प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 मे p. ३
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • विदेशी भाषा बोल्नेहरूको क्षेत्र विकास गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • सुसमाचार प्रचार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • बगालको हेरचाह गर्ने निरीक्षकहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • विदेशी भाषाको इलाकामा सेवा गर्दा आफ्नो आध्यात्मिक स्वास्थ्यको ख्याल राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 मे p. ३

प्रश्‍न पेटी

◼ विदेशी भाषाको समूह गठन गर्नु कति बेला उपयुक्‍त हुन्छ?

कुनै मण्डलीको इलाकामा अर्कै भाषा बोल्ने मानिसहरू ठूलै संख्यामा छन्‌ भने त्यस भाषामा प्रचार गर्ने प्रबन्ध मिलाउन प्राचीनहरूले यथाशक्य गर्नुपर्छ। (km-NP ७/०२ पृ. १; km-NP २/९८ पृ. ३-४) अर्कै भाषा बोल्नेहरूको समुदाय दुई वा सोभन्दा बढी छिमेकी मण्डलीहरूको इलाकामा छरिएर रहेको हुन सक्छ। यस्तो अवस्थामा, ती मण्डलीहरूलाई सँगसँगै मिलेर प्रचार गतिविधिमा लाग्न मदत दिन क्षेत्रीय निरीक्षक(हरू)ले आवश्‍यक निर्देशन दिनेछन्‌। अर्कै भाषामा हुने सभाहरूमा कति मानिसहरू उपस्थित हुनेछन्‌ भनी निधो गर्न बेलाबेलामा जनभाषण वा प्रहरीधरहरा अध्ययनको प्रबन्ध मिलाउन सकिन्छ।

निम्न आवश्‍यकताहरू पूरा गरेपछि अर्कै भाषाको समूह गठन गर्न सकिन्छ: (१) अर्कै भाषामा प्रचार गरिएको सुसमाचार राम्ररी बुझ्ने प्रकाशक वा जिज्ञासु व्यक्‍तिहरू भएमा। (२) नेतृत्व लिन र कम्तीमा पनि एउटा साप्ताहिक सभा सञ्चालन गर्न एक जना योग्य प्राचीन वा सेवकाई सेवक उपलब्ध भएमा। (३) समूहलाई सहयोग गर्न प्राचीनहरूको निकाय इच्छुक भएमा। यी आवश्‍यकताहरू पूरा गरेपछि प्राचीनहरूले शाखा कार्यालयलाई खबर गर्नुपर्छ ताकि यस समूहलाई औपचारिक मान्यता दिनुका साथै थप निर्देशनहरू दिन सकिनेछ।

सुरुमा प्रायजसो समूहहरूले साप्ताहिक रूपमा मण्डली पुस्तक अध्ययन सञ्चालन गर्छन्‌। पछि, प्राचीनहरूले जनभाषण तथा प्रहरीधरहरा अध्ययनजस्ता अरू पनि सभाहरू सञ्चालन गर्ने अनुमति दिन सक्छन्‌। विदेशी भाषा राम्ररी बोल्न सक्ने योग्य प्राचीन वा सेवकाई सेवकले सल्लाहकारको रूपमा काम गर्न सक्छन्‌ भने सहायक कक्षमा ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको असाइनमेन्ट न. २, ३ र ४ प्रस्तुत गर्न सकिन्छ। तथापि, निर्देशन भाषण, बाइबल पढाइका विशेषताहरू र सेवा सभाको लागि भने उक्‍त समूह मण्डलीकै साथमा उपस्थित हुनेछ। समूहको लागि क्षेत्र सेवाको सभा पनि प्रबन्ध गर्न सकिन्छ।

समूहका सबै प्राचीनहरूको निकायको रेखदेखमा काम गर्छन्‌। प्राचीनहरूले सन्तुलित निर्देशन दिनुपर्छ र समूहका आवश्‍यकताहरूको हेरविचार गर्न अग्रसरता देखाउनुपर्छ। सहयोग गर्ने मण्डलीमा क्षेत्रीय निरीक्षकको भ्रमण हुँदा समूहको आध्यात्मिक उन्‍नतिको लागि तिनले समूहसित पनि काम गर्ने प्रबन्ध मिलाउनेछन्‌। यहोवाको आशिष्‌ पाएर समयमा अर्कै भाषाको समूह एउटा मण्डलीमा रूपान्तरण हुन सक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने