यता बारे हामी विश्‍वस्त भएका हुनाले हामी सबैलाई नै हाम्रो पत्रिका पढ्‌न प्रोत्साहित गर्न सक्छौं। हामी सँग असल कुराहरू छन्‌ र यी कुरा अरूहरूलाई बाँड्यौं भने हामीले पनि ख्रीष्टले गरेझैं गरेको हुने छ।—हितो० ३:२७; हि० १३:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने