ईश्वरतान्त्रिक सेवकाई स्कूलले कसरी हामीलाई लाभ पुऱ्याउँछ
१ यहोवाका जनहरूले ईश्वरतान्त्रिक शिक्षा प्राप्त गर्ने एउटा अनुपम सुअवसर पाएका छन्। (यशै. ५४:१३; यूह. ६:४५) तथापि, यसबाट कति लाभ उठाउने भन्ने कुरा धेरै हदसम्म हामीले गर्ने प्रयत्नमा निर्भर हुन्छ। के तपाईं ईश्वरतान्त्रिक सेवकाई स्कूलले तपाईंको आध्यात्मिकतामा पारिरहेको सकारात्मक असर महसुस गर्न सक्नुहुन्छ?
२ सकारात्मक टिप्पणीहरू: वक्तृत्व कलाको विस्तृत अध्ययनले गर्दा क्षेत्र सेवकाईमा आफ्नो मण्डली निकै प्रभावकारी हुन सकेको कुरा थुप्रै स्कूल निरीक्षकहरूले याद गरेका छन्। साथै, बाइबलका विशेषताहरूमा श्रोताहरूलाई पनि भाग लिन दिने प्रबन्धले गर्दा धेरैले बाइबल पढाइको तालिकालाई कायम राख्न सकिरहेको कुरा एक जना स्कूल निरीक्षकले याद गरे। असाइनमेन्ट न. २ को सन्दर्भमा भन्ने हो भने, परिचय र समापन तयारी नगरी विषयवस्तुमा मात्र ध्यानकेन्द्रित गर्नुका लाभहरूबारे थुप्रै भाइहरूले सकारात्मक टिप्पणीहरू गरेका छन्। यो भाग पाउनेहरूले आफ्नो पढाइको गुणस्तरलाई तिखार्नेतर्फ विशेष गरी ध्यान दिइरहेका छन्।—१ तिमो. ४:१३.
३ सबैले लाभ उठाउन सक्छन्: सभाहरूमा टिप्पणी दिंदा निकै रमाइलो हुन्छ। (हितो. १५:२३) मौखिक पुनरावृत्तिका प्रश्नहरू पहिल्यै हेर्दा पुनरावृत्तिको लागि तयारी गर्न र त्यसमा भाग लिन हामीलाई सजिलो हुन्छ। यसबाहेक, सन् २००४ जनवरी १ अंकको प्रहरीधरहरा-देखि आउन थालेको बाइबल पुस्तकहरूका विशेषताहरू ईश्वरतान्त्रिक सेवकाई स्कूलमा हामीले पाउने पढाइसित झन्डै-झन्डै मिल्छ। यी लेखहरूले बाइबलका विशेषताहरूको दौडान उत्थानदायी टिप्पणीहरू दिन धेरैलाई मदत पुऱ्याएको छ।
४ स्कूलमा भर्ना भएका सबैले असाइनमेन्टहरू तयारी गरेर प्रस्तुत गर्ने विशेष सुअवसर पाउँछन्। मञ्चबाट स्कूल निरीक्षकले गर्ने सकारात्मक टिप्पणीबाट हामी सबैले लाभ उठाउन सक्छौं। सभापछि तिनले व्यक्तिगत रूपमा दिन सक्ने सल्लाहबाट पनि विद्यार्थीले लाभ उठाउन सक्छन्। भर्खरै हामीले तपाईंको बोल्ने तथा सिकाउने क्षमता कसरी उन्नति गर्ने भन्ने विषयको पुस्तिका प्राप्त गऱ्यौं। सन् २००५ को दौडान हामी पुस्तिकामा उल्लिखित वक्तृत्व कलाहरूलाई होसियारीसाथ जाँच्ने मौका पाउनेछौं। यसमा हामी सबैले पूरापूर ध्यान दियौं भने सन् २००५ को दौडान स्कूल पहिलाभन्दा धेरै नै प्रभावकारी हुनेछ।
५ प्रत्येक विद्यार्थी भाषणपछि यो पुस्तिका चलाएर स्कूल निरीक्षकले सल्लाह दिंदा पूरापूर लाभ उठाउनको लागि कृपया यो पुस्तिका खोल्नुहोस् र ध्यान दिएर सुन्नुहोस्। आफूले सिकेका कुराबारे मनन गर्नुहोस् र ईश्वरतान्त्रिक शिक्षाको यस पक्षले तपाईंलाई आध्यात्मिकतामा प्रगति गर्न कसरी मदत गरिरहेको छ, विचार गर्नुहोस्।