प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 फेब्रुअरी पृ. ७
  • तपाईंलाई अन्तरदृष्टि तथा उत्प्रेरणा दिने भिडिओ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंलाई अन्तरदृष्टि तथा उत्प्रेरणा दिने भिडिओ!
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • साइबेरियामा निर्वासित!
    ब्यूँझनुहोस्‌!—१९९९
  • “परीक्षाहरू आइपर्दा विश्‍वासी”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • रूसीहरू धार्मिक स्वतन्त्रतालाई मूल्यवान्‌ ठान्छन्‌
    ब्यूँझनुहोस्‌!—२०००
  • मेरो प्रमुख चासो—वफादार रहनु
    ब्यूँझनुहोस्‌!—२०००
हाम्रो राज्य सेवकाई—२००३
km03 फेब्रुअरी पृ. ७

तपाईंलाई अन्तरदृष्टि तथा उत्प्रेरणा दिने भिडिओ!

यो अप्रिल १९५१ को कुरा हो। भूतपूर्व सोभियत संघमा हजारौं यहोवाका साक्षीहरू, उनीहरूका सम्पूर्ण परिवारलाई एक ठाउँमा भेला गरियो, बाकसजस्तो गाडीमा कोचियो र साइबेरियामा निर्वासित गरियो। शक्‍तिशाली सोभियत सरकारले किन उनीहरूलाई नामेट पार्ने कोसिस गऱ्‍यो? हाम्रा भाइहरू कसरी बचे र अझ भनौं भने, दशकौंको घोर सतावटको बावजुद सफलसमेत भए? यी सबै प्रश्‍नको जवाफ तपाईं फेथफूल अन्डर ट्रायल्स्‌—जेहोभाज्‌ विट्‌नेसेज इन द सोभियत युनियन भन्‍ने भिडिओमा पाउनुहुनेछ। यो भिडिओ हेर्नुहोस्‌ र यसमा दिइएका जानकारीमूलक सन्देशले तपाईंलाई जस्तोसुकै आपद्‌विपद्‌ आइपरे तापनि यहोवाप्रतिको आफ्नो निष्ठालाई कायम राख्न प्रेरणा दिऊन्‌!

के तपाईं यी प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ? (१) रूसमा यहोवाका साक्षीहरूले पहिलो चोटि आधिकारिक मान्यता कहिले पाए? (२) दोस्रो विश्‍वयुद्धअघि र पछि सोभियत संघमा साक्षी परिवारहरूको संख्या कसरी वृद्धि भयो? (३) कसरी उनीहरूको विश्‍वास लेनिनको दर्शनभन्दा ठीक विपरीत थियो? (४) अपरेसन नर्थ के थियो र यसमार्फत स्टालिनले कुन कुरा पूरा गर्ने आशा राखेका थिए? (५) साक्षीहरूका लागि निर्वासनको अर्थ के थियो र निर्वासनमा नलगिने हो भने उनीहरूले के गर्नुपर्थ्यो? (६) साइबेरियाको लामो यात्राको दौडान कसरी हाम्रा भाइबहिनीहरूले एक-अर्कालाई प्रोत्साहन दिनुका साथै बन्दी बनाएर लैजानेहरूलाई चकित पारे? (७) साक्षीहरूले साइबेरियामा कस्ता कष्टहरू सहनुपऱ्‍यो? (८) कस्तो आध्यात्मिक प्रबन्धलाई यहोवाका साक्षीहरूले अत्यन्तै मूल्यांकन गरे र किन? (९) साहित्यहरूको खातिर हाम्रा भाइहरू किन आफ्नो ज्यान दाउमा लगाउन राजी थिए र ती उपबल्ध नगराउन अधिकारीहरूले लाख कोसिस गरे तापनि उनीहरूले यो कसरी प्राप्त गरिरहे? (१०) ख्रुश्‍चेभले परमेश्‍वरका जनहरूमाथि कसरी आक्रमण गरिरह्‍यो? (११) सरकारी अधिकारीहरूले कसरी साक्षी केटाकेटीहरूको विश्‍वास तोड्‌ने कोसिस गरे? (१२) आफू सताइनुको कारण के हो भनेर हाम्रा भाइहरूलाई कुन कुरा स्पष्टसित थाह थियो? (२००२ यरबूक, पृष्ठ २०३-४) (१३) परमेश्‍वरका जनहरूमाथि गरिएका सशक्‍त हमला कसरी उल्टै सतावट दिनेहरूमाथि आइलाग्यो? (२००२ यरबूक, पृष्ठ २२०-१) (१४) भूतपूर्व सोभियत संघका साक्षीहरूको लागि कुनै समय सपनाजस्तो मात्र लागेको कस्ता कुराहरू साकार भए? (१५) कुन कुराले हाम्रा भाइहरूलाई परीक्षाहरू सहन मदत गऱ्‍यो र भिडिओको अन्तिम दृश्‍यले यर्मिया १:१९ को सत्यतालाई कसरी चित्रण गर्छ? (१६) परीक्षाको घडीमा विश्‍वासी रहेका व्यक्‍तिको साँचो जीवन कथाले तपाईंलाई विशेष उत्प्रेरणा दिएको अनुभव याद छ भने बताउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने