कृपया तुरुन्त भेट्न गइहाल्नुहोस्
कसलाई तुरुन्त भेट्न गइहाल्ने? साहित्य मगाउने अथवा नियमित रूपमा पत्रिका चाहने वा साक्षीहरू मेरो घरमा आएर मलाई भेटून् भनी आग्रह गर्नेहरूलाई। यस्ता आग्रहहरू कहाँबाट आउँछन्? हुलाक अथवा टेलिफोनमार्फत शाखा कार्यालयसित सम्पर्क राख्ने वा हाम्रो आधिकारिक इन्टरनेट वेब साइटद्वारा। यस्तो चासो देखाइँदा, शाखा कार्यालयले “यस व्यक्तिलाई भेट्न कृपया एक जना योग्य प्रकाशकको प्रबन्ध मिलाउनुहोस्” शीर्षकको S-70 फाराममार्फत स्थानीय मण्डलीलाई जानकारी दिन्छ। प्राचीनहरूले S-70 फाराम प्राप्त गरेपछि तिनीहरूले यो एक जना प्रकाशकलाई तुरुन्त दिइहाल्नुपर्छ, जसले चासो देखाउने व्यक्तिलाई लगनशील भई पुनःभेट गर्नेछन्। यदि प्रकाशकले त्यस व्यक्तिलाई घरमा भेट्न नसकेको खण्डमा तिनले उक्त व्यक्तिलाई टेलिफोनमार्फत सम्पर्क राख्ने प्रयास गर्न सक्छन् वा बाहिरबाट सजिलै नदेखिने किसिमले एउटा सानो नोट छोडिराख्न सक्छन्। यस्ता व्यक्तिहरूलाई भेट्न तपाईंलाई आग्रह गरिएमा, कृपया इच्छुक व्यक्तिलाई जतिसक्दो तुरुन्त सम्पर्क राख्ने कोसिस गर्नुहोस्।