मण्डली पुस्तक अध्ययन निरीक्षकलाई सहयोग गर्नुहोस्
१ हामी सबैले मण्डली पुस्तक अध्ययनबाट धेरै लाभ उठाउँछौं। गत महिना हामीले मण्डली पुस्तक अध्ययन निरीक्षकले आफ्नो भूमिका कसरी निर्वाह गर्छन् भन्ने कुरा छलफल गऱ्यौं। तर तिनलाई सहयोग गरेर हामी कसरी आफू र अरूलाई फाइदा पुऱ्याउन सक्छौं?
२ प्रत्येक हप्ता उपस्थित हुनुहोस्: पुस्तक अध्ययन साना-साना समूहमा गरिने भएकोले तपाईंको उपस्थितिले फरक पार्न सक्छ। प्रत्येक हप्ता उपस्थित हुने लक्ष्य बनाउनुहोस्। समयनिष्ठ भएर पनि तपाईं मदत गर्न सक्नुहुन्छ किनभने यसो गर्दा निरीक्षकले सभा व्यवस्थित ढंगमा सुरु गर्न सक्नेछन्।—१ कोरि. १४:४०.
३ उत्थानदायी टिप्पणी: तपाईंले सहयोग गर्न सक्ने अर्को तरिका राम्ररी तयारी गर्नुका साथै उत्थानदायी टिप्पणीहरू गरेर हो। प्रायजसो एउटा बुँदा मात्र प्रकाश पार्ने टिप्पणी गर्नु बेस हुन्छ र यसले अरूलाई पनि टिप्पणी दिन प्रोत्साहित गर्छ। अनुच्छेदमा दिइएको सबै कुरा ढाक्ने कोसिस नगर्नुहोस्। यदि छलफल गरिएको बुँदाले तपाईंको हृदय छोएको छ भने, यसबारे टिप्पणी दिएर पनि तपाईं छलफललाई अझ रोचक बनाउन सक्नुहुन्छ।—१ पत्रु. ४:१०.
४ समूहको फाइदाको लागि अनुच्छेदहरू पढ्ने सुअवसर पाउनुभएको छ भने, त्यो जिम्मेवारी पूरा गर्न लगनशील हुनुहोस्। राम्रो पढाइले अध्ययन सफल बनाउन योगदान पुऱ्याउँछ।—१ तिमो. ४:१३.
५ सामूहिक साक्षीकार्य: पुस्तक अध्ययन हुने थुप्रै ठाउँहरूमा क्षेत्र सेवाका लागि सभाहरू हुन्छन् र यी प्रबन्धहरूमा तपाईंले सहयोग गर्नुहुँदा निरीक्षकलाई सुसमाचार प्रचार गर्ने कार्यमा नेतृत्व लिन सजिलो हुन्छ। यी प्रबन्धहरूलाई आफ्ना भाइहरूसित नजिक हुने र उनीहरूलाई प्रोत्साहन दिने सुअवसरको रूपमा लिनुहोस्।
६ क्षेत्र सेवा रिपोर्ट: प्रत्येक महिनाको अन्तमा नबिर्सिकन आफ्नो क्षेत्र सेवा रिपोर्ट बुझाउनु पनि निरीक्षकलाई सहयोग गर्ने अर्को तरिका हो। तपाईं आफ्नो रिपोर्ट सीधै निरीक्षकलाई दिन सक्नुहुन्छ वा राज्यभवनमा सेवा रिपोर्टको लागि भनेर राखिएको बाकसमा खसाल्न सक्नुहुन्छ। पुस्तक अध्ययन निरीक्षकले जम्मा गरेका क्षेत्र सेवा रिपोर्ट बटुल्न सचिवले यो बाकस प्रयोग गर्न सक्छन्।
७ आफ्नो मण्डली पुस्तक अध्ययन निरीक्षकलाई तपाईंले गर्नुहुने सहयोगको ठूलो मूल्यांकन गरिनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा त, यहोवाको ‘आत्मा तपाईंसित’ हुनेछ।—फिलि. ४:२३.