सन् २००४ को लागि ईश्वरतान्त्रिक सेवकाई स्कूल
१ विश्वव्यापी तवरमा महत्त्वपूर्ण काम पूरा गर्न यहोवाले साधारण मानिसहरूलाई सुसज्जित पार्नुहुन्छ। उहाँले यसो गर्नुहुने एउटा तरिका, हरेक हप्ता ईश्वरतान्त्रिक सेवकाई स्कूलमा प्रदान गरिने प्रशिक्षणद्वारा हो। आफ्नो परिस्थितिले दिएसम्म के तपाईंले यसमा यथासक्दो भाग लिइरहनुभएको छ? यी प्रबन्धहरूबाट सक्दो धेरैभन्दा धेरै लाभ उठाउन विद्यार्थीहरूलाई मदत गर्ने उद्देश्यले जनवरी महिनादेखि केही छाँटकाँटहरू गरिनेछन्।
२ पालैपालो सहायक सल्लाहकार: आफूले याद गरेका कुराहरू सहायक सल्लाहकारले बताइदिएकोमा निर्देशन भाषण तथा बाइबलका विशेषताहरू प्रस्तुत गर्ने भाइहरूले त्यसको मूल्यांकन गरेका छन्। पर्याप्त मात्रामा योग्य प्राचीनहरू भएका मण्डलीहरूमा सहायक सल्लाहकारको जिम्मेवारी वर्षैपिच्छे पालैपालोसित गर्न सकिन्छ। यस प्रकार, कार्यभार बाँड्न सकिन्छ; तर त्योभन्दा महत्त्वपूर्ण कुरा त, प्राचीन तथा योग्य सेवकाई सेवकहरूले विभिन्न दक्ष वक्ताहरू र शिक्षकहरूको सामूहिक अनुभवबाट लाभ उठाउनेछन्।
३ मौखिक पुनरावृत्तिको तालिका: यदि तपाईंको मण्डलीको क्षेत्रीय सम्मेलन मौखिक पुनरावृत्ति गर्ने हप्तामा पर्छ भने, पुनरावृत्तिलाई (र बाँकी साप्ताहिक तालिका) एक हप्तापछि सार्नुपर्छ र त्यसपछिको हप्ताको तालिकालाई चाहिं एक हप्ताअघि सार्नुपर्छ। तथापि, मौखिक पुनरावृत्ति र क्षेत्रीय निरीक्षकको भ्रमण एउटै हप्तामा पऱ्यो भने, पूरै दुई हप्ताका साप्ताहिक तालिकाहरू साटफेर गरिरहनु आवश्यक छैन। बरु, गीत, वक्तृत्व कला भाषण र बाइबलका विशेषताहरू तालिका अनुरूपै प्रस्तुत गर्नुपर्छ। त्यसपछिको हप्ताको तालिकाबाट निर्देशन भाषण (वक्तृत्व कला भाषणपछि दिइने) दिनुपर्छ। बाइबलका विशेषताहरूपछि आधा घण्टाको सेवा सभा हुनेछ, जसलाई या त तीनवटा १० मिनेटको भाग अथवा दुईवटा १५ मिनेटको भागमा बाँडेर छाँटकाँट गर्न सकिन्छ। (सुरुका घोषणाहरू हटाउनुपर्छ।) सेवा सभापछि गीत गाइनेछ अनि आधा घण्टाको लागि क्षेत्रीय निरीक्षकको कार्यक्रम हुनेछ। अर्को हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलको वक्तृत्व कला भाषण र बाइबलका विशेषताहरू तालिका अनुरूपै मौखिक पुनरावृत्तिपछि हुनेछन्।
४ आध्यात्मिक तवरमा बढ्नको निम्ति हरेक सुअवसरको फाइदा उठाउनुहोस्। ईश्वरतान्त्रिक सेवकाई स्कूल शिक्षाबाट लाभ उठाउनुभएपछि तपाईंले आफ्नो मण्डलीलाई प्रोत्साहन दिनुहुन्छ, बाइबल भविष्यवाणीको पूर्तिमा भूमिका खेल्नुहुन्छ र हामीले घोषणा गर्नै पर्ने अद्भुत सन्देशको स्रोतको प्रशंसा गर्नुहुन्छ।—यशै. ३२:३, ४; प्रका. ९:१९.